कपिलले पुन: मच्चाउन थाले हंगामा

बैशाख १४, २०७६

एजेन्सी- कपिल शर्माले आफूलाई बारम्बार एक प्रतिभावान कमेडियनको रूपमा प्रमाणित गर्दै आएका छन् र यसमा कुनै पनि शंका छैन । तर पछिल्लो समय विभिन्न विवादका कारण शर्माले कार्यक्रम बन्द नै गर्न बाध्य भए । 

त्यसपछि उनी विवादलाई बिर्साउने प्रयास गर्दै कार्यक्रमको नाम पनि ‘फ्यामिली टाइम विथ कपिल शर्मा’मा बदलेर सन् २०१८ मार्चमा पुन: टेलिभिजनमा झुल्किए । तर अत्यन्त न्यून रेटिङको कारण जम्मा तीन एपिसोडपछि कार्यक्रम बन्द भयो । 


ADVERTISEMENT

अघिल्ला असफलताबाट पाठ सिकेर उनले महिलाको ‘ग्याप’ राखे । यसबीचमा ठूलो तयारी गरेर उनले आफ्नो हाँस्यव्यङ्ग्य कार्यक्रमको नयाँ संस्करण डिसेम्बरको अन्तिमतिर पुन:शुरू गरे । 

तर यस पटक भने कपिलको मेहनत खेर गएन । शुरूदेखि नै टीआरपी रेटिङमा उच्च रहेको उनको कार्यक्रमले हाल नयाँ उचाई हासिल गरेको छ । ‘ब्रोडकास्ट रिसर्च अडिसन काउन्सिल’को सन् २०१९ को सोह्रौं हप्ताको रेटिङमा ‘द कपिल शर्मा शो’ पहिलो स्थानमा रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बैशाख १४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार