×

तस्करीको साम्राज्य

सुन तस्करीमा हुन्डीको रकम : वर्ष दिनमै १ खर्ब ८ अर्बको अवैध कारोबार

काठमाडाैं | असार २, २०८१

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल भित्रिने रेमिट्यान्सको रकम हुन्डीमार्फत् सुन तस्करीमा प्रयोग भइरहेका तथ्य फेला पारेको छ ।

सुन तस्करीसँग जोडेर हुन्डी कारोबारीको अनुसन्धान गरिरहेको सीआईबीको टोलीले अष्ट्रेलिया, कोरिया र दुबईमा काम गर्न, पढ्न वा अन्य व्यापार गर्न जाने नेपालीले स्वदेश पठाउने रेमिट्यान्स सुन तस्करीमा प्रयोग हुने गरेको तथ्य फेला पारेको हो ।


Advertisment

प्रहरी नायब उपरीक्षक (डीएसपी)को कमान्डमा सूक्ष्म अनुसन्धान गरिरहेको सीआईबीले ६० किलो ६१७ ग्राम सुन तस्करीमाथि थप अनुसन्धान गर्दा यो रहस्य फेला पारेको हो ।


Advertisment

यी देशमा बसेर हुन्डीको काम गर्दै आएका एजेन्टले नेपालमा सञ्चालित भुक्तानी सेवा प्रदायक संस्थाहरू ‘पेवेल नेपाल प्रालि’ र ‘सजिलो पेमेन्ट सर्भिसेज प्रालि’मा हुन्डीमार्फत् रकम पठाएर अर्बौंको कारोबार गर्दै आएको पाइएको छ ।

राष्ट्र बैंकले यी दुवै कम्पनीको बैंक खाता रोक्का गरिरहेको छ । सीआईबीका अनुसन्धान अधिकृतका अनुसार पेवेल र सजिलो पेले एक वर्षको अवधिमा १ खर्ब ८ अर्ब कारोबार गरेको देखिएको छ, जसअनुसार पेवेलले ८२ अर्ब र सजिलो पेले २६ अर्बको कारोबार गरेका छन् ।

सन् २०२३, अप्रिल २७ देखि खाता बन्द हुनु अघिसम्म पेवेलको खातामै ६१ अर्ब ५० करोड रुपैयाँ नगदै जम्मा भएको सीआईबीको अनुसन्धानबाट खुलेको छ ।

सीआईबीले सुन तस्करीसँग जोडिएका थप १० जना र पेवेलसँगै सजिलो पेमार्फत् कारोबार गर्ने ६ जना गरी १७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका भारतीय नागरिकहरूमा भारतको महाराष्ट्रका सिद्धार्थ भन्ने सिद्धनाथ अशोक गायकवाड, सोही ठाउँका धिरज दिनेश भोईटे, भारत महाराष्ट्रस्थित पुने हाडप्सरलक्ष्मी कोलोनीका प्रशांत गणेश बजबलकर र भारतकै गुजराज घर भई ललितपुरको सानेपामा शक्ति क्रिएसन सञ्चालन गर्ने बैजनाथ ब्रह्मादत्त गोयल छन् ।

त्यस्तै, नेपाली नागरिकहरू पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. १६ का सुरेन्द्रमान श्रेष्ठ, भक्तपुर सूर्य विनायक नगरपालिका– ९ का राजु दाइ भान्जा तथा राजु पलासे भन्ने राजु खत्री, काभ्रेका कान्छामान (थर्कमान) तामाङ, धादिङ सिद्धलेकका प्रेमनाथ सेढाईं र बौद्ध बस्दै आएका चिनियाँ नागरिक गंगा टासी छन् ।

सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीका अुनसार भारतीय नागरिक सिद्धनाथको मोबाइलमा भएका विवरण फरेन्सिक प्रयोगशालाबाट रिकभर गर्दा दुई मिनेटको अडियो फेला परेपछि अनुसन्धान थप सहज बनेको थियो । अडियोमा ‘पैसा यूएसडी (क्रिप्टो)मा हाल्नू, नसके पेवेलमा हाल्नू’ भनिएको थियो ।

पेवेलको खाता अनुसन्धान गर्दा प्रहरी चकित परेको हो । पेवेलका एजेन्ट बुटवलस्थित जेके मनि ट्रान्सफरका सञ्चालक लालबहादुर कुँवरले त ३ अर्ब ३४ करोडको कारोबार गरेको भेटिएको छ  ।

सुनको रिफाइनरी र ट्रन्च हाउस आवरणमा सुन तस्करी र हुन्डी कारोबार

पक्राउ परेकामध्ये भारत महाराष्ट्रका सिद्धार्थ भनिने सिद्धनाथ अशोक गायकवाडलाई पेवेलमा रकम डिपोजिट गर्न लगाउने व्यक्ति थिए, भारतीयन नागरिक पिन्टु भन्ने अभिजित तानाजी मोलिक ।

मोलिकको न्यूरोडमा सुनचाँदी रिफाइनरी हाउस सञ्चालनमा छ । सीआईबीले उक्त रिफाइनरीमा छापा पनि मारेको थियो । तर, सिद्धार्थ पक्राउ परेको सूचना लीक भएसँगै पिन्टु भारत भागिसकेका थिए । सीआईबीले अनुसन्धान गर्दा पिन्टुको रिफाइनरी कम्पनीबाट पेवलको खातामा जम्मा गरेको झण्डै एक अर्ब रुपैयाँको भौचर फेला पारेको थियो । त्यतिमात्रै होइन, पिन्टुले सजिलो पेमासमेत कारोबार गरेको देखिएको छ ।

पेवेलका अध्यक्ष भीमप्रसाद तिमिल्सिना, कर्मचारीहरू प्रज्ज्वल आचार्य र सुरज जबरा अहिले सीआईबीको हिरासतमा छन् । त्यस्तै, सजिलो पेका सञ्चालक सुनिल जाकीबञ्जा, कार्यकारी प्रमुख कश्यप मानन्धर र सजिलो पेका सदस्य  फुन्सुक डाग्पा अथुप्छाङ खम्पालाई पक्राउ गरेर सीआईबीले बयान लिइरहेको छ ।

सीआईबीका प्रमुख एआईजी ज्ञवालीका अनुसार पेवेलका नाममा रकम हाल्न लगाउने भारतीय नागरिक पिन्टुविरुद्ध भने डिफ्युजन नोटिसका लागि प्रक्रियाअघि बढाइएको छ । उनका अनुसार विभिन्न देशबाट भित्रिएको तस्करीको सुन खरिद–बिक्री गर्ने र पेवेलमार्फत् अवैध कारोबार गर्ने मुख्य व्यक्ति पिन्टु रहेको अहिलेसम्मको अनुसन्धानले देखाएको छ ।

‘सजिलो पेको सम्बन्धमा अझै अनुसन्धान गर्दैछौं, यसको सञ्चालक समितिका सदस्यलगायत पदाधिकारीलाई पक्राउ गरेर बयान लिइरहेका छौं, ट्रान्जेक्सन भएको रकम बढ्न सक्छ,’ एआईजी ज्ञवालीले भने ।

उनका अनुसार सुन रिफाइनरी र ट्रन्च हाउसका नाममा सुन तस्करी र हुन्डीको कारोबार भएको यो ठूलो प्रमाण हो ।

यी हुन् पक्राउ परेका व्यक्तिहरू

१.   भारतको महाराष्ट्रस्थित सांगली जिल्ला जततालुका सिद्धार्थ भन्ने सिद्धनाथ अशोक गायकवाड

२.   भारतको महाराष्ट्रस्थित सांगली जततालुकै धिरज दिनेश भोईटे

३.   भारतकै महाराष्ट्रस्थित पुने हाडप्सरलक्ष्मी कोलोनीका प्रशान्त गणेश बजबलकर

४.   पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. १६ का सुरेन्द्रमान श्रेष्ठ

५. भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ९ पलासे बस्ने राजु दाइ भान्जा तथा राजु पलासे भन्ने ३९ वर्षीय राजु खत्री

६.   भारतको गुजरातस्थित सुरत घर भई ललितपुरको सानेपामा शक्ति क्रिएसन सञ्चालन गर्ने बैजनाथ ब्रह्मादत्त गोयल ।

७.   धादिङको सिद्धलेकका राजु थापा भन्ने प्रेमनाथ सेढाईं

८.   काभ्रेपलाञ्चोकको तेमालका कान्छा लामा

९.   चीनको सिचुआन प्रदेशस्थित छेङ्दु स्थायी घर भई हाल काठमाडौं बस्ने राजु भोटे तथा टासी भन्ने गेन्जा जाकी

१०.  पेवेल नेपाल प्रा.लि.का सञ्चालक समिति अध्यक्ष, काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं. १० स्थायी घर भएका भीमप्रसाद तिमल्सिना

११.  पेवेल नेपाल प्रा.लि.का सहायक कार्यकारी अधिकृत, काठमाडौं महानगरपालिका वडा नं. ७ का प्रज्ज्वल आचार्य

१२.  पेवेल नेपाल प्रा.लि.का कर्मचारी, धनुषाका सुरज शमशेर जबरा

१३.  सजिलोपे पेमेन्ट सर्भिसेज प्रा.लि.का सञ्चालक समिति सदस्य, काठमाडौंका फुन्सुक डाग्पा अथुप्छाङ खम्पा

१४.  सजिलोपे पेमेन्ट सर्भिसेज प्रा.लि.का सञ्चालक समिति सदस्य, भक्तपुरको मध्यपुर नगरपालिका वडा नं. १५ का सुशील जाकिबन्जा

१५.  सजिलोपे पेमेन्ट सर्भिसेज प्रा.लि.का कार्यकारी अधिकृत तथा भक्तपुरका वर्ष ३५ का कश्यप मानन्धर

१६.  जे.के. मनी ट्रान्सफरका सञ्चालक तथा रुपन्देहीको तिलत्तोमा– ६ नयाँमिल बस्ने लालबहादुर कुँवर

१७.  पशुपति कन्सर्नका सञ्चालक एवं बाराको जीतपुर– १९ बस्ने अरुणकुमार यादव

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

जेठ १०, २०८१

मुगु– मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा सोही विमानस्थलमा कार्यरत एक कर्मचारी घाइते भएका छन् । यात्रु बोकेर बाँकेको नेपालगञ्जका लागि उड्ने तयारीमा रहेको सीता एयरको टुइनेटर जहाजको अघिल्लो भ...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

x