मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
कास्की–प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संघीय प्रहरी इकाई कार्यालय पोखराको नवनिर्मित कार्यालय भवनको मंगलबार उद्घाटन गरेका छन ।
प्रहरी महानिरीक्षक खनालले कार्यालय परिसरमा निर्माण हुन लागेको ब्यारेक भवनको समेत उद्घाटन गरेका थिए ।
मंगलवार संघीय प्रहरी इकाई कार्यालय पोखराको नवनिर्मित भवनको उद्घाटन एवं व्यारेक तथा भान्छा घरको शिलान्यास गरिएको छ ।
प्रहरी महानिरीक्षक खनालले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रशंसापत्र वितरण गर्दै सुन्दर भवन समयमै निर्माण सम्पन्न भएको उल्लेख गर्दै भवन निर्माणमा लागत घट्नु राम्रो पक्ष रहेको भएता पनि त्यसको गुणस्तरमा समेत ध्यान दिनुपर्ने बताए ।
नयाँ भवन निर्माणसँगै नागरीक समक्ष थप उत्कृष्ट सेवा प्रवाह गर्न उपस्थित प्रहरी अधिकृतहरुलाई निर्देशन समेत दिए ।
नागरिक र प्रहरीबीचको समन्वयात्मक भूमिकालाई थप रचनात्मक एवं प्रभावकारी बनाउन सामुदायिक प्रहरी सेवा केन्द्रको विकल्पको रुपमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम विकसित गरिएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले उक्त अवधारणामा समेटिएका सचेतनामुलक कार्यक्रमहरु सफल पार्न सबै पक्षको सहयोग र सहभागिता आवश्यक पर्ने बताए ।
प्रत्येक प्रहरीले भावनामा शुद्धता राखी छिटो, छरितो र उत्कृष्ट कार्य सम्पादनतर्फ लक्षित हुनुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले प्रहरी कर्मचारीहरुलाई कसैको दबाबमा नपरी काम गर्न समेत निर्देशन दिए ।
पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी, आन्तरिक मामिला तथा कानुन सचिव मनोहर प्रसाद खनाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
राष्ट्रिय पुनः निर्माण प्रधिकरण कोषको सहयोगमा निर्माण सम्पन्न भएको साढे दुई तल्ले कार्यालय भवनको कूल लागत २ करोड ७८ लाख ७० हजार २ सय ९५ रुपैयाँ ७३ पैसा रहेको छ ।
कार्यक्रममा पोखरास्थित विभिन्न संघसंस्था, नागरिक समाज, पूर्व प्रहरी, नेपाल प्रहरी श्रीमती संघ, विभिन्न सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष तथा प्रतिनिधिहरु, उद्योगी, व्यवसायीहरु, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...