×

NMB BANK
NIC ASIA

चौकी गाउँका विद्यार्थीमा फैलिएको रोग मौसमी रुघाखोकी भएकाे पुष्टि

फागुन २५, २०७६

NTC
Premier Steels

डाेटी- जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिका–५ गड्सेरास्थित चौकी गाउँमा पर्ने जनप्रिय आधारभूत माविका ३५ जना विद्यार्थीमा फैलिएको अज्ञात रोगको पुष्टि भएको छ । बिरामी रगत सङ्कलन गरी अस्पतालमा परीक्षण गराउँदा उक्त रोग मौसमी रुघाखोकी भएको पुष्टि भएको जोरायल गाउँपालिका स्वास्थ्य संयोजक गोविन्द विष्टले बताए । उनले भने, “हामीले बिरामी परेका विद्यार्थीको रगत सङ्कलन गरी परीक्षण गराउँदा मौसमी रुघाखोकी भएको पुष्टि भएको छ । आत्तिनुपर्ने अवस्था केही छैन । उपचारपछि सबै निको हुनेछन् ।” यही फागुन २१ गतेदेखि सो विद्यालयको होस्टेलमा रहेका विद्यार्थीबाट उक्त रोग शुरु भएको थियो । 

Muktinath Bank

विद्यालय नै बन्द गर्ने गरी सबै विद्यार्थी एकाएक बिरामी परेपछि जिल्ला अस्पातल डोटी तथा स्थानीय स्वास्थ्य संस्थाबाट उपचारका लागि चिकित्सक टोली सो क्षेत्रमा गएको थियो । टोलीले शुक्रबारदेखि बिरामी परेका विद्यार्थीको उपचार गर्न शुरु गरेको छ । होस्टेलको सरसफाइ तथा खानामा ध्यान नदिँदा उक्त रोग फैलिएको हुन सक्ने जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत रमेश मलासीले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भने, “होस्टेलमा विद्यार्थीलाई पानी नउमालेर दिने, जहाँ पायो त्यही फोहर गर्ने, हात नधोएरै खाना पकाउने जस्ता कुरामा ध्यान नदिएका कारण रोग फैलिएको हामीले पाएका छौँ, त्यसो नगर्न सबै शिक्षक र अभिभावकलाई सुझावसमेत दिएका छौँ ।” स्वास्थ्यकर्मीको टोलीले विद्यालयमा क्याम्प नै खडा गरेर नियमित उपचार शुरु गरेपछि अहिले बिरामीको अवस्था सामान्य हुँदै आएको सो विद्यालयका शिक्षक हर्कबहादुर कठायतले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्यकर्मीको टोलीले क्याम्प नै खडा गरेर विद्यार्थीको उपचार गरिरहेका छन्, बिरामी परेका विद्यार्थीमा सुधार हुँदै आएको छ ।” 


Advertisment
Nabil box
Kumari

विद्यार्थीलाई रुघाखोकी लाग्दा मास्क लगाउनुपर्छ भन्ने जानकारीसमेत नदिएका कारण यस्तो अवस्थामा पुगेको जिल्ला अस्पताल डोटीका डा ज्योति पाण्डेले बताउनुभयो । उनले भने, “विद्यार्थीलाई रुघाखोकी लाग्दा मास्क लगाउनुपर्छ भन्ने पनि नसिकाएको रहेछ, अहिले त सामान्य कुरामा पनि ध्यान दिनुपर्ने अवस्था छ ।” 

Vianet communication

त्यस्तै चिकित्सक टोलीले पानी उमालेर प्रयोग गर्ने, पखाला लाग्दा झोलिलो पदार्थ खाने सल्लाहसमेत दिएको छ । अज्ञात रोगले विद्यार्थी बिरामी भएको समाचार तथा फोटो राष्ट्रिय समाचार समिति ९रासस० मा प्रकाशित भएपछि सङ्घीय स्वास्थ्य मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयको निर्देशनमा विद्यार्थीको उपचारका लागि स्वास्थ्यकर्मीको टोली शुक्रबार उक्त क्षेत्रमा गएको थियो । आफ्ना नानी बाबुहरु एकाएक बिरामी परेका कारण विद्यार्थीका अभिभावक पनि चिन्तित बनेका थिए । 

छिमेकी विद्यालयका ३५ जना विद्यार्थी एकाएक बिरामी परेपछि यहाँका अन्य विद्यालयमा समेत उक्त रोग फैलिने त्रासले स्थानीयवासी चिन्तित बनेको जोरायल गाउँपालिका–५ खतेडामा रहेको महाकाली माविका प्रधानाध्यापक ज्ञानीप्रसाद ओझाले बताए । उनले भने, “छिमेकी स्कूलका नानीबाबुहरु ठूलो सङ्ख्यामा बिरामी परेपछि आफ्नो विद्यालयमा पनि उक्त रोग सर्छ कि भन्ने डरले हामी चिन्तित बनेका थियौँ, स्वास्थ्यकर्मीको टोलीले उपचार गरेपछि विद्यार्थीमा सुधार आएपछि अहिले मन शान्त भएको छ ।” उक्त गाउँपालिकामा रहेका अधिकांश विद्यालयमा पनि होस्टेल सञ्चालन रहेकाले जिल्ला स्वास्थ्य कार्यालयले ती विद्यालयमा स्वास्थ्य जानकारीसम्बन्धी तत्कालै स्वास्थ्य शिविर राख्नुपर्ने अवस्था सिर्जना भएको स्थानीयवासीको माग छ ।-रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x