×

NMB BANK
NIC ASIA

राजश्व चुहावट रोक्न अनलाइन प्रणाली, कागज बोक्ने झन्झट अन्त्य हुँदै

असार ५, २०७६

NTC
Premier Steels

काठमाडौं– राजश्व अनुसन्धान विभागले राजश्व चुहावट रोक्नका लागि ‘भेकिल एण्ड कन्साइन्मेन्ट ट्रयाकिङ’ अनलाइन प्रणाली कार्यान्वयनमा ल्याएको छ । विभागले राजश्व अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ को दफा १३ को उपदफा ‘ग’ अनुसार उक्त प्रणाली कार्यान्वयनमा ल्याएको हो । उक्त प्रणाली कार्यान्वयनमा आएसँगै राजश्व चुहावट एवं राजश्व छली नियन्त्रण गर्न सहज हुने विभागले जानकारी दिएको छ ।

Muktinath Bank

गत आइतवारदेखि परीक्षणका रूपमा सञ्चालनमा आएको उक्त प्रणाली आगामी १ साउन देखि पूर्ण रूपमा सञ्चालनमा ल्याइने विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए । ‘भेकिल एण्ड कन्साइन्मेन्ट ट्रयाकिङ’ आलाइन प्रणालीले आयात निर्यातको बारेमा प्रशस्त सूचना राख्ने भएकाले राजश्व छली एवंम चुहावट रोक्न विभागलाई फाइदा पुग्ने मैनालीले बताए । ‘यसका माध्यमले प्रशस्त सूचना लिन सक्छौं,’ मैनालीले भने, ‘जसले गर्दा अवैध रूपमा हुने आयात कन्ट्रोल गर्न सकिन्छ र यो प्रणालीले ढुवानी लागत समेत घटाउँछ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले आगामी आर्थिक वर्षको बजेटमा समेत चोरी निकासी, पैठारी तथा आन्तरिक उत्पादनको परिवहनलाई ट्र्याकिङ प्रणालीमा आबद्ध गरिने उल्लेख गरेको छ ।


Advertisment
Nabil box
Kumari

के हो भेकिल एण्ड कन्साइन्मेन्ट ट्र्याकिङ सिस्टम ?

Vianet communication

यो वेबमा आधारित अनलाइन प्रणाली हो । राजश्व अनुसन्धान विभागको वेबसाइटसँगै सम्बन्धित वेसाइटमा दुई किसिमका युजरनेम र पासवर्ड बनाएर सञ्चालन गरिन्छ । युजरनेम र पासवर्ड बनाएर मालबाहक गाडी ओसारपसार गर्नुभन्दा पहिले सम्पूर्ण विवरण यो प्रणालीमा समावेश गर्नुपर्छ ।

सामान आयात गर्ने फर्मको नाम, स्थायी लेखा नम्बर, सामानको किसिम एवं परिमाण, गाडी चालकको नाम, चालक अनुमतिपत्रको विवरण,गाडी नम्बर र गाडी छुट्ने ठाउँबाटै छुट्नुअघि यो प्रणालीमा समावेश गर्नुपर्छ ।

आयातित सामान गन्तव्यमा पुगेपछि सामान बुझ्ने व्यवसायीले पनि आफ्नो स्थायी लेखा नम्बर र बुझिलिएको सामानको विवरण पनि यसमा समावेश गराउनुपर्छ ।  

यो प्रणाली राजश्व अनुसन्धान विभागको केन्द्रिय अनलाइन प्रणालीसँग जोडिएकाले आयातकर्ता र सामान बुझिलिनेले गरेको इन्ट्री विभागलाई सोझै थाहा हुने विभागका अधिकारीहरू बताउँछन् । जसबाट विभागले गाडी गन्तव्यमा पुगे/नपुगेको, सम्बन्धित सामान पाए/नपाएको विवरण राख्न विभागलाई सजिलो हुन्छ ।

के फाइदा हुन्छ ?

एक पटक यो प्रणालीमा इन्ट्री गरिसकेको सामान ओसरापसार निर्बाध रूपमा गर्न पाउने, राजश्व अनुसन्धानका चेक पोष्टहरू नहरने लगायत फाइदा रहेको विभागले जानकारी दिएको छ । चेक पोष्ट नै नरहने भएपछि त्यहाँ कर्मचारी पनि राख्नु नपर्ने र राज्यलाई आर्थिक रूपले भार समेत नहुने विभागका अधिकारीहरु बताउँछन् । त्यस्तै यसअघि ठाउँ-ठाउँमा बिलबीजकको कपी बुझाउनुपर्ने अवस्था रहेकोमा अब त्यस्तो झन्झट समेत नहुने विभागका महानिर्देशक मैनालीले बताए ।

‘ठाउँ-ठाउँमा बिलबीजकको फोटोकपी देखाउनु पर्दैन,’ महानिर्देशक मैनालीले भने, ‘कागज बोकिरहनु पर्ने अवस्था रहँदैन ।’

त्यस्तै यस अनलाइन प्रणालीमा गाडी नम्बर र ड्राइभरको विवरण एक पटक इन्ट्री गरिसकेपछि पटक पटक इन्ट्री गर्ने झन्झटको अन्त्य हुने विश्वास विभागले दिएको छ ।

यस्तै आयात गर्ने उद्गम स्थल र गन्तव्यको बीचबाट सोही ढुवानी साधनमा सामान हाल्न तथा निकाल्न नपाइने भएकाले राजश्व छली नियन्त्रणमा ठूलो मदत पुग्ने विश्वास विभागले लिएको छ ।

यसमार्फत व्यापारलाई सहजीकरण गर्दै अवैधमा निगरानी बढाउन सजिलो हुने र प्रयोगकर्ताले आफ्नो अभिलेख हेर्न तथा सूचना प्रयोग गर्न सक्नेछन् । सामान बोकेको गाडीको अवस्था र पुगेको स्थान समेत यसबाट थाहा पाउन सजिलै थाहा पाउन सकिने भएकाले यो प्रणाली कार्यान्वयनमा आवश्यक देखिएको विभागको भनाइ छ ।

त्यस्तै आर्थिक कारोबारलाई पारदर्शी र भरपर्दो बनाउन जुनसुकै स्थानमा गएर चेकजाँच गर्न सकिने र छलीको उजुरी सत्य भए/नभएको परीक्षण गर्न सजिलो हुने समेत विभागले विश्वास लिएको छ ।

अनलाइनमा नगइ ढुवानी गरे कारवाही

राजश्व अनुसन्धान विभागले आयातकर्ता एवं ढुवानी व्यवसायीले अनलाइन प्रणालीमा गाडी, चालकको विवरण, आयातित वस्तुको विवरण र स्थायी लेखा नम्बर समावेश नगरिकनै ढुवानी गरेमा कारवाही गरिने व्यवस्था गरेको छ ।

अनलाइन प्रणालीमा समावेश नगरिकनै ढुवानी गरेको पाइएमा ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना गरिने विभागले जानकारी दिएको छ । राजश्व चुहावट नियन्त्रण ऐन अनुसार नै जरिवाना तोकिएको विभागले जानकारी दिएको छ ।

‘त्यस्तो पाइएमा पहिलो पटक ५० हजार रुपैयाँ महानिर्देशकले नै जरिवाना गर्न सक्ने व्यवस्था छ,’ मैनालीले भने, ‘त्यसपछि दोहोरिएको पाइएमा १ लाखका दरले जरिवाना लिन सक्ने व्यवस्था छ । सोही अनुसार कारवाही गरिन्छ ।'

अनलाइन प्रणाली कार्यान्वयनमा ल्याउनुअघि उद्योग वाणिज्य महासंघ, च्याम्बर अफ कमर्स, आयतकर्ता संघ लगायतका संस्थाहरूसँग छलफल भएको र उनीहरू समेत सकारात्मक देखिएकाले उक्त प्रणाली कार्यान्वयन आउनेमा विभाग ढुक्क रहेको महानिर्देशक मैनालीले बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x