×

NMB BANK
NIC ASIA

डेंगुलाई जित्न आत्मबल उच्च बनाउनुपर्ने सुझाव

भदौ २८, २०७६

NTC
Premier Steels

चितवन – डेंगु संक्रमित बिरामीले आत्मबल उच्च बनाएमा रोग जित्न सकिने सुझाव दिइएको छ । 

Muktinath Bank

चितवनको पुष्पाञ्जलि अस्पतालले शनिवार आयोजना गरेको ‘डेंगु नियन्त्रणमा डेंगु संक्रमित बिरामीको भूमिका’ विषयक सचेतना कार्यक्रमका सहभागीले आफूले आफूलाई कमजोर बनाउन नहुने बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पत्रकार राजु चौधरीले आफू ४ दिनसम्म अस्पतालमा भर्ना भएर उपचार गरेको भन्दै डेंगुलाई हाउगुजी बनाउन नहुने बताए । निको भएका बिरामीको तर्फबाट तयार गरिएको पर्चा वाचन गर्दै उनले डेंगु ज्वरोको नियन्त्रण चिकित्सक, स्वास्थ्यकर्मी, स्वास्थ्यका निकाय, स्थानीय सरकार, नागरिक समाज र सबै सरोकारवालाको संयुक्त प्रयासबाट मात्रै गर्न सकिने बताए ।


Advertisment
Nabil box
Kumari

५ दिनको अस्पतालको बसाईपछि घर फर्केकी अजिता अधिकारीले चिकित्सकको उपयुक्त परामर्शले आधा रोग हट्ने भन्दै आफूले आफूलाई बलियो बनाएमा रोग आफैं निको भएर जाने बताइन् । रोगको छुट्टै औषधि नहुने भएकाले आफूले आफूलाई बलियो बनाउनुपर्ने भन्दै अधिकारीले भनिन्, ‘यो ज्वरोले उठ्नै सक्दिनँ कि के हो भनेर चिन्ता नलिनुस्, मलाई केही हुँदैन भन्नुस् आफैं ठीक हुन्छ ।’

Vianet communication

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले निजी क्षेत्रबाट गरिएको प्रयास उदाहरणीय रहेकाले घरघरबाट रोग नियन्त्रणका लागि अभियान थाल्न आह्वान गरिन् । कुनै एक निकायको प्रयासले रोग नियन्त्रण सम्भव नभएकाले उनले सबैले हातेमालो गरेर रोग नियन्त्रण गर्नुपर्ने बताइन् ।

पुष्पाञ्जलि अस्पतालका प्रबन्ध निर्देशक वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले डेंगु के हो, यसबाट कसरी बच्न सकिन्छ र आम नागरिकले के गर्नुपर्छ भन्ने विषयमा जानकारी गराएका थिए । अस्पतालमा मात्र साउन १६ गतेयता ४०५ ज्वरोका बिरामी उपचार गरिएकामा तीमध्ये २२३ जनामा डेंगु देखिएको र १०५ जनालाई अस्पतालमा नै भर्ना गरेर उपचार गरेको अधिकारीले बताए ।

यसबाहेक बाहिर अस्पतालमा डेंगु प्रमाणित भएपछि अस्पतालमा भर्ना भएर ५५ जनाले सेवा लिएका उनले जानकारी दिए । अस्पताल सञ्चालक समितिका अध्यक्ष चेतनाथ वाग्लेको सभापतित्वमा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारी, निजी अस्पताल समन्वय समिति चितवनका सचिव विक्रम अधिकारी, गोपाल पौडेल लगायतले बोलेका थिए ।

हालसम्म जिल्लामा १ हजार ७ सय जनालाई डेंगु संक्रमण भएको छ । यो रोगको संक्रमण बढ्दै गएपछि निको भएका बिरामीलाई भेला गरेर सचेतना कार्यक्रम आयोजना गरिएको हो । अस्पतालका व्यवस्थापक सुजन अधिकारीका अनुसार निको भएका बिरामीले डा. अधिकारीको परामर्शमा तयार गरेको डेंगु रोग र यसबाट बच्ने उपायका विषयमा तयार गरिएको पर्चा अस्पतालले छपाइ गरी उनीहरूमार्फत गाउँगाउँमा पुर्‍याउने काम गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x