×

NMB BANK
NIC ASIA

कैलालीको टीकापुरमा केरा पकाउने च्याम्बर निर्माण

फागुन ३०, २०७६

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

कैलालीको टीकापुरमा केरा पकाउने च्याम्बर निर्माण भएको छ । च्याम्बर निर्माण कम्पनी कर्णाली कृषि सेवा प्रालिले अबको केही दिनमा च्याम्बरमा केरा पकाउन शुरू गरिने जनाएको छ ।

Muktinath Bank

तीन करोड, ५६ लाख, ३६ हजार, २३६ लागतमा च्याम्बर निर्माण भएको हो । च्याम्बर निर्माणका लागि रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ टीकापुरको रु एक करोड, ९० लाख, आठ हजार ५९१ अनुदान सहयोग रहेको छ भने निर्माण कम्पनी कर्णाली कृषि सेवा प्रालिको रु एक करोड, ६६ लाख, २७ हजार, ६४५ लागतमा निर्माण भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

च्याम्बर निर्माणका लागि च्याम्बर निर्माण कम्पनी कर्णाली कृषि सेवा प्रालिले २०७६ साल वैशाख १९ गते रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ टीकापुरसँग सम्झौता गरी निर्माणको काम थालनी गरेको थियो ।


Advertisment
Nabil box
Kumari

कैलाली केरा खेतीको उर्बर भूमिका रूपमा चिनिन्छ । यहाँ उत्पादन भएको केरा देशैभरि जाने गरेको छ । टीकापुर–२ बन्दीपुरमा निर्माण भएको च्याम्बरको क्षमता १५० मेट्रिक टन रहेको छ ।

Vianet communication

मल्टीप्रपोजका रूपमा प्रयोग गर्न सकिने गरी च्याम्बर निर्माण गरिएको छ । च्याम्बरको भवनमा ३०/३० मेट्रिक टन क्षमताका पाँच वटा खण्ड रहेका च्याम्बर निर्माण कम्पनी कर्णाली कृषि सेवा प्रालिका सदस्य शिलाकान्त झाले जानकारी दिए । “च्याम्बरमा केरा, आँप र पविता एउटै मापदण्डमा समयअनुसार पकाउन सकिन्छ,” झा भन्छन्, “तापक्रम तलमाथि गरेर त्यसलाई शीतगृहका रूपमा पनि प्रयोग गर्न सकिने छ ।”

आफ्नै गाउँघरमा केरा पकाउने च्याम्बर बन्दा खुशी लागेको केरा व्यवसायी नेपबहादुर चौधरीले बताए । “अब हामीलाई केरा पकाउन सजिलो हुने भएको छ,” व्यवसायी चौधरी भन्छन्, “विभिन्न विषादीको प्रयोगमा केरा पकाउँदा स्वास्थ्यलाई असर गर्छ, च्याम्बरमा पकाउँदा मानव स्वास्थ्यका लागि लाभदायक हुन्छ ।” 

अर्का केरा व्यवसायी वीरेन्द्र ढुंगानाले पनि अहिले बाहिर केरा पठाउँदा समयमै पैसा नआउनाले आफूलाई समस्या भइरहेको बताए । “यसरी केरा पकाउने च्याम्बर टीकापुरमै बन्दा सजिलो हुने भएको छ”, ढुङ्गानाले भने, “अब किसानको समय पनि बचत हुन्छ । ढुवानी खर्च पनि बचत हुन्छ ।”

केरा व्यापारी यशोदा तिमिल्सिनाले टीकापुरमै उत्पादित केरोले टीकापुरमै पकाएर बेच्न पाउने वातावरण बनेको बताइन् । रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ टीकापुरका कार्यालय प्रमुख भरत कँडेलले बाहिर पकाएको केराभन्दा च्याम्बरमा पकाएको केरा मानव स्वास्थ्यका लागि राम्रो हुने बताए ।

“च्याम्बरमा पकाएको केरा उपभोक्ताका लागि पनि फाइदाजनक हुन्छ”, कँडेलले भने, “सिँचाइ आयोजनाले किसानलाई लाभ हुने खालका संरचना निर्माणमा सघाउने गरेको छ ।”

केरा व्यवसायी संघ कैलालीका अध्यक्ष दीपेन्द्र चौधरीका अनुसार अहिले टीकापुर क्षेत्रमा ५०० हेक्टर क्षेत्रफलमा केरा खेती भइरहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x