प्रत्येक साता एउटा क्रेडिट कार्ड जति प्लास्टिक खान्छौं हामी, स्वास्थ्य ध्वस्त !

जेठ ३१, २०७६

काठमाडौं – मानिसले प्रत्येक साता एउटा क्रेडिट कार्ड जति अर्थात् पाँच ग्राम प्लास्टिक निल्ने गरेको छ । त्यसको सबभन्दा ठूलो स्रोत पानी हो । 

बोतलमा बन्द गरिएको पानी अनि भूमिगत जलमा समेत प्लास्टिकका कण भेटिएका छन् । 


ADVERTISEMENT

वर्ल्ड वाइड फन्ड फर नेचरको रिपोर्टमा यो कुरा उल्लेख गरिएको छ । पहिलोपटक कुनै प्रतिवेदनमा मानिसको शरीरमा पुगिरहेको प्लास्टिकको अनुमान गरिएको हो । 

अस्ट्रेलियाको न्युकासल विश्वविद्यालयले अनुसन्धान गरेको हो । अनुुसन्धान अनुसार, पानीमा प्लास्टिक प्रदूषण तीव्र गतिमा बढिरहेको छ । मानिसको शरीरमा पुग्ने प्लास्टिकको अर्को एक कारण शेलफिश पनि हो । शेलफिश खाँदा प्लास्टिक शरीरमा पुग्ने गरेको हो ।

रिपोर्टका अनुसार, पानी पिउँदा मात्र पनि हरेक साता प्लास्टिकका १७ सय ६९ कण शरीरमा पुग्ने गरेका छन् । संसारभरि सन् २००० देखि अहिलेसम्म यसअघिभन्दा निकै धेरै प्लास्टिक निर्माण भएको छ । यसको एकतिहाइ भाग प्रकृतिमा फैलिएर प्रदूषण भइरहेको छ । 

प्लास्टिक प्रदूषण रोक्नका लागि यसको उत्पत्तिस्थल चिनेर रोक लगाउन अत्यन्त जरूरी छ । प्रदूषणविरुद्ध अभियान चलाइरहेको प्लास्टिक डाइट क्याम्पेनका अनुसार, यसलाई रोक्नका लागि व्यापार जगत्, सरकार र सर्वसाधारण सबै मिली काम गर्नुपर्छ ।

एजेन्सी
 

जेठ ३१, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार