×

NMB BANK
NIC ASIA

कण्डम र डीपाेको अभाव : अनिच्छित गर्भधारणकाे जोखिम

फागुन १९, २०७५

NTC
Premier Steels

लहान- सिरहाको सुखीपुर नगरपालिकास्थित स्वास्थ्य संस्थामा महिलाको परिवार नियोजन अस्थायी साधन ‘डिपो’ र पुरुषले प्रयोग गर्ने कण्डमको अभाव भएको छ । 

स्वास्थ्य संस्थाबाट निःशुल्क रूपमा महिलाले प्रत्येक तीन महीनाका लागि अस्थायी साधनको रूपमा लगाउने गरेको डिपो खोप र पुरुषले प्रयोग गर्ने कण्डमको अभाव हुँदा नचाहँदानचाहँदै महिलाले गर्भधारण गर्नुपर्ने जोखिम बढेको छ । 

कण्डम, पिल्सजस्ता अरू पनि अस्थायी साधन भए पनि परिवार नियोजनका लागि अधिकांश दम्पतीले डिपोको प्रयोग गर्दै आएका छन् । सुखीपुर क्षेत्रमा हरेक तीन महीनामा एक हजार २०५ महिलाले डिपो र प्रतिमहीना २०० भन्दा बढी पुरुषले कण्डम प्रयोग गर्दै आएको स्वास्थ्य चौकी सुखीपुरले जनाएको छ । 

एक महीनाअघि नै डिपो सकिएपछि आफूले नआएसम्मका लागि पसलबाटै खरीद गरेर कण्डम प्रयोग गर्न सल्लाह दिएको स्वास्थ्य चौकी सुखीपुरका प्रमुख भुपेश रतन यादवले बताउनुभयो । डिपो र कण्डम खरीद गरी आपूर्ति गर्न स्थानीय सरकारलाई आग्रह गरेको र छिट्टै आपूर्ति गर्ने प्रतिबद्धता आएको प्रमुख यादवको भनाइ छ । 

नवविवाहिता बाहेकका अधिकांश महिलाले कण्डम र चक्कीको साटो डिपो खोप लगाउने गरेको स्वास्थ्यकर्मीको भनाइ छ । कण्डम बालबालिकाले भेट्ने, फुक्ने र कण्डम प्रयोग गरेको घरपरिवारका सदस्यले थाहा पाउने भएकाले लोकलाजका कारण महिला र पुरुष कण्डमको साटो डिपोप्रति आकर्षित भएका छन् । एक पटक लगाए तीन महीना ढुक्क हुने भएकाले पछिल्ला दिनमा धेरै दम्पतीको रोजाइ डिपो हुने गरेको छ । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x