×

NMB BANK
NIC ASIA

मल्टिपल एक्सेस स्मार्ट उपकरणमा ७ बिलियन डलर लगानी गर्ने ओपोको योजना

मंसिर २५, २०७६

NTC
Premier Steels

क्रिएट वियोन्ड बाउन्डरिज् थिम सहित ओपोले आज शन्(चन्मा ईन्टेलिजेन्ट कनेक्टिभिटीको यूगका लागि आफ्नो अन्तरदृष्टि र पहलहरु प्रदर्शित गर्दै ओपो ईन्नो डे २०१९ आयोजना गरेको छ ।

Muktinath Bank

कार्यक्रम मार्फत ओपोले स्मार्ट वाचेज्, स्मार्ट हेडफोन्स, फाइभजी सीपीई, एआर ग्लासेज् लगायत आफ्ना स्मार्ट उपकरणहरुका साथै फ्ल्याश चार्जिङ, फाइभजी, ईमेजिङ र सफ्टवेयर अप्टिमाइजेसन लगायत क्षेत्रमा आफ्ना प्रमुख उपलब्धिहरु माथि पनि प्रकास पारेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भविष्यको प्रविधिका बारेमा थप जानकारी प्रस्तुत गर्नका लागि यो कार्यक्रमले उद्योगका विशेषज्ञ, कि अपिनियन लिडर्स, पार्टनर्स लगायतका लागि एक सटिक मञ्चका रुपमा काम गरेको छ । ‘फाइभजी अंगीकरण र एआईको ब्यापकताका साथमा कनेक्टिभिटी सर्वसुलभ हुने तगारोमा पुगेको छ । कनेक्सनको अवधारणा जग मात्र हो जबकी एकिकरण र बस्तुहरुका अभिसरण भने भविस्य हुने हाम्रो विश्वास छ । ईन्टेलिजेन्ट कनेक्टिभिटीको अवधारणलाई ४ प्रमुख भागमा विभाजन गर्न सकिन्छ । ती चार अभिन्न अंगमा प्रविधि र सेवाको अभिसरण, संस्थाको अभिसरण, संस्कृतीको अभिसरण र प्रविधि, कला र मानवजातीको अभिसरण पर्छन् ।’ 


Advertisment
Nabil box
Kumari

कि(नोट स्पिस प्रस्तुत गदैै ओपोका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टोनी छन्ले भने, ‘सुरुवातदेखि नै ओपोको परिचय फोन निर्मातामा मात्र सिमित थिएन । वास्तवमा स्मार्टफोन्सले ओपोलाई आफ्नो बृहत प्राविधिक सेवाको पोर्टफोलियो थप सुलभ बनाउन सघाएको हो । ओपोका साथै समग्र उद्योग मै नितान्त स्मार्टफोन्समा मात्र केन्द्रित सायदै कुनै कम्पनी होला ।’

Vianet communication

ईन्टेलिजेन्ट कनेक्टिभिटीको यूगका लागि तीन प्रमुख रणनीति

आउँदो तीन बर्षमा फाइभजी/सिक्सजी, एआई, एआर, बिग डाटा र अन्य अग्रगामी प्रविधिहरुका साथै हार्डवेयर, सफ्टवेयर र प्रणालीका लागि मूल प्रविधि विकासका लागि छन्ले आरएमबी ५० बिलियन (करिव ७ बिलियन डलर) आरएण्डडी बजेटको घोषणा गरेको छ । 

फाइभजीले प्रदान गर्ने अवसरहरु हात पार्न ओपोले तीन प्रमुख रणनीति कार्यान्वयन गर्ने योजना बनाएको छ । यसको सुरुवातका लागि कम्पनी विश्वकै अग्रगामी प्रविधि विकासका लागि मूल प्रविधि आरएण्डडी माथि प्रतिबद्ध रहने छ । दोस्रो, ओपोले स्मार्टफोन प्रमुख गेटवेका रुपमा रहने गरी ईन्टेलिजेन्ट उपकरणका लािग मल्टि पोर्टल ईको सिस्टमको निर्माण गर्ने छ । त्यसैगरी तेस्रो रणनीतिका रुपमा ओपोले प्रयोगकर्ता सेवा र सम्बन्धित सामग्री तथा सेवा प्रस्तावहरु माथि पुनर विचारलाई पनि निरन्तर्ता दिइरहने छ ।

शक्तिशाली र निजीकृत फाइभजी अनुभव प्रदान गर्ने सोचका साथ एकिकृत प्रविधि प्रणालीको निर्माण

‘नयाँ फाइभजी यूगमा, अग्रगामी प्रविधि र उपभोक्ताको मूल्य र मान्यताबाट बाट निर्देशित हुँदै ओपो प्राविधिक नवप्रबर्तन २.० (टेक ईन्नोभेसन २.०) तिर अग्रसर हुनेछ । प्रविधि र सेवाको अभिसरण अपरिहार्य हुँदै गएरहेको अवस्थामा ओपो अहिले उपकरण, डाटा, गणना, सेवा र परिदृष्य गरी पाँचै क्षेत्र समेटिने एकिकृत प्रविधिक मोडलको निर्माणमा जुटेको छ । फाइभजी र एआई प्रमुख पूर्वाधार तथा हाम्रो प्रमुख शक्तिका रुपमा रहेको यस मोडलले सबै प्रविधिहरु एकिकृत गर्दै हरेक परिस्थिती र अवस्थामा  समग्ररुपमा समान प्राविधिक अनुभव प्रदान गर्नेछ ।’

ओपोका उपाध्यक्ष तथा ओपो रिसर्च ईन्स्टिच्यूटका प्रमुख लेभिन ल्यूले आफ्नो कि(नोट प्रस्तुित मार्फत भने, ‘ओपोले ब्यक्तिगत सिनेरियो, भर्टिकल सिनेरियो र कन्भर्जेन्ट सिनेरियो समेतिएको ‘थ्री सर्कल सिनेरियो’ आत्मसात गर्दै आफ्ना भविस्यमा सार्वजनिक हुने उपकरणहरुका लागि योजना बनाउने छ ।’ भविस्यमा स्मार्ट वाचेज्, स्मार्ट वायरलेस हेडफोन्स र फाइभजी सीपीई लगायतपनि सन् २०२०को पहिलो क्वार्टरमै सार्ववजनिक गर्ने ओपोको योजना रहेको पनि उनले जानकारी दिए । 

पार्टनर्सको सहकार्य मार्फत ईन्टेलिजेन्ट कनेक्टिभिटीको अनुभव

कार्यक्रममार्फत ओपो र आईएचएस मार्किट, एक अग्रणी वैश्विक सुचना प्रदायकले संयुक्त रुपमा ‘ ईन्टेलिजेन्ट कनेक्टिभिटी ः अनलिसिङ अपर्चुनिटिज विथ द पावर अफ फाइभजी, एआई एण्ड क्लाउड’ शिर्षकको ह्वाइट पेपरपनि सार्वजनिक गरे । फाइभजीबाट शक्ति सञ्चारित ईन्टेलिजेन्ट कनेक्टिभिटीको यूगमा उद्योगका प्रचलन र सम्भावनाको नमुना प्रस्तुत गर्दै उक्त ह्वाइट पेपरले बौद्धिक र परिवर्तित ईकोसिस्टमका लािग  सल्लाह तथा सुझाव प्रस्तुत गरेको छ ।

कार्यक्रममा ओपोले ‘फ्यूचर ईन्टिग्रेसन ईन फाइभजी वल्र्ड’ शिर्षक सहितको एक फोरमको आयोजना पनि गरेको छ । फोरमको प्यानलमा ओपोका चिफ फाइभजी साईन्टिस्ट हेनरी ट्याङ, चिर(परिचित वित्तिय लेखक तथा हाङझउ बाजीयूलिङ कल्चरल क्रिएटिभ को. लिमिटेड र लान्सिझी फाइनान्सियल पब्लिसिङ सेन्टर वु जियाबाओ, आईएचएस मार्किटका कार्यकारी निर्देशक टम मोर्‍रोड, माइक्रोसफ्ट (चाइना) नेसनल टेक्नोलोजी अफिसर क्विङ वेई, पेइचिङ  यूनिभर्सिटीका प्रोफेसर ईन्डोड बोया र सेन्टर अन फ्रन्टियर्स अफ कम्प्यूटिङ स्टडिजका कार्यकारी निर्देशक छन् बाओक्वान र कन्टेक्स्ट ल्याबका संस्थापक शेङ वु लगायतले फाएभजीबाट सञ्चारित ईन्टेलिजेन्ट कनेक्टिभिटीका बारेमा आ(आफ्ना धारणा प्रस्तुत गरे ।

ईन्टेलिजेन्ट कनेक्टिभिटी र तिनको विकास चरण र चलनबाट प्राप्त अन्तरदृष्टि मार्फत आफ्नो प्राविधिक मार्गचित्र निर्माण गर्दै प्राविधिक नवप्रबर्तनमा केन्द्रित हुँदै थप विकासका लागि ओपो प्रतिबद्ध छ । यसको मूल उद्देश्य आफ्ना स्मार्ट उपकरण ब्यवसायको दिर्घकालिन विकासका लागि तेवा पुर्‍याउँदै प्रयोगकर्तालाई अझ सटिक, सहज र सुलभ प्राविधिक अनुभव प्रदान गर्नु हो । ओपो कम्पनीको ‘बनफन’मा आधारित मूलभूत, मूल्य(मान्यताको पूर्ण पालना गर्दै उद्योगभरका आफ्ना पार्टनर्सहरु संग सहकार्य गर्दै सर्वपक्षिय फाइदाका लागि ईन्टेलिजेन्ट कनेक्टिभिटीको भविस्य अन्वेषण गर्नुपनि हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x