मंसिर १५, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको बताएका छन् ।
बलेफी गाउँपालिका–५ कुपकन्या माध्यामिक विद्यालयको नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा प्रचण्डले जनयुद्धपछि मात्रै नेपालमा शान्ति छाएको बताए ।
जनयुद्धले ल्याएको राजनीतिक परिवर्तन र भूकम्पले पु¥याएको क्षति स्मरण गर्दै अध्यक्ष दाहालले सिङ्गो देश समृद्धिको बाटोमा लागेको बताए ।
ठूलो प्रकोप र द्वन्द्वपछि जापान विकसित र समृद्ध भएको उदाहरण दिँदै उनले नेपालमा पनि नयाँ संस्कारको साथमा विकासले गति दिएको बताए ।
'नेपालमा राजनीतिक अस्थिरताको अन्त्य भएको छ । अबको समय भनेको विकास निर्माणमा जुट्ने हो,' उनले भने, 'राजनीतिक अस्थिरतापछि अहिलेको सरकार आर्थिक समृद्धि र समृद्ध मुलुक स्थापना गर्ने जमर्कोमा जुटेको छ ।'
विसं २०७२ मा भूकम्प नगएको भए नेपालको संविधान निर्माण नहुने दाबी गर्दै उनले प्राकृतिक विपद्ले देशका सबै पक्षलाई एकताबद्ध हुन प्रेरित गरेको स्मरण गरे । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले अगामी दिनमा सबै एकताबद्ध भएर समृद्धिको अभियानमा लाग्न पनि आग्रह गरे ।
पूर्वमन्त्री तथा सांसद अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकलाई प्रकोपले निरन्तर क्षति पु¥याएको भन्दै त्यस क्षतिलाई सिन्धुपाल्चोकवासीले अवसरका रुपमा लिनुपर्ने बताए । भूकम्पबाट क्षति पुगेको विद्यालय पुनःनिर्माणपछि भौतिक मात्रै नभएर शौक्षिक गुणस्तरमा लाग्न आवश्यक रहेको सापकोटाको भनाइ छ ।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट विद्यालय भवनलाई क्षति पुगेपछि टाटा ट्रष्ट इण्डिया, सिप्रदीयन सहायता संस्था नेपालको रु तीन करोड ९७ लाख चार हजार १५० को अनुदान सहयोगमा दुईतले १५ कोठे सुविधा सम्पन्न भवन निर्माण भएको हो ।
विगत चार वर्षदेखि ३५० विद्यार्थी अस्थायी टहराबाट पठनपाठन गर्दै आएको विद्यालयले जानकारी दिएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...