×

NMB BANK
NIC ASIA

हिजो दिनभरः यस्ता छन् प्रमुख १२ समाचार

असोज ६, २०७६

NTC
Premier Steels

सेनामा कारवाही
 
२०७१ साल वैशाख १ गतेदेखि २०७६ साल जेष्ठ २० गतेसम्म अर्थात् पछिल्लो ४ वर्षको अवधिमा नेपाली सेनाका ४ सय १२ जना कारवाहीमा परेका छन् ।

Muktinath Bank

एकजना अधिकृत र  ५५ जना अन्य दर्जाका सैनिक कर्मचारी गरी ५६ जनाको घटुवा भएको जङ्गी अड्डाले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै ६ जना सैनिक अधिकृत र ३ सय ४० जना अन्य दर्जाका सैनिक गरी ३ सय ४६ सैनिक कर्मचारीलाई भविष्यमा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको छ ।


Advertisment
Nabil box
Kumari

१० जनालाई भने भविष्यमा अयोग्य ठहरिने गरी बर्खास्त गरेको सेनाका साहयक रथी विज्ञानदेव पाण्डेले बताए ।

Vianet communication

वर्तमान प्रधान सेनापति पूर्णचन्द्र थापाले कार्यभार सम्हालेपछि मात्र २ सय ४ जनामाथि कारवाही भएको छ ।

गत वर्षको भदौ २४ गते पदबाहली गरेपछि गत जेठ २० गतेसम्मको तथ्यांक केलाउँदा २ सय ४ जनामाथि कारवाही भएको देखिन्छ । एकजना सैनिक अधिकृत र २८ जना अन्य दर्जाका सैनिक कर्मचारीलाई विभागीय कारवाही गरिएको छ ।

४ जना सैनिक अधिकृत र १ सय ६५ जना सैनिक कर्मचारी भविष्यमा अयोग्य नठहरिने गरी बर्खास्तगीमा परेका छन्, भने ६ जना सैनिक कर्मचारी भविष्यमा अयोग्य ठहरिने गरी बर्खास्त भएको सैनिक जङ्गी अड्डाले जनाएको छ ।

टिकट बुकिङ खुला
दशैंका लागि बसको अग्रिम टिकट बुकिङ खुला गरिएको छ । 
आईतबारबाट काठमाडौंको नयाँ बसपार्क, पुरानो बसपार्क, गौशाला, चाबहिल, कोटेश्वरलगायतका स्थानबाट दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो । 
बसको टिकट बुकिङ खुला भएसँगै टिकटका लागि लाईन बस्ने यात्रुहरुको भीड देखिएको छ । टिकट पाईदैन कि भन्ने आशंका पालेका यात्रुहरुको काठमाडौंको नयाँ बसपार्कमा भीड लागेको हो । 

सरकारले टिकटका लागि कुनै समस्या नभएको आश्वस्त पार्न नसकेपछि यात्रुहरु आत्तिएको अवस्थामा बस टिकटको अग्रिम बुकिङका लागि नया बसपार्क पुगेका पाइएको अधिकारीकर्मीहरुले बताएका छन् ।

प्रहरीलाई सहुलियतमा ऋण सुविधा 

    प्रहरी कर्मचारीलाई सहुलियतपूर्ण ऋण सुविधाका लागि प्रहरी कल्याण कोषमा रु १५ करोड विनियोजन गरिएको छ । 

    प्रहरीको कल्याण कोष सञ्चालक समितिको निर्णयानुसार उक्त ऋण सुविधा आजदेखि नै लागू भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । वरिष्ठ प्रहरी अधिकृत र कनिष्ठ प्रहरी अधिकृतका लागि हलुका सवारी र सकल दर्जाका प्रहरी कर्मचारीका लागि मोटरसाइकल स्कुटर, ल्यापटप, टेलिभिजन, फ्रिज, वासिङ मेसिन, माइक्रोओभन किस्ताबन्दीमा समेत खरीद गर्नका लागि सहुलियत ऋण उपलब्ध हुने प्रहरी वरिष्ठ उपरीक्षक टेकबहादुर तामाङले जानकारी दिए । 

    प्रहरीले यसरी किस्ताबन्दीमा ऋण लिँदा कल्याणकोष कार्यविधि २०७१ को अनुसूची १० अनुसारको निवेदन दिनुपर्नेछ । हलुका सवारी साधनका लागि छ प्रतिशत व्याजदरमा रु १५ लाखसम्म १० वर्षका लागि ऋण लिन सकिनेछ । 

    मोटरसाइकलका लागि भने सोही व्याजदरमा चार वर्षका लागि रु दुई लाख, ल्यापटप र टिभीलगायतमा रु ५० हजार र फ्रिज माइक्रोओभनमा रु २५ हजार ऋण लिन सकिने प्रहरीले जनाएको छ । कार÷जीप लिने प्रहरी अधिकृतको हकमा सात वर्ष नोकरी गरेको र कनिष्ठ प्रहरी अधिकृतका हकमा सात वर्ष, प्रहरी निरीक्षकदेखि प्रहरी उपरीक्षकसम्म पाँच वर्ष र सोभन्दा माथिका लागि तीन वर्ष नोकरी अवधि बाँकी भएको हुनुपर्नेछ । अन्यको हकमा भने पाँच वर्ष नोकरी अवधि भएको हुनुपर्ने जनाइएको छ ।
 

काङ्ग्रेस बैठक असोज १० गते

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असोज १० गते बस्ने भएको छ । बैठकमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग भएको पार्टी एकीकरण सम्बन्धमा, भ्रातृ एवं शुभेच्छुकको विधानलगायत विषयमा छलफल हुने बताइएको छ ।  

    यसबाहेक बैठकमा ‘हिमाल, पहाड, तराई नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ को दोस्रो चरणको समीक्षा र समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।  पार्टीले यसअघि उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा नेपाल लोकतान्त्रिक फोरमका साङ्गठनिक संरचना संयोजन समिति गठन गरेको थियो । 

    त्यस्तै काङ्ग्रेसले गत भदौ २४ गतेदेखि प्रारम्भ गरेको जागरण अभियान यही असोज ७ गते समापन हुँदैछ । यही बीचमा पार्टीले नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को तदर्थ केन्द्रीय कार्यसमिति गठन गर्ने र नेपाल तरुण दलमा देखिएको विवाद समाधान गर्ने जनाएको छ । 

    दुई दिन बिराएर पानी वितरण हुने

    काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा ५÷६ दिन बिराएर खानेपानी वितरण गर्दै आएकामा दुई दिन बिराएर वितरण थाल्ने भएको छ ।

    वाग्मतीमा पानीको प्रवाह बढेकाले अहिले काठमाडौँका विभिन्न ठाउँहरूमा पानीको आपूर्ति सहज बनाउन लागिएको लिमिटेडले जनाएको छ । महाराजगञ्ज र बानेश्वरको मीनभवनस्थित पानी ट्याङ्कीमा जम्मा भएको पानी दुई दिन बिराएर वितरण गर्न लागिएको हो ।

    खानेपानी तथा सरसफाइ मन्त्रीमन्त्री बीना मगरको निर्देशनमा केयुकेएलले काठमाडौँका मुख्य ठाउँहरूमा पानीको वितरणलाई तीव्रता दिएको छ । वाग्मतीमा पानीको प्रवाह बढेकाले उक्त पानीलाई सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पठाएर प्रशोधन गरी वितरण गरिएको लिमिटेडका कम्पनी सचिव मिलन शाक्यले बताए । 

कर नतिर्नेलाई कडा कारवाही 

प्रदेश ३ आन्तरिक राजश्व कार्यालय हेटौँडाद्वारा मकवानपुरको बेग्लाबेग्लै दुई स्थानमा व्यवसायी र उद्योगीहरूसँग करदाता शिक्षा सम्बन्धमा दुईदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मकवानपुर उद्योग वाणिज्य सङ्घको समन्वयमा आयोजित कार्यक्रम मकवानपुरको वाग्मती गाउँपालिकाको राईगाउँ र फापरबारीमा सम्पन्न भएको हो । 

    सो अवसरमा उद्योगी व्यवसायीहरूले कर तिर्ने सम्बन्धमा विभिन्न जिज्ञासा राखेका थिए । उक्त अवसरमा करदातासम्बन्धी प्रशिक्षण दिँदै आन्तरिक राजश्व कार्यालयका प्रमुख सन्तबहादुर ढकालले उद्योग व्यवसाय चलाउने तर करको दायरामा नआउने तथा कर नतिर्नेहरूको व्यापक अनुगमन भइरहेको बताए । उनले कर नतिरेर कालो सूचीमा परेका उद्योगी व्यवसायीहरू समयमा कर तिर्नुपर्ने नभए व्यक्तिगत सम्पत्ति खोजी असुलउपर गरिने बताए ।  

टे«जरी बिल बिक्री 
 नेपाल राष्ट्र बैंकले सोमबार रु १० अर्ब ३३ करोड बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले आइतबार एक सूचनामार्फत बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागेको जनाएको हो ।
 
    बैंकका अनुसार ९१ दिने अवधिका लागि रु चार अर्ब तीन करोड बराबरको टे«जरी बिल बिक्री गरिनेछ । उक्त बिल आगामी पुस ८ गते परिपक्व हुनेछ । यस्तै १८२ दिनका लागि रु चार अर्ब ३० करोड बराबरको टे«जरी बिल बिक्री गरिनेछ । सो बिल आगामी चैत ११ गते परिपक्व हुनेछ । ३६४ दिने अवधिका लागि रु दुई अर्ब बराबरको टे«जरी बिल बिक्री हुनेछ । त्यसको परिपक्व हुने अवधि आगामी असोज ६ गते रहेको छ । बैंकले यसअघि गत भदौ ३० गते टे«जरी बिल बिक्री गरेको थियो ।

गृहमन्त्रीको निर्देशन 

गृहमन्त्री रामबहादुर थापाले दशैँ, तिहार, छठजस्ता चाडपर्वमा सुरक्षाको पर्याप्त व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।  आइतबार गृह मन्त्रालयमा चाडपर्व लक्षित सुरक्षा योजनाबारे बोलाइएको बैठकमा उनले जनताले महसुस गर्नेगरी शान्तिपूर्ण र भयरहित वातावरणमा चाडपर्व मनाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएका हुन् । 

    उनले चाडपर्वमा खासगरी चोरी, लुटपाट, कालोबजारीजस्ता घटना अत्यधिक हुने भएकाले सोही अनुरूपको सुरक्षा रणनीति बनाउन सुझाव दिए ।  गृहमन्त्री थापाले सडक सुरक्षा तथा तोकिएको भाडा कार्यान्वयनबारे कडाइपूर्वक अनुगमन गर्नसमेत निर्देशन दिएका छन् । 

रसुवाको पासाङल्हामु राजमार्ग खुला

गत भदौ २५ गतेदेखि अवरुद्ध रसुवा राम्चे नजीकको पासाङल्हामु राजमार्ग आइतबार साँझदेखि खुला भएको छ । रसुवाका प्रजिअ अर्जुन भण्डारीका अनुसार पहिरो गएको स्थानमा ग्याबिन पर्खाल लगाई ११ दिनको प्रयासबाट आइतबार साँझ ६ बजेदेखि सवारी यातायात पुनः सञ्चालन गरिएको हो ।  

    
नर्सको नामदर्ता परीक्षा कात्तिक ३० गते 

    नेपाल नर्सिङ काउन्सिलले काउन्सिलमा नाम दर्ता प्रमाणपत्र परीक्षा आगामी कात्तिक ३० गते गर्ने निर्णय गरेको छ । परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले यही असोज ९ देखि कात्तिक ९ गतेसम्म अनलाइन आवेदन दिइसक्नुपर्ने काउन्सिलले आइतबार जनाएको छ । 

    परीक्षामा स्नातक तथा प्रवीणता प्रमाणपत्र तहको नर्सिङ परीक्षा उत्तीर्ण गरेका विद्यार्थीले नामदर्ता परीक्षामा आवेदन दिन सक्नेछन् । दर्ता परीक्षामा उत्तीर्ण भएपछि मात्र स्वास्थ्य सेवाका लागि योग्य मानिन्छ । 

    तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक 

मुलुकको विकासका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य जरुरी रहेको औँल्याइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ४६औँ बैठकमा बोल्दै सङ्घीय मन्त्री र विभिन्न प्रदेशका प्रमुखहरूले यस्तो बताएका हुन्  ।

    प्रदेशका मुख्यमन्त्रीहरूले अझै पनि कतिपय कानून, नीति र नियमहरू बन्न नसकेको, प्रदेशका अधिकारहरू पूर्णरूपमा आइनसकेको र कतिपय काममा स्थानीय तहलाई अधिकार भएको तर प्रदेशले दायित्व बेहोर्नुपर्ने अवस्था आए पनि कानूनी रूपमा कुनै अधिकार प्राप्त नभएको भन्दै सङ्घीय सरकारको ध्यानाकर्षण गराएका छन् । 

युवकमाथि गोली प्रहार 

    अज्ञात समूहको गोली प्रहारबाट सप्तरीमा आइतबार राति ८ बजे एक जना युवक घाइते छन् । राजविराजबाट आफ्नो घर डाक्नेश्वर नगरपालिका–७ जाने क्रममा २५ वर्षीय भगवती मण्डलमाथि गोली प्रहार भएको सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।  
 
    प्रहरी उपरीक्षक प्रसाईंका अनुसार उनको बायाँ पाखुरामा गोली लागेको र उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । यता घटनाबारे अनुसन्धान भइरहेको र गोली प्रहार गर्ने समूहको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x