×

NMB BANK
NIC ASIA

उपचारका क्रममा बिरामीको मृत्यु भएपछि युसीएमएसका डाक्टरमाथि हातपात

चैत ३, २०७६

NTC
Premier Steels

रूपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) शिक्षण अस्पतालमा सोमवार तनाव उत्पन्न भएको छ ।

Muktinath Bank

उपचारका क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्त र डाक्टरबीच विवाद हुँदा मेडिकल कलेजका डाक्टरमाथि हातपात भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नवलपरासीको बर्दघाट–२ की यमकुमारी पुनको उपचारको क्रममा बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

शुक्रवार टाउको दुखेर उपचारका लागि मेडिकल कलेज आएकी पुनको मृत्यु भएपछि उनका आफन्तले अस्पतालको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै चिकित्सकमाथि हातपात भएको अस्पतालले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख हेम थापाले अहिले स्थिति नियन्त्रणमा आएको जानकारी दिए । 

Vianet communication

‘डाक्टरमाथि बिरामीका आफन्तले हातपात गरेको खबरपछि हामी पुग्यो । अहिले स्थिति नियन्त्रणमा छ । मृतक बिरामीको शव आफन्तले लगिसके,’ उनले भने ।

मृतकका आफन्तले उपचारमा संलग्न जुनियर रेसिडेन्ट (जेआर) डा. अर्चन घिमिरेलाई हातपात गरेका थिए । हातपातपछि डा. घिमिरे सामान्य घाइते भएका छन् । कुटाइ खाएपछि डाक्टरको टीमले पनि बिरामीका आफन्तमाथि कुटपिट गर्दै अस्पताल गेटबाट निकालेको मृतकका आफन्त कर्णबहादुर गुरुङले बताए ।

उनले टाउकोमा समस्या भएर अस्पताल भर्ना गरिएकी दिदीको स्वास्थ्यमा उल्लेख्य सुधार नआएको भन्दै काठमाडौं जानका लागि रिफर माग्दा अस्पतालले रिफर नदिई लापरबाही गरेर दिदीलाई मारेको आरोप लगाए । उनले दिदीको उपचार भइरहेको र सञ्चो हुने भन्दै राखेर रिफर माग्दा पनि नदिएको बताए ।

अस्पताल प्रशासनले भने डाक्टरको लापरबाहीले पुनको मृत्यु नभएको जिकिर गरेको छ । पुनको मृत्यु भएको थाहा पाएपछि आफन्तले केही समय आन्दोलन गरेका थिए । 

पुनको उपचारका क्रममा मृत्यु भएपछि उत्पन्न तनावका कारण मेडिकल कलेजको उपचार सेवा प्रभावित भएको छ । उपचारमा संलग्न डाक्टरमाथि बिरामी पक्षले हातपात गरेपछि सुरक्षा र कारवाहीको माग गर्दै डाक्टरहरू आन्दोलनमा उत्रिएका छन् । 

डाक्टर आन्दोलनमा उत्रिएपछि अस्पतालको ओपीडी सेवा पूर्ण रुपमा ठप्प भएको छ । ओपीडीमा टिकट लिएर बसेका बिरामीहरू डाक्टर उपचारमा नफर्किएपछि घर फर्कन बाध्य भएका छन् । 

मेडिकल कलेजमा कार्यरत विशेषज्ञ डाक्टर, जुनियर रेजिडेड डाक्टर तथा विद्यार्थी मेडिकल कलेजका ३ वटा ठूला गाडीमा जम्मा भएर जिल्ला प्रशासन कार्यालय आएका छन् । डाक्टर कुट्ने मृतकका आफन्तलाई कारवाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाउन गएको अस्पतालले जनाएको छ । प्रशासन पुगेका डाक्टर तथा विद्यार्थीले अहिले प्रशासन अगाडि नाराबाजी समेत गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x