युवाको लाखे नाच मोह [फोटोफिचर]

भदौ ७, २०७६

सुर्खेत- कर्णाली प्रदेशका मौलिक भाषा संस्कृति र प्रचलन विस्तारै हराउँदै वा लोप हुँदै गइरहेका छन् । देउडा संस्कृति पनि लोप हुने अवस्थामा पुगिसकेको छ । 

गाउँ-गाउँमा हलिउडदेखि बलिउड गीतहरूले स्थान पाइरहेको सन्दर्भमा सुर्खेत र दैलेखका तन्नेरी युवा परम्परागत रूपमा मनाइँदै आएको लाखे नाच जोगाउन लागिपरेका छन् ।हरेक वर्षको कृष्णा जन्माष्टमीको भोलिपल्ट अर्थात् शनिवार लाखे जात्राको अन्तिम दिन हो ।


ADVERTISEMENT

महिनाको पहिलो शनिवार भएका कारण अधिकांश बजारका पसलहरू बन्द भएका छन् । पानीको परवाह नगरी युवा लाखे नाचमा झुमेका छन् । 

तस्वीरमा हेर्नुहोस् लाखे नाच : 

भदौ ७, २०७६ मा प्रकाशित

शेरबहादुर थापा

थापा लोकान्तरकालागि कर्णाली प्रदेशका प्रतिनिधि हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस