×

NMB BANK
NIC ASIA

अनेक राजनीतिक दाउपेच

नयाँ समीकरणको चर्चाबीच साना दलको आ–आफ्नै दाउ, प्रधानमन्त्रीलाई दबाबमा राख्ने प्रयास

काठमाडाैं | बैशाख १६, २०८१

NTC
Premier Steels

नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबीच नयाँ समीकरणका लागि छलफल अगाडि बढेको सार्वजनिक भएपछि सत्तारुढ नेकपा (माओवादी केन्द्र) मात्र होइन, साझेदार साना दलहरू पनि तरंगित छन् ।

Muktinath Bank

नयाँ समीकरणको चर्चाबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी (एस)लगायतले प्रधानमन्त्रीमाथि दबाब बढाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने अडान लिँदै आएको छ । तर, रविले भने आफूविरुद्ध कुनै हालतमा छानबिनको प्रक्रिया अगाडि नबढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि दबाब बढाएका छन् ।


Advertisment
Nabil box
Kumari

अध्यादेश नै ल्याएर सहकारीपीडितको समस्या समाधान गर्नुपर्ने उनको माग छ । रवि गृहमन्त्री पनि हुन् । उनले आफूले चाहेको प्रस्ताव मन्त्रिपरिषद् बैठकमा औपचारिक रूपमा लैजान सक्छन् । तर, उनले प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीका नाममा पत्र लेखेर सहकारी तथा लघुवित्तपीडित सिंहदरबार छिर्नुअघि नै माग सम्बोधन गर्नुपर्ने बताए ।

Vianet communication

‘कैयौं उद्योगी व्यापारीको लगानी सुरक्षित गर्ने तथा अतिरिक्त आय गरी रोजगारी सिर्जना गर्ने वातावरण बनेन भनेर हामी अध्यादेश ल्याउँदैछौं । तर, गरिबको छाक काटिएको कुरामा पनि हामी उत्तिकै गम्भीर हुन जरुरी छ । त्यसैले यो क्याबिनेटले आज एउटा निर्णय गर्नुपर्छ भन्ने मलाई लागेको छ,’ रविको पत्रमा भनिएको छ, ‘सहकारी पीडितको बचत फिर्ता गर्नका लागि फरार रहेका सहकारी सञ्चालकका सम्पत्ति र तिनले आफन्तका नाममा राखेका सम्पत्ति समेत खोजेर त्यस्ता सम्पत्ति तत्काल रोक्का गरी यथाशीघ्र लिलाम गरेर गरिबको पैसा तिर्न शुरू गर्ने व्यवस्था मिलाउन जरुरी छ ।’

यसका लागि अध्यादेश ‘ड्राफ्ट’ गरिहाल्न रविले दबाब दिएका थिए । 

‘तिर्न चाहने असल नियत भएकाहरूलाई नियन्त्रणमा राखेर आफैं हरहिसाब मिलाउने अवसर दिने व्यवस्था गर्न सकिन्छ,’ रविको पत्रमा भनिएको, ‘त्यसका लागि केही निर्णय गरौं आजै । आजैबाट अध्यादेश ड्राफ्ट गर्ने निर्णय गरौं ।’ 

रविले दबाब दिएपछि क्याबिनेटले सहकारी पीडितका समस्या सम्बोधन गर्न तत्काल कानूनीसहितका प्रक्रिया शुरू गर्ने निर्णय गर्‍यो । बलियो बहुमतका लागि पनि प्रधानमन्त्रीलाई रास्वपाको समर्थन निरन्तर आवश्यक देखिन्छ । त्यसैले प्रचण्ड रविमाथि संसदीय छानबिनका लागि तयार भइसकेको देखिँदैनन् ।

null

पछिल्लो समय कांग्रेस र एमालेबीच संवाद बढेपछि रविले इलाम २ को उपनिर्वाचनका क्रममा ‘तिकडम गरेर कांग्रेस सत्तामा पुगे पहिलो निर्णयबाटै आफूलाई कारबाही गरे हुन्छ’ भनेका थिए । 

रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी पटक–पटक सरकार बनाउने र भत्काउने खेलले देश अस्थिरतामा जाने बताउँछन् । ‘प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि नै हाम्रो सभापतिले प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गर्नुभएकाले सरकार आजका दिनसम्म आइपुगेको छ । हामीले मानेको भए त्यतिखेरै भत्किन्थ्यो,’ बुर्लाकोटी भन्छन्, ‘तर हामीले देशमा शान्ति, स्थायित्व र स्थिरता हुन्छ भने सरकारमा रहन्छौं भनेर इमान्दार ढंगले काम गरिरहेका छौं ।’

कांग्रेस–एमाले मिल्ने मिल्न उनको चुनौती छ । ‘कांग्रेस र एमाले मिलेर साना दलको पसल बन्द गर्ने भनेका हुन् भने जनतासमक्ष पुगेर भनुन्,’ बुर्लाकोटीले भने, ‘चेतावनी मात्र दिनु उचित होइन ।’

अन्य साना दल पनि अप्ठ्यारो स्थितिमा प्रधानमन्त्रीसँग बार्गेनिङ र नयाँ समीकरणमा कसरी आफ्नो स्थान सुरक्षित गर्न सकिन्छ भन्नेतिर केन्द्रित देखिएका छन् । १० सीटको नेकपा एस खुलेरै सरकारविरोधी क्रियाकलापमा लागेको छ । केन्द्रदेखि प्रदेशसम्मै आफ्नो स्वार्थ पूरा गर्न उसले प्रधानमन्त्रीमाथि दबाब बढाइरहेको छ । गणितको कठिनाइ देखाउँदै प्रधानमन्त्री प्रचण्डदेखि एमाले अध्यक्ष केपी शर्मा ओलीसम्मलाई दबाबमा राख्ने रणनीतिमा नेकपा एस देखिन्छ ।

उक्त पार्टीका अध्यक्ष माधवकुमार नेपालले वैकल्पिक सरकार गठनको विकल्पमा समेत कांग्रेस सभापति शेरबहादुर देउवासँग पटक–पटक संवाद गरिसकेका छन् । तर, कांग्रेस र एमाले मिले आफूहरूको हालत के हुन्छ भन्ने बारेमा समाजवादीले हेक्का नराखेको सोही पार्टीका एक वरिष्ठ नेताले बताए । 

‘सुदूरपश्चिममा आज एउटा निर्णय गर्ने भोलि अर्को निर्णय गर्ने स्थिति देखियो । गणितको जटिलताले हामीलाई मुख्यमन्त्री आएर तत्कालीन लाभजस्तो भएको छ,’ समाजवादीको पदाधिकारी तहका एक नेता भन्छन्, ‘एउटा पोजिसन नबनाई स्वार्थ मात्रै देखाउँदा कांग्रेस र एमाले मिलेको दिन कहाँ पुगिएला भन्नेतर्फ पनि हेक्का राख्नुपर्छ ।’

समाजवादीमात्रै होइन, सत्तामै रहे पनि जसपा र नागरिक उन्मुक्ति पार्टी समेत वैकल्पिक सरकारका लागि जतिखेर पनि तयार हुने अवस्थामा रहेको यी पार्टी निकट स्रोतको दाबी छ । सत्ता र शक्तिको खेलमा सिपालु यादव प्रचण्ड हटे अर्को समीकरणमा लाग्न प्रयासरत रहेको नेताहरू बताउँछन् । केन्द्रीय सत्तामा पनि दबाब बढाउँदै आएको जसपा लुम्बिनीमा मागेजति भागबण्डा नपाएपछि सरकारबाटै फिर्ता भएको छ ।

यता नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ भने कांग्रेस–एमाले मिल्ने कुरा हल्ला मात्र भएको जिकिर गरिन् ।

‘राजनीतिमा जे पनि हल्ला चल्छन् । पछिल्लो समीकरण बनेको धेरै भएको छैन, यस्तोमा हल्लाको पछाडि लागेर हुँदैन,’ श्रेष्ठले लोकान्तरसँग भनिन्, ‘यस्ता हल्ला नागरिकले पत्याउनु हुँदैन ।’

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ ठूला मात्रै होइन, साना दलको दाउ झन् बढी च्याखे थाप्ने खालको रहेको बताउँछन् । 

‘सुदूरपश्चिममा समाजवादीले शर्त राखेर कसरी मुख्यमन्त्री पड्कायो, सबैले देखेका छन् । साना दल झन् सिद्धान्तको राजनीतिबाट टाढा छन्,’ श्रेष्ठले लोकान्तरसँग भने, ‘जसलाई जहाँ फाइदा हुन्छ, त्यहाँ जाने हो । कसका विरुद्ध लाग्ने हो, त्यहीँ उभिनेमा साना दल देखिन्छन् ।’

ठूला दलको हिमचिम, साना दलको घुर्की र दबाबबीच प्रधानमन्त्री भने सकसमा परेको नेताहरू बताउँछन् । 

‘कांग्रेससँग ठीकठाक गठबन्धन चलेको थियो । तर, हठात् सरकार परिवर्तन हुँदाको दुई महिनामा नै फेरि ठूला दल मिल्छन्, साना दललाई बाइपास गरिन्छ भनेर हल्ला चल्नु राम्रो होइन,’ माओवादीका एक नेता भन्छन्, ‘प्रधानमन्त्रीले पनि भित्रीरूपमा केही दबाब महसुस पक्कै गर्नुभएको होला, तर बाहिर देखाउनुभएको छैन । यसरी छिटोछिटो समीकरण परिवर्तनमा हामी पनि कतै जिम्मेवार छौं कि भनेर समीक्षा गर्नुपर्छ ।’

माओवादीका ती नेताका अनुसार प्रचण्डले पनि कांग्रेस र एमालेका नेताबीच संवाद हुन थालेको विषयबारे जानकारी पाइसकेका छन् । 

null

नेकपा एसका उपमहासचिव गंगालाल तुलाधार कांग्रेसको मात्रै चाहनाभन्दा पनि एमालेले लिने निर्णयमा समीकरणको भविष्य निर्धारण हुने बताउँछन् ।

‘कांग्रेस र एमाले मिल्ने स्थितिमा पुग्नका लागि घनिभूत रूपमा बसेका छन् भन्नेसम्मको हल्ला सुनेका छौं । तर तत्कालै सम्भव हुन केही परिस्थितिले गाह्रो हुन्छ कि भन्ने लाग्छ,’ तुलाधरले भने, ‘हठात सत्ताबाट विमुख गराएकोमा कांग्रेस सभापति शेरबहादुरजीमा चित्त दुखाइ रहेको पाएका छौं । एमालेको कार्यक्रममा पुगेर एकातिर हार्दिकता देखाएकोजस्तो देखियो, अर्कातिर मदन भण्डारीको हत्यारा किन पत्ता नलगाएको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो । एमाले उतातिर जान लागेको हो भने सरकारको आयु लामो भएन, तर कांग्रेसले चाहेर मात्रै चाहिँ हुँदैन ।’

कांग्रेस–एमाले मिल्ने संकेत दिँदै महासचिव पोखरेल

नेकपा स्थापनाको ७५ वर्ष पुगेको हीरक महोत्सवका दिन (१० वैशाख)मा ललितपुरको गोदावरीमा देउवा र ओलीबीच हार्दिकता देखिएको थियो । दुवैले एकअर्काप्रति सकारात्मक टिप्पणी गरेको विषयले अब कांग्रेस एमाले मिल्दैछन् भन्ने विषयको संकेत गरेको नेताहरू बताउँछन् । 

सोही कार्यक्रममा ओलीले ‘मेरा अत्यन्तै आदरणीय मित्र शेरबहादुर देउवाजी’ भन्दै सम्बोधन गरेका थिए । देउवाले पनि एमालेसँग सहकार्य गरेर जान तयार रहेको संकेत गरेका थिए । कार्यक्रमका सञ्चालक एमाले महासचिव शंकर पोखरेलले ‘पार्टी अध्यक्ष केपी शर्मा ओलीका जेलजीवनका अनन्य मित्र’ भनेर देउवालाई सम्बोधन गरेका थिए । 

यसको तीन दिनपछि बिहीबार पोखरेलले ‘कैलाश सिरोहिया (कान्तिपुरका मालिक)का छोराको विवाह समारोहमा सहभागी हुँदा’ भन्दै देउवा र डा. शशांक कोइरालासँगको तस्वीर सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

null

फोटोमाथि टिप्पणी गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले साना दलको पसलविरुद्ध कांग्रेस–एमाले सरकार बनाउन आग्रह गरेका छन् । कतिले विरोध पनि  गरेका छन् । ओलीका विश्वासपात्र मध्येका पोखरेलले पटक–पटक देउवासँग आत्मीयता देखाउनुलाई पनि अर्थपूर्णरूपमा हेरिएको छ । 

कांग्रेस र एमालेभित्र दुई पार्टी मिलेर स्थिरता दिनुपर्ने, नागरिकको निराशालाई चिर्नुपर्ने, संविधान संशोधन गरेर निर्वाचन प्रणाली फेर्नुपर्नेसहितका विषयमा पनि संवाद भइरहेको नेताहरू बताउँछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x