पुस ११, २०८०
कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...
काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघ १ गते पानी वितरणको उद्घाटन गरे ।
मेलम्ची पानी उद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले काठमाडौं उपत्यकाको बढ्दो जनसंख्यालाई सुरक्षित र दिगो खानेपानी सेवा उपलब्ध गराउने आश्वासन दिए ।
उपत्यकाको जनसंख्याको चापलाई मध्यनजर गरी खानेपानीको बढ्दो माग र आपूर्तिको सीमितताको विरोधाभाष समाधान गर्नुपर्ने उनले बताए ।
२०७७ चैत्र २० गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानीको उद्घाटन गरेकी थिइन् ।
उद्घाटनको तीन महिना नपुग्दै मेलम्ची नदीमा आएको बाढीले संरचना बगाइदिएपछि झण्डै साढे २ वर्ष मेलम्ची अन्योलमा पर्यो ।
त्यसपछि तत्कालीन खानेपानी मन्त्री उमाकान्त चौधरीले २०७९ सालमा पानी वितरण कार्यको उद्घाटन गरे ।
सरकार फेरिएपिच्छे मेलम्चीको उद्घाटन हुने गरेको छ, तर पानी वितरण भरपर्दो भएको छैन ।
सोमवार प्रचण्डले पाँचौंपटक मेलम्ची उद्घाटन गरेको विषयलाई लिएर काठमाडौंका मेयर बालेन्द्र शाहले कटाक्षपूर्ण टिप्पणी गरेका छन्, ‘हामीसँग भएको एउटा मन कतिपल्ट जित्नु हुन्छ प्रचण्ड सरकार, एउटै परियोजना बारम्बार उद्घाटनको विश्वकीर्तिमान कायम गरेर ।’
स्व. गणेशमान सिंहसहितको परामर्शमा सन्तनेता कृष्णप्रसाद भट्टराईले २०४८ सालमा मेलम्चीको अवधारणा ल्याएका थिए ।
मेलम्चीको पानीले तिर्खा मेट्ने प्रतीक्षा गर्दागर्दै काठमाडौंको एउटा पुस्ता प्रौढ बन्यो, तर तिर्खा मेटिएको छैन । विकासको विद्रूप नमूना बनेको यही आयोजनालाई राजनीतिक दलका नेताले लैनो गाई बनाएर दोहन गरे । प्रधानमन्त्रीहरूले यही आयोजनाका महंगा गाडी चढे ।
राजधानी शहरका लागि न्यूनतम् पूर्वाधारको रूपमा रहेको खानेपानी आयोजना उद्घाटन गरेको भन्दै राजनीतिक जस र श्रेय लिने काम मात्र हुँदै आएको छ । भविष्यमा फेरि मेलम्ची उद्घाटन गर्ने कलाविहीन नाटक कसैले नगरोस् ।
कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ । नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष न...
लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ । स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...
वर्षायाम शुरू नहुँदै असार २ गते शनिवार मध्यरातमा आएको बाढीका कारण पूर्वी पहाडी जिल्लामा धनजनको ठूलो क्षति पुगेको छ । ताप्लेजुङ, पाँचथर र संखुवासभा जिल्ला बाढीका कारण बढी प्रभावित भएका छन् । मध्यरातमा आ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...