×

NMB BANK
NIC ASIA

मन्त्री बन्न नेताहरूको दौडधुप

कात्तिक २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयसहित मन्त्रिपरिषद्का सदस्यहरू फेर्न चाहेपछि सत्तारूढ नेकपाका नेताहरू आन्तरिक लबिइङमा उत्रिएका छन् ।

Muktinath Bank

यो महिना सकिएलगत्तै मन्त्रिपरिषद् पुनर्गठन गर्ने योजनाअनुसार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग दिनहुँजसो छलफल गरिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पूर्वएमाले र पूर्वमाओवादी दुवै पक्षका मन्त्रीहरू फेरबदल गर्ने र त्यसमा नयाँ व्यक्ति कसलाई लैजाने भन्ने विषयमा दुई अध्यक्षबीच लेखाजोखा भइरहेको स्रोतले जनाएको छ । ‘नयाँ ढंगले अघि बढ्न टिममा केही हेरफेर गर्ने मनसाय प्रधानमन्त्रीबाट आएपछि गृहकार्य भइरहेको छ,’ प्रधानमन्त्री निकट नेकपाका एक नेताले भने, ‘केही दिनभित्रै मन्त्रिपरिषद् हेरफेर हुनसक्छ ।’


Advertisment
Nabil box
Kumari

यसअघि पनि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको चर्चा चल्ने गर्थ्यो । अहिले भने गम्भीरतापूर्वक नै पुनर्गठनको तयारी भइरहेको ती नेताले बताए ।

Vianet communication
Laxmi Bank

सत्ता साझेदार समाजवादी पार्टीको पनि सरकारमा बस्ने/नबस्ने टुंगो गर्न संघीय परिषद् र केन्द्रीय समिति बैठक हुँदै छ । बंगलादेशका राष्ट्रपति नेपाल भ्रमणमा रहेकाले समेत ३० गतेअघि मन्त्रिपरिषद् फेरबदल नहुने नेकपाका नेताहरूले बताएका छन् ।

प्रधानमन्त्री ओलीको सचिवालयका सदस्यहरूलाई मंसिर १ देखि लागू हुने गरी राजीनामा दिन गत शुक्रबार नै भनिसकिएको छ । सचिवालय र मन्त्रीहरूमध्ये राम्रा काम गरेकालाई प्रधानमन्त्री ओलीले दोहोर्‍याउने र बाँकीमा नयाँ व्यक्तिलाई ल्याउने तयारी छ ।

मन्त्रिपरिषद् र सचिवालयको टिम पुनर्गठनमा हालका केही व्यक्ति भने दोहोरिने प्रधामनन्त्रीनिकट स्रोतले बताएको छ । सचिवालयमा रहेका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल नयाँ टिममा कायमै रहने संकेत ओलीका विश्वासपात्र समेत रहेको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले दिएका छन् ।

उनले मंगलबार सामाजिक सञ्जालबाटै रिमाल परिवर्तनको कुरा हल्ला मात्र हुने भन्दै लेखेका छन्, ‘प्रमको ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानको भरोसायोग्य सारथी हो कमरेड विष्णु रिमाल । प्रमुख सल्लाहकार परिवर्तन हल्ला सावित हुनेछ ।’ कान्तिपुर दैनिकमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x