×

NMB BANK
NIC ASIA

चीन–भारत दुवैतिरबाट घेरिँदा पनि नेपाल नआएकै हो कोरोना ? सक्षम छन् हाम्रा अस्पताल र ल्याब ?

फागुन २२, २०७६

NTC
Premier Steels

विश्वका ८४ देशमा फैलिएको नोबेल कोरोना (कोभिड १९) संक्रमणको महामारी हालसम्म नेपाल प्रवेश गरेको छैन ।

Muktinath Bank

सरकारले पर्याप्त रोकथाम भएकैले नेपालमा संक्रमण नभेटिएको दाबी गरिरहेको छ भने कतिपयले यसलाई ‘संयोग’ बताइरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोनाको उद्गमस्थल मानिएको चीनको वुहानबाट उद्दार गरी नेपाल ल्याएर खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका १७५ जनाको मेडिकल रिपोर्ट नेगेटिभ देखिएपछि सबै घर फर्किसकेका छन् ।


Advertisment
Nabil box
Kumari

यो टिप्पणी लेख्दासम्म नेपालको उत्तरी छिमेकी चीनमा कूल संक्रमित ८० हजार ४३० जनामध्ये ३ हजार १३ जनाको मृत्यु भएको छ भने ५२ हजार २०८ जना स्वस्थ भइसकेका छन् ।

Vianet communication

नेपालको दक्षिणी छिमेकी भारतमा २९ जनामा कोरोनाको संक्रमण देखिएको पाइएको छ । जसमध्ये ३ जना निको भइसकेका छन् । बाँकीको उपचार भइरहेको छ ।

संक्रमणको स्थिति हेर्दा चीन पहिलो नम्बरमा पर्छ भने भारत २६ औं नम्बरमा छ । नेपालमा भने १ जनामा संक्रमण देखिएको तर संक्रमित केही साता पहिल्यै निको भइसकेको बताइएको छ । नेपालसँग सीमा जोडिएका २ देशमा कोरोनाले डेरा जमाइसकेको अवस्थामा नेपाल कसरी सुरक्षित रहिरहन सफल भयो त ? अहिलेको जल्दोबल्दो प्रश्न हो यो । 

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले केही दिनअघि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, ‘हामी ३ रणनीतिमा काम गरिरहेका छौं । पहिलो कोरोना नेपाल भित्रिनै नदिने, दोस्रो भित्रिएमा सबै राज्य संयन्त्र र निजी अस्पतालको सहयोगमा त्यसलाई निर्मुल पार्ने र तेस्रो यदि महामारीको रूप लिएमा स्वास्थ्य संकटकाल घोषणा गर्ने र तदअनुरुप अघि बढ्ने ।’

के नेपालमा कोरोना भित्रिसकेको छैन त ? यो प्रश्नको जवाफमा सरकारी संयन्त्रका पदाधिकारीहरूको जवाफ छ – भित्रिएको छैन । अझ कतिपयले त मिडियाले यसलाई महामारीको रूपमा प्रस्तुत गर्ने गरेको आरोपसमेत लगाए । 

लोकान्तरसँग कुरा गर्दा स्वास्थ्य राज्यमन्त्री नवराज रावतले भने, ‘हामी पूर्णरुपमा पूर्व तयारीका साथमा कोरोनासँग लड्ने मनस्थितिमा छौं तर मिडियाका साथीहरूले यसलाई अतिरन्जित बनाएर समाचार नलेखे हुन्थ्यो ।’ 

हामीले मन्त्री, रोग नियन्त्रण महाशाखा, विज्ञ, अध्यागमन अधिकारी, नागरिक उड्डयन प्राधिकरण र एयरपोर्टमा खटिएका सुरक्षाकर्मीसँग कुरा गरेर आमनागरिकमा सरकारको तयारीलाई लिएर उठेका केही विषयवस्तुहरू निराकरण गर्ने प्रयास गरेका छौं –

नेपालमै हुन्छ कोरोना टेस्ट, केही घण्टामै पत्ता लाग्छ

लोकान्तरले ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. वासुदेव पाण्डेसँग कोरोना भाइरस टेस्ट गर्ने विधि र सरकारको क्षमताबारे कुरा गरेको छ । पाण्डे विश्व स्वास्थ्य संगठनका नेपालस्थित पदाधिकारीसँगको छलफलमा व्यस्त थिए ।

डा. पाण्डेले कोरोना हो कि होइन भनेर छुट्याउने ल्याब नेपालमा नै रहेको बताए । ‘त्यो ल्याब हामीसँग काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र छ,’ उनले भने, ‘ल्याबमा केही घण्टामै कोरोना हो कि होइन भन्ने पत्ता लाग्छ ।’ 

पाण्डेले नेपालमा सामान्य रुघाखोकी मात्र रहेको बताए । ‘नेपालमा अहिले कोरोना छैन, ढुक्क भए हुन्छ,’ उनले आश्वस्त पारे । 

सामान्य रुघाखोकी र कोरोनाबीच फरक कुन प्रक्रियाबाट छुट्याइन्छ भन्ने प्रश्नमा डा. पाण्डेले भने, ‘प्रोसेस सबै बताउन लामो हुन्छ । यो डीएनएबाट कोरोनाको जीन छुट्याउने प्रविधि हो । कति मिल्छ, कति मिल्दैन भन्ने कुरा अहम् हुन्छ ।’

यसका लागि स्याम्पलका रूपमा नाक र घाँटीबाट र्‍याल लिइने डाक्टर पाण्डेले बताए । ‘रुघाखोकी लागेकाहरूको पहिलो टेस्ट इन्फ्लुएन्जाको हुन्छ,’ उनले भने, ‘त्यसपछि रुघाखोकी छैन भने बल्ल कोरोना टेस्टतिर जाने हो ।’ 

डा. पाण्डेले उदाहरण दिँदै जस्तैः विराटनगरमा कोही शंकास्पद बिरामी देखियो भने उ काठमाडौं आउन नपर्ने बताए । ‘विराटनगरमा कोही शंकास्पद देखियो भने बिरामी काठमाडौं आउनु पर्दैन,’ उनले भने, ‘हाम्रो प्रादेशिक अस्पतालमा हामीले सबै कुरा सिकाएका छौं । उहाँहरूले स्याम्पल लिएर काठमाडौं पठाउनुहुन्छ । बिरामी त्यहीँ कन्ट्याक्टमा बस्छ ।’ 

शंकास्पद बिरामी जहाजबाट अध्यागमन विभागसम्म आउनै पाउँदैन – अध्यागमन विभाग 

अध्यागमन विभागका सूचना अधिकारी रामचन्द्र तिवारीले कोही शंकास्पद देखिए विमानबाट ओर्लनेबित्तिकै थप परीक्षण र क्वारेन्टाइनमा वा आइसोलेसनमा लगिने व्यवस्था गरिएको बताए ।

‘शंकास्पद बिरामी हामीकहाँ आउनै पाउँदैनन्, स्वास्थ्य मन्त्रालयले स्थापना गरेको हेल्थ डेस्कले गरेको परीक्षणमा कोही पास नभए उतैबाट थप परीक्षण र उपचारको प्रकिया शुरू हुन्छ,’ तिवारीले भने, ‘उनीहरूको अध्यागमन प्रक्रिया पनि पछि मात्रै पूरा हुन्छ ।’ 

उनले बढी प्रभावित भएका देशबाट नेपाल आउने पर्यटकसँग हेल्थ सर्टिफिकेट मागिने बताए । ‘अहिले बढी प्रभावित भएका देशबाट नेपाल आउनेहरूसँग हेल्थ सर्टिफिकेट माग्ने भनेका छौं,’ तिवारीले भने, ‘तत्कालका लागि ५ वटा देश विशेष निगरानीमा छन्, अरु देशका बारेमा पनि छलफल हुँदैछ ।’

तिवारीले नेपाल आउने विदेशीको संख्या केही घटेको बताए । ‘जनवरीमा ८० हजार विदेशी नेपाल आएका थिए भने फेब्रुअरीमा १ लाख १४ हजारभन्दा बढी विदेशी नेपाल आएका छन् । पछिल्लो समयमा आउने सबैलाई परीक्षणपश्चात् मात्र नेपाल भित्रिन दिइएको छ,’ उनले भने । 

उनले खाडीबाट छुट्टीमा आउने नेपाली कामदारहरू पनि उत्तिकै मात्रामा आइरहेको बताए । ‘शंकास्पद देखिए क्वारेन्टाइनमा लगिहाल्ने हो,’ उनले भने, ‘पहिलो चरणमा तापक्रम परीक्षण गरेर पास गरेपछि मात्र अध्यागमनको प्रक्रिया पूरा गर्ने हो । उसले पास गरेन भने उतैबाट क्वारेन्टाइनमा लैजान्छ ।’

चीनबाट बाहेक अन्तको फ्लाइट रोकिएको छैन – नागरिक उड्डयन प्राधिकरण 

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौडेलले यात्रुको संख्या घटेको भएपनि चीनबाट बाहेक अन्तबाट कुनै उडान नरोकिएको बताए । 

लोकान्तरसँग कुरा गर्दै पौडेलले भने, ‘चीनबाट ६५ वटा फ्लाइट हुन्थ्यो, त्यो अहिले ८ वटामा झरेको छ । अन्तका फ्लाइटहरू त्यति धेरै प्रभावित भएका छैनन् ।’

पौडेलले बाहिर हल्ला भएजस्तो सबै रोक्नुपर्ने आवश्यकता नभएको बताए । ‘हाम्रोमा हेल्थ डेस्क छ, जहाज अवतरण हुनेबित्तिकै उहाँहरूले मापदण्डअनुसार काम गरिरहनुभएको हुन्छ । हामी पूर्ण रूपमा सजग छौं । आत्तिनुपर्ने आवश्यकता छैन ।’ 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले विमानस्थलमा पहिलेजस्तै आवागमन सञ्चालनमै रहेको बताए । ‘यात्रुको फ्लो केही घट्यो होला,’ उनले भने, ‘तर यहाँ त्यस्तो कुनै इमर्जेन्सी जस्तो स्थिति छैन ।’

उनले विमानस्थलमा यात्रुलाई मात्र नभएर सुरक्षाकर्मीले पनि कोरोनाबाट सुरक्षित हुने मापदण्ड पूरा गर्नुपरेको बताए । ‘प्रहरी संगठनको छुट्टै सुरक्षा मापदण्ड छ, यात्रुहरूका लागि हेल्थ डेस्क छ, सबै फङ्सनल छ । कोरोनाकै कारणले आत्तिइहाल्नुपर्ने स्थिति छैन ।’ 

सबै परिस्थितिका लागि तयार छ कोरोना रोकथाम उच्चस्तरीय समिति 

सरकारले रक्षामन्त्री समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोरोना रोकथाम उच्चस्तरीय समन्वय समिति गठन गरेको थियो । समितिमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसाल, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल लगायत मन्त्री छन् ।

समितिले विश्वस्तरमा फैलिरहेको रोग कोरोनाबाट नेपालमा जनस्वास्थ्य र अर्थतन्त्र लगायतका पक्षहरूमा पर्न सक्ने असरको अध्ययन र विश्लेषण गरी उपयुक्त कदम चाल्ने निर्णय लिने बताइएको छ । गत सोमवार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विश्व स्वास्थ्य संगठनले नेपाललाई ‘हाई रिस्क जोन’मा राखिसकेपछि सरकार अझ बढी सतर्क भएर तयारी थालेको बताए । 

‘हामी हरेक हिसाबबाट तयारी अवस्थामा छौं, हामीले सबै नेपालीलाई ट्राभल एड्भाइजरी जारी गरेका छौं । १० मार्चदेखि नेपाल आउने पर्यटकले आफूलाई कोरोना नलागेको सर्टिफिकेट पेश गर्नुपर्नेछ,’ उनले भने ।

उनले संक्रमित ठाउँबाट आउनेहरूले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था सरकारले गर्न लागेको जानकारी दिए । मास्क, सेनेटरीको बजार अनुगमन गर्ने र उत्पादन गर्ने उद्योगलाई उत्पादन बढाउन आग्रह गर्ने निर्णय पनि सरकारले गरेको उनले बताए । 

सोमवार नै सर्वोच्च अदालतले कोरोनाको संक्रमण रोक्न संक्रमित क्षेत्रबाट नेपाल आउने जहाज अवतरणमा रोक लगाउन सरकारका नाममा अन्तरिम आदेशसमेत दिइसकेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x