कात्तिक ८, २०८०
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले मुलुकलाई नै ‘लक–डाउन’ गर्यो । कोही आमनागरिक घरभित्रै स्वस्फूर्त बसेका छन् कोही भने सरकारको कडा निर्देशनपछि बाध्यताले ।
सरकारी निर्देशनलाई नरुचाउने नागरिक दिनहुँ प्रशासनको भौतिकदेखि कानूनी कारवाही भोगिरहेका छन् । व्यापार, व्यवसाय, आवतजावत लगायत सबै ठप्प छ ।
यद्यपि कतिपय यस्ता आमनागरिक पनि छन्, जसलाई ‘लक–डाउन’ निकै फापेको छ । सरकारले आमनागरिककै हितको लागि लक–डाउन गरेको हो तर केही नागरिक लक–डाउनमा पनि आफ्नो व्यक्तिगत जीवन सार्थक बनाउन तल्लीन छन् ।
यसैमध्ये एक हुन् वरिष्ठ साहित्यकार यज्ञराज यात्री । लक–डाउन भएयता उनी आफ्नो कोठामा आफैं कैद छन् । जसको फाइदा कोरोनाबाट सुरक्षित हुनु त छँदैछ, अर्कोतिर उनी पहिलैदेखि थाती राखेका कामलाई यसै मौकामा फत्ते पार्ने ध्याउन्नमा छन् ।
४५ वटा पुस्तक लेखिसकेका धनगढी उपमहानगरपालिका–७ देवहरिया घर भएका ६७ वर्षीय वरिष्ठ साहित्यकार यात्री प्रकाशोन्मुख १ महाकाव्य, ४ खण्डकाव्यसहित १२ वटा पुस्तक प्रकाशनको अन्तिम तयारीमा जुटेका छन् ।
यात्री भन्छन्, ‘योभन्दा पहिले कहिले यता गोष्ठी, कहिले उता, सबै काम पेन्डिङमा थियो । अहिले चाहिँ ठीक भयो (हाँस्दै) । नित्यकर्म बाहेक बाँकी अन्य काम भनेको किताब लेखन, सम्पादन तथा प्रूफ रिडिङमा बितिरहेको छ । मज्जा आयो ।’
प्रकाशित गर्ने किताबको सूची सुनाउँदै उनले भने, ‘गुलाफ (खण्ड काव्य), भानु (खण्ड काव्य), शोषक र शोषित (कविता संग्रह), कठरिया जातिको परिचय, म र मेरो संस्कृति (डोटेली भाषा), आमा (कविता संग्रह), राधा कृष्ण (खण्ड काव्य), गौरा (महाकाव्य), समैजी (खण्ड काव्य), मालिका परिचय, फुलवस्ती (कविता संग्रह) लगायतको तयारीमा छु ।’
आफू अध्ययन र लेखनमा रुचि राख्ने व्यक्ति रहेको बताउँदै उनले अरु बेलाभन्दा आजभोलि नै क्रियाशील भएको बताउँछन् । ठट्यौली शैलीमा साहित्यकार यात्री भन्छन्, ‘हेर्नु न यात्रो उमेर उसै पनि भैगो । मृत्युदेखि डर लाग्छ । यत्रो किताब प्रकाशन गर्न बाँकी नै छ । पहिल्यै मर्छु कि भन्ने चिन्ता छ । मर्नुभन्दा पहिले तपाईंलाई आफ्नो किताब उपहार दिएर जाने धोको जो छ । त्यसैले जिउनको लागि घरभित्र त बस्नैपर्यो नि है (गल्ल हाँस्दै) ! ‘तपाईं पनि घरभित्रै बस्नुस् । धेरै जिउनुस् । जीवन सार्थक बनाउनुस् ।’
प्रार्थनामा छु : साहित्यकार जोशी
कतिपय साहित्यकार भने कोरोनाले त्रसित छन् । मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशी पनि वर्तमान परिस्थितिबाट निकै त्रसित छन् । लक–डाउनको समयलाई विषम समय, अस्वस्थ समय बताउँदै नयाँ सिर्जनामा स्वस्थ समय हुनुपर्ने बताउँछन् ।
भावुक हुँदै उनी अगाडि भन्छन्, ‘यस्तो बेलामा सारा मानवजगत त्राहीमान छ । सामाजिक सञ्जाल, टीभीका न्यूज, फोटो र समाचार हेरेर दिल, दिमाग खल्बलिएको छ । विश्व मानवजगत आक्रान्त भइरहेको बेला के पढ्नु ? के लेख्नु ? पढ्न बस्दा पनि दिमागभरि यही सन्त्रासको झल्को आउँछ । लेख्न बस्दा पनि दिमागमा स्वस्थ कल्पना आउँदैन । संसार चिच्याइरहँदा कसरी पढेर बस्नु ? के लेखेर बस्नु ? पढ्नलाई, लेख्नलाई, बोल्नलाई समय चाहिन्छ, स्वस्थ मन चाहिन्छ । यो कुनै कामका लागि पनि अनुकूल समय होइन । न आफूबाहेक अरुलाई बिर्सेर कुनै काममा डुब्न सकिन्छ, न अरुबाहेक आफूलाई बिर्सेर केही सिर्जना गर्न सकिन्छ । केही गर्न सकिने समय होइन । आफ्नो सानो बारीको माटोसँग खेल्छु । आँगनको ढुंगोलाई पुज्छु । बिहान उठ्दा सूर्यलाई अर्घ्य चढाउँछु । डुब्दा चन्द्रमालाई हात जोड्छु । यो बेला केवल प्रार्थनाको बेला हो । बस । म प्रार्थानामा छु ।’
अर्की साहित्यकार श्रेष्ठप्रिया पथ्थर भने लक–डाउनको समयको सदुपयोग किताब अध्ययनबाट गरिरहेकी छिन् । धनगढी उपमहानगरपालिका–५ हसनपुर घर भएकी साहित्यकार श्रेष्ठप्रिया भन्छिन्, ‘घरमै सेल्फ क्वारेनटाइनमा बसेकी छु । समसामायिक गतिबिधिबारे अपडेट हुन टीभी हेरेर बस्छु । साथै यो बेलाको मौकाको फाइदा उठाउँदै नविन विभासद्वारा लिखित रोल्पा सुइना, सरुभक्तद्वारा लिखित प्रतिगन्ध, राधिका गुरागाईद्वारा लिखित प्रतिबिम्ब हराएको मान्छे पढिरहेको छु ।’
उपन्यास, कविता, गजल, कथा, भूमिका लेखन, समीक्षा लेखनमा रुची राख्ने उनी हालसम्म १७ वटा कृति प्रकाशित गरेकी छिन् भने एउटा मुक्तक संग्रह प्रकाशोन्मुख छ ।
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...