माघ २०, २०८०
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
विराटनगर | चैत ३, २०८०
विराटनगरस्थित कोशी अस्पतालको स्त्री तथा प्रसूति रोग विभागमा दैनिक सयौँको संख्यामा बच्चा जन्मिन्छन् । त्यही विभागमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन् डा अञ्जु देव । सधैँ व्यस्त रहने उक्त विभागमा उनी विभागीय प्रमुखका रुपमा विगत तीन वर्षदेखि कार्यरत छिन् । डा अञ्जुले हालसम्म हजारौं महिलाको प्रसूति गराइसकेकी छिन् । आफूले २५ हजारभन्दा बढी गर्भवतीको शल्यक्रियामार्फत बच्चा जन्माएको उनी बताउँछिन् ।
‘डेलिभरी कति गराएँ भन्ने यकिन तथ्यांक त मसँग छैन,’ उनले भनिन्, ‘तर मलाई लाग्छ मैले २० हजारभन्दा बढीलाई गराइसकेँ हुँदा । प्रसव वेदनाबाट बच्चा जन्माएपछि डा अञ्जुले जब आमाको मुहारमा खुसी देख्छिन्, तब उनको अनुहारमा पनि उस्तै खुसी छाउँछ । ‘बच्चालाई जन्म दिएपछि जब गर्भवती आमा खुसी हुन्छिन्, त्यो देख्दा सबैभन्दा बढी आनन्दित म नै हुन्छु,’ अनुभूति सुनाउँदै उनले भनिन् ।
कोशी अस्पतालको ७० शय्याको स्त्री तथा प्रसूति विभागका बिरामीको उपचारसँगै जनशक्ति व्यवस्थापन लगायतका काममा डा अञ्जुको कुशलता देखिन्छ । विभाग सम्हालेको तीन वर्षको अवधिमा उनले थुप्रै सुधारका काम अगाडि बढाएको सरोकारवालाहरूको विश्लेषण छ । सदैव केही नयाँ गर्ने हुटहुटी बोक्ने डा अन्जु आम मानिससम्म सहज रुपमा स्वास्थ्य सेवा पुगोस् भन्ने चाहन्छिन् । ‘आम मानिसको स्वास्थ्य सेवासँग सहज पहुँचलाई मैले केन्द्रमा राखेकी छु,’ उनी थप्छिन् । त्यही सहज पहुँचलाई ध्यान दिँदै उनले कोशीको गाइनो वार्डलाई थप स्तरोन्नति गरेको बताइन् ।
अण्डासयको क्यान्सर, पाठेघरको मुखको क्यान्सर र पाठेघरमा क्यान्सरको कोशीमा उपचार भइरहेको डा अञ्जुले बताइन् । ‘क्यान्सरका चारवटा स्टेज हुन्छन् । पहिलो र दोस्रोको शल्यक्रिया गर्न मिल्छ । रेडियोथेरापी त यहाँ छैन । किमोथेरापी भने छ,’ ’ उनी भन्छिन्, ‘यहाँका क्यान्सरका चिकित्सकसँग समन्वय र सहकार्य गरेर हामीले उपचार गर्दै आएका छौं ।’ क्यान्सर अस्पतालमा राखेर उपचार गर्नुपर्ने बिरामीलाई मात्र आफूहरूले रिफर गर्ने गरेको उनले बताइन् ।
पूर्वी नेपालका पहाड र तराई क्षेत्रमात्र नभएर छिमेकी देश भारतबाट आएका बिरामीको समेत उपचार गरेर डा अञ्जुले ख्याती कमाएकी छिन् । यसले उनको परिचय कोशी प्रदेशकै चर्चित स्त्री तथा प्रसूति रोग विशेषज्ञका रूपमा स्थापित गराएको छ । उनी बिरामीसँग सामिप्यको सम्बन्ध राख्न रुचाउँछिन् ।
बुवाको डा अञ्जु ६ भदौ २०३३ मा काठमाडौंको वीर अस्पतालमा जन्मिएकी हुन् । उनका बुवा पनि डाक्टर नै थिए । बुवा डा योगेन्द्रप्रसाद देव र आमा उषा देवका तीन सन्तानमध्ये जेठी हुन् अञ्जु । उनको परिवारका प्रायः सबै सदस्य चिकित्सा पेशामा आबद्ध छन् । बुवा डा योगेन्द्र प्याथोलोजिस्ट हुन् । भाइ डा आलोक देव न्युरो सर्जन हुन्, जो अहिले काठमाडौंमा कार्यरत छन् । बहिनी डा पूजा देव बालरोग विशेषज्ञ हुन् । उनी बेलायतमा छिन् । बुवा चिकित्सकीय पेशामा भएपछि आफूलाई पनि उनको बिँडो थाम्दै डाक्टर नै बन्ने सानैदेखिको इच्छा रहेको उनले सुनाइन् ।
‘बुवाले बिरामीको सेवाबाट पाएको माया र सम्मानले मलाई पनि चिकित्सक बन्ने तीव्र इच्छा जागेको हो,’ डा अन्जु भन्छिन् । उनको बाल्यकाल काठमाडौंमै बितेको हो । विसं २०४८ मा सिद्धार्थ वनस्थलीबाट प्रथम श्रेणीमा एसएलसी उतीर्ण गरेकी उनले साइन्स (विज्ञान) विषयमा प्लस टूको अध्ययन काठमाडौंबाटै पूरा गरिन् । त्यसपछि एमबीबीएस पढन बंगलादेश गइन् । सन् २००१ मा उनी बंगलादेशबाट एमबीबीएस सकेर नेपालमै फर्किएकी थिइन् ।
डा अञ्जुले काठमाडौंको वीर हस्पिटलमा इन्टर्नसिप गरिन् । इन्टर्नका बेला धेरै काम सिक्ने मौका पाएको उनको अनुभव छ । ‘एक दिन डेलीभरी लिनुपर्ने थियो । गर्भवतीको पानीको फोका फुट्यो । त्यो पानीले मेरो टाउकोदेखि जीउसम्म भिज्यो,’ उनले प्रसूति गृहमा इन्टर्न गर्दाको एउटा घटना सम्झिइन्, ‘त्यो पानी घुटुक्क निलेँ पनि । फुटेर निस्किएको पानी नुनिलो थियो । त्यसबेला एकदमै गाह्रो भएको थियो ।’ त्यही बेला उनले जिन्दगीमा अरु सबै विषय पढ्ने तर गाइनो नपढ्ने सोचेकी थिइन् । इन्टर्न सकिएपछि डा अञ्जुले नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा दिइन् । सन् २००२ मा एनएमसीको लाइसेन्स परीक्षा उत्तीर्ण गरेपछि ‘वास्तविक डाक्टरी करिअर’ शुरू भएको उनले बताइन् ।
डा अञ्जुको पहिलो पोस्टिङ काठमाडौंको वीर अस्पतालमा भयो । उनले एक वर्ष त्यहाँको आकस्मिक कक्षमा काम गरिन् । ‘त्यहाँ धेरै कुरा सिक्ने मौका मिलेको उनले बताइन् । वीरपछि जोरपाटीमा रहेको नेपाल मेडिकल कलेजमा उनले सेवा शुरू गरिन् । त्यहाँको ऐनेस्थेसिया विभागमा उनले ६ महिना काम गरिन् ।
डा अञ्जुको विवाहपछिको घर विराटनगर थियो । जसका कारण उनलाई काठमाडौं आउने–जाने गरिरहन पर्न पर्न थाल्यो । ‘यसले गर्दा काठमाडौंको जागिर समस्यामा पर्यो,’ उनी भन्छिन् ।
एमबीबीएस बंगलादेशबाट गरेकाले एमडी नेपालीकै शिक्षण अस्पतालमा गर्ने अञ्जुको धोको थियो । उनलाई बालबालिकाको डाक्टर हुन मन थियो । शुरूमा ईएनटी (नाक, कान, घाँटी)मा नाम निस्कियो । ईएनटी पढ्दिन भनेर उनी त्यतिकै बसिन् । त्यसपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा आवेदन दिइन् । त्यहाँ उनको वेटिङ लिस्टमा नाम आएको थियो । ‘पहिलेका केही घटनाले गाइनो पढ्न मलाई एकदमै गाह्रो भयो,’ उनी भन्छिन्, ‘त्यसपछि पेडियाट्रिक र गाइनोमा दुवै पढ्ने योजना बनाकी हुँ ।’
सन् २००८ मा अञ्जुको त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा नाम निस्कियो । त्यसपछि उनले सन् २०११ म आईओएमबाट गाइनोमा विशेषज्ञता हासिल गरिन् । एमडी गरेपछि विराटनगरस्थित नोबेल हस्पिटलमा काम पाइन् । त्यहाँ ६ महिना काम गरेपछि डा अञ्जुले सरकारी हस्पिटलबाट बिरामीको सेवा गर्ने योजना बनाइन् । उनका बुवाको पनि सरकारी अस्पतालमा छोरीले सेवा गरेको हेर्ने धोको थियो । विसं २०६८ मा उनी कोशी हस्पिटलमा आबद्ध भइन् । त्यसबेला कोशीको गाइनो विभागमा डा योगेन्द्र मिश्र हेड आफ डिपार्टमेन्ट (विभाग प्रमुख) थिए ।
कोशीमा एक वर्ष काम गरेपछि डा अञ्जुले ६ महिनाजति विराट नर्सिङ होममा गएर काम गरिन् । ‘त्यहाँ ६ महिना मात्र काम गरेपछि फेरि कोशीमै फर्किएँ । विकास समितिबाट करारमा नियुक्त भएँ,’ उनले भनिन् । लोकसेवा आयोगबाट स्थायीमा नाम निकालेपछि उनले कोशीमा एक वर्ष काम गरिन् । अनि लेखा शाखामा पारिश्रमिक लिन गएकी थिइन् । त्यसबेला करारका चिकित्सकलाई हेर्ने दृष्टिकोण फरक पाइन् । त्यही इखका कारणले लोकसेवा भिड्ने योजना बनाएको उनले बताइन् । ‘विसं २०७३ मा लोकसेवा दिए । नवौँं तहमा नाम पनि निस्किएको हो,’ उनले पुराना दिन सम्झिइन् ।
त्यसबेला डा अञ्जुलाई राजविराज वा मेची अस्पतालमध्ये एउटा रोज्नुपर्ने अवस्था आइलागेको थियो । तर, उनले आफूले कोशीमा काम गर्दै आएको र दरबन्दी पनि खाली रहेकाले यहीँ नै रोजिन् । उनले लोकसेवाबाट स्थायी भएर कोशीमा जागिर गर्न थालेको नौ वर्ष भइसकेको छ । अहिले उनी १० औं तहकी चिकित्सक हुन् ।
विसं २०७७ देखि डा अञ्जुले कोशी अस्पतालको स्त्री तथा प्रसूति विभागको प्रमुखको काम गर्दै आएकी छिन् । सरकारी अस्पतालमा हुने राजनीति हस्तक्षेप भने उनलाई मन परेको छैन । यद्यपि, यसका बीच पनि उनले आफ्नो कर्तव्य पूरापूर निभाइरहकी छिन् ।
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...