माघ २०, २०८०
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
विराटनगर | चैत १०, २०८०
विसं २०७८ को अन्तिमसम्म सामाजिक विकास मन्त्रालयसँग जोडिएको थियो कोशी प्रदेशको स्वास्थ्य मन्त्रालय । त्यतिबेला त्यो स्वास्थ्य महाशाखाजस्तो मात्रै थियो । अहिले स्वास्थ्य मन्त्रालय छुट्टै छ । मातहतमा ४६ वटा अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय र आयुर्वेद कार्यालयहरू छन् । यसबाहेक प्रदेश स्वास्थ्य निर्देशनालय, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, तालिम केन्द्र र आपूर्ति व्यवस्थापनलगायत पनि महत्त्वपूर्ण निकायका रूपमा रहेका छन् ।
कोशी प्रदेशमा मुख्यमन्त्रीको कार्यालयसहित नौवटा मन्त्रालय रहेका छन् । सबै मन्त्रालयमा मात्र एकजना महिला सचिव रहेकी छिन् । उनी हुन्– डा सुधा देवकोटा । जनताको स्वास्थ्यसँग जोडिएको मन्त्रालयको जिम्मेवारी विगत एक वर्षदेखि उनै महिला सचिवले सम्हालिरहेकी छिन् ।
संघीयतापछि समायोजन हुँदा डा सुधा जिल्ला हुँदै केन्द्रबाट कोशी प्रदेश आइपुगेकी सचिव हुन् । उनकै पहलमा कोशीको सङ्क्रामक रोग अस्पताललाई मुटुरोगको उपचार गर्ने अस्पतालमा परिणत गरिएको छ । यस्तै १० वर्ष मुनिका बालबालिकाको स्वास्थ्य उपचार निःशुल्क गर्नका लागि मुख्य योजनाकार पनि उनै हुन् ।
कोशी प्रदेशले गत असोजसम्ममा पाँचजना मुख्यमन्त्री पाइसकेको छ । केन्द्रमा काँध फेर्नासाथ त्यसको असर प्रदेशमा पनि परिहाल्ने अवस्था छ । राजनीतिक अस्थिरतका कारण जनतामा निराशा छ । अहिले पनि राजनीतिक खिचातानीले कर्मचारीहरूमा काम गर्ने जाँगरसमेत हट्न थालेको सरोकारवालाहरूको भनाइ छ । अहिलेका मन्त्रीले गरेको निर्णय भोलिकाले मान्छन्–मान्दैन् भन्ने अवस्थाले पनि कर्मचारीहरू पर्ख र हेरको अवस्थामा रहेको बताइन्छ । यस्तो परिपेक्षमा पनि कोशी सरकारले अस्पतालसँग सम्झौता गरेर १० वर्षसम्मका बालबालिकाको स्वास्थ्य उपचारलाई निःशुल्क बनाएको छ । यसले गरिब बालबालिकालाई पनि सहजता प्रदान गरेको सचिव डा सुधा बताउँछिन् । ‘सरकार परिवर्तन भइरहने भएका कारणले पनि काम गर्न सकिएन,’ उनी भन्छिन्, ‘गत असाेजमा नयाँ सरकार बनेपछि हामीले केही नयाँ काम गरेका हौँ ।’
आगलागीमा परेका बिरामीको उपचारका लागि काठमाडौंको कीर्तिपुर अस्पतालसँगको सहयोगमा जलन अस्पताल बनाउने सम्झौता डा सुधाकै पहलमा भएको हो । ‘आगलागीका घटनाले हामीलाई यो पाठ सिकाएको छ,’ उनले भनिन् ‘मुख्यमन्त्री (केदार कार्की)ले पनि यसमा अग्रसरता लिनु भएकाले काम गर्न सजिलो भयो ।’
यस्तै सचिव डा सुधाले कोशीका सबै सरकारी अस्पतालमा दोभाषेको व्यवस्था गरेकी छन् । विशेषगरी, बोल्न र सुन्न नसक्नेका लागि उपचारमा सहज होस् भनेर प्रदेशका १४ वटै जिल्ला अस्पतालमा दोभाषे नियुक्त गरिएको उनले बताइन् ।
चिकित्सकबाट जागिरे जीवन शुरू गरेकी डा सुधाको जन्म ललितपुरको पुल्चोकमा भएको हो । बुवा सुदर्शन देवकोटा पत्रकार हुन् भने आमा शारदा माध्यमिक विद्यालयकी शिक्षिका । बुवा–आमा नै शिक्षित भएकाले उनको बाल्यकाल सहजै बितेको थियो । ‘बुवा–आमाले अभिभावक नभई साथीको व्यवहार गर्नुभयो,’ उनले बाल्यकाल सम्झिइन्, ‘मैले कमी के हो भन्ने अनुभूति कहिल्यै गर्न पाइनँ ।’
बुवा–आमाले केही गर्नुपर्छ, आफ्नै खुट्टामा उभिनुपर्छ भन्ने सानैदेखि सन्देश दिएका कारण पढाइमा ध्यान गएको डा सुधा बताउँछिन् । बुवा–आमाले प्रेम विवाह गरेकाले पुर्ख्यौली सम्पत्ति लिएका थिएनन् । यद्यपि, उनीहरू आफ्ना तिनैजना छोराछोरीलाई राम्रो शिक्षा दिन सकेका छन् । डा सुधाका एक दिदी र एक भाइ छन् । दिदी कम्प्युटर इन्जिनियर हुन् भने भाइ टेलिकम्युनिकेसन इन्जिनियर छन् । ‘उहाँहरूले छोराछोरीलाई सम्पत्ति दिन नसके पनि पढाइमा अब्बल बनाउँछौँ भन्ने अठोट लिनु भएको थियो,’ उनी थप्छिन्, ‘त्यसको प्रतिफल हामी तीनैजना आफ्नै खुट्टामा उभिन सक्ने भएका छाैँ ।’
खासमा सुधाको भारतमा गएर पढ्ने इच्छा थियो । तर दिदी रुसमा भएकाले बुवा–आमालै उतै पढ्न भनेपछि उनले पनि मानिन् । रुस गएर पढेकी उनको नेपाल नफर्कने सोच कहिल्यै आउन । ‘रुसमा रहेका अरू साथीहरूले मलाई यतै बसौँ भने पनि मैले मानिनँ । नेपाल नफर्कने भन्ने मेरो कहिल्यै सोचमै आएन । किनकि, मेरो नेपालमै जागिर खाने ठूलो इच्छा थियो,’ उनी भन्छिन् ।
डाक्टरी विषय नपढेकी भए आफू बुवाको पदचाप पछ्याउँदै पत्रकार बन्ने सम्भावना रहेको सुधा बताउँछिन् । तर सानैदेखि डाक्टर बन्ने रहर देखाएकाले बुवाले उनलाई त्यतैतिर मोडिदिए ।
‘म मेडिकल नपढेको भए पत्रकार हुन्थे होला । सानोमा म सलाईको बट्टा लिएर बाबालाई म डाक्टर हो भनेर घोच्दै हिँड्थे रे । त्यसैलाई आधार बनाएर उहाँले मलाई डाक्टर पढाउनु भयो,’ उनी स्मरण गर्छिन्, ‘बाबाको चाहना दिदीले पनि मेडिकल पढोस् भन्ने थियो । तर उसले कम्प्युटर इन्जिनियर पढ्ने इच्छा देखाइ । बाबाले पनि रोक्नु भएन । जे पढे पनि पढाइ चाहिँ राम्रो हुनुपर्छ भन्ने मात्रै उहाँहरूको सर्त थियो ।’
सुधाले डाक्टरी पढेर आएपछि काठमाडौंको त्रिवि शिक्षक अस्पतालमा काम गर्न थालेकी थिइन् । सँगसँगै उनले लोकसेवाको परीक्षाको पनि तयारी गरेकी थिइन् । लोकसेवामा तयारी नपुगेपछि उनको नाम निस्केन । यसैबीच श्रीमान्को सुर्खेतमा पोस्टिङ भयो । अस्थायी नियुक्ति लिएर उनी पनि श्रीमान्सँगै सुर्खेत गइन् । श्रीमान्सँगै बसेर लोकसेवाको तयारी गरिन् ।
डा सुधाले दोस्रो प्रयासमा लोकसेवा आयोगको परीक्षा उतीर्ण गरिन् । उनको पहिलो पोस्टिङ नेपालगञ्जमा भएको थियो । त्यसो त लोकसेवामा नाम निकाल्नुअघि सुधालाई विदेश जाने अवसर नआएका होइनन् । तर बुवाको इच्छालाई पूरा गर्नकै लागि भए पनि तिनलाई अस्वीकार गरेर लोकसेवामा भिडिन् । ‘मैले विदश जाने ठूला अवसर पाएकी थिएँ । तर बाबाको चाहानालाई मध्यनजर गरेर लोकसेवा लड्ने र देशको सेवा गर्ने निर्णय लिएँ,’ अलि भावुग हुँदै उनले एउटा गीत सम्झिइन्, ‘गहिराइमा डुब्दै नडुब डुबी सकेको छौ भने, मोती नटिपी नफर्क... भनेजस्तै भएर म नेपालमै बसेकी हुँ ।’
डा सुधाले सरकारले जहाँ–जहाँ खटाउँछ त्यहीँ–त्यहीँ गएर काम गरिन् । दुर्गम–सुगम, टाढा–नजिक छुट्याइनन् । अहिले उनी सरकारी सेवामा प्रवेश गरेको पनि २६ वर्ष भइसकेको छ । फस्ट क्लास अफिसर भएको नै १० वर्ष भएको उनले बताइन् । नेपालगञ्जस्थित तत्कालीन भेरी अञ्चल अस्पतालमा उनले एक वर्ष काम गरिन् । उनको २०५६ सालमा दाङको महेन्द्र अस्पतालमा सरुवा भयो । उनले लामोसमय दाङ मै बिताइन् । दाङपछि उनी सेकेन्ड क्लास अफिसर बनेर प्युठान गएकी थिइन् । प्युठानमा रहँदा उनले थाइल्यान्डको बैंकक गएर पढ्ने अवसर पाइन् । बैंककमा पढेर आएपछि उनले सल्यानमा केही समय जागिर खाइन् । त्यसपछि भने उनले विभागमा काम गरिन् । तर त्यहाँ हाजिर गरेर मात्रै बस्ने काम भएकाले नमज्जा लागेको उनी बताउँछिन् । ‘फस्ट क्लास अफिसरको परीक्षा दिएर काम गर्ने ठाउँमा पठाइ देऊ भनेँ । यसपछि रसुवा गएँ,’ उनले सुनाइन् । रसुवापछि डा सुधाले गोरखा गएर सेवा दिइन् । त्यही बेला २०७२ वैशाख १२ गते भूकम्प गयो । त्यहाँ निकै दुःख गरेर भूकम्पका बिरामीको उपचार गरेको उनी बताउँछिन् ।
यस्तै दुःख झेल्दै अहिले सुधा कोशी प्रदेशका सचिव छिन् । प्रदेशमा स्वास्थ्य सेवा लथालिङ्ग अवस्थामा रहेको डा सुधा लुकाउँदिनन् । जुन ठाउँमा जुन कर्मचारी आवश्यक छ, त्यसको अभाव देखिएको उनले बताइन् । अझै धेरै काम गर्न बाँकी रहेको उनले सुनाइन् ।
‘अस्पताललाई अस्पतालजस्तो नै बनाउनु पर्छ । त्यहाँ कुनै खेल खेल्ने ठाउँ बनाउनु हुँदैन । सबै स्वास्थ्य संस्था सुधार गर्नुपर्छ भनेर लागेका छौँ,’ उनी भन्छिन्, ‘यति गरिएन भने हाम्रो प्रदेशका महिला तथा पिछडिएकाको अवस्था जहाँको त्यहीँ हुन्छ ।’
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...