×

कास्कीका क्वारेन्टाइनमा १४ दिन बसेकाहरू सुरक्षित

चैत २७, २०७६

प्रतिकात्मक तस्वीर

कास्की जिल्लाका विभिन्न ठाउँमा क्वारेन्टाइनमा बसेकामध्ये ३६ जना १४ दिनको बसाइँ टुंगाउँदै घर फर्किएका छन् ।

पटक–पटकको परीक्षणमा कोरोना नभएको अर्थात ‘नेगेटिभ’ रिपोर्ट आएपछि घर पठाइएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।


Advertisment

भारत लगायत विभिन्न मुलुकबाट जिल्ला फर्किएकामध्ये १४ जना पोखरा–५ मालेपाटनस्थित कृषि तालिम केन्द्र र २० जना रुपा गाउँपालिकामा निर्मित क्वारेन्टाइनमा बसेका थिए । विभिन्न चरणमा गरी हालसम्म ३६ जनालाई घर पठाइएको हो । 


Advertisment

प्रदेश स्वास्थ्य निर्देशक डा. शर्माले भने, ‘उनीहरूको ल्याब टेस्टमा नेगेटिभ रिपोर्ट आएकोले कोरोनाको संक्रमण नदेखिएपछि सुरक्षित घर पठाइएको हो । क्वारेन्टाइनमा बसेका अन्यको पनि क्रमशः ल्याब टेस्ट हुनेछ ।’ क्वारेन्टाइनबाट घर फर्किएकालाई १ हप्ताका लागि होम क्वारेन्टाइन बस्न आग्रह गरिएको छ । 

यसैबीच, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले धौलागिरी अञ्चल अस्पताल, बागलुङमा उपचार गराइरहेकी १९ वर्षीय अंशु सापकोटालाई फोन गरी उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

मुख्यमन्त्रीले कुराकानीमा भनेका छन्, ‘मन दह्रो पार्नु । केही पनि हुँदैन । नियमित तातोपानी सेवन गर्नुहोला । म नियमित रूपमा चिकित्सकसँग कुरा गरिरहेको छु ।’ 

सो क्रममा कोरोना संक्रमित अंशुले चिकित्सकले समेत आफूलाई फोनमार्फत संवाद गरिरहेको र आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जनाएकी थिइन् ।

बेल्जियमबाट कतार हुँदै काठमाडौंबाट गृहजिल्ला बागलुङ पुगेकी अंशुमा कोरोना संक्रमण देखिएको थियो। उनी राजधानी काठमाडौं बाहिर कोरोना संक्रमित देखापर्ने पहिलो बिरामी हुन् । बागलुङमै अर्की एक वृद्धामा पनि कोरोना संक्रमण देखिएपछि उनको पनि अस्पतालमा उपचार भइरहेको छ । 

स्वास्थ्य मन्त्रालयमा कार्यरत वरिष्ठ मेडिकल ल्याब टेक्निसियन धनप्रसाद पौडेल नेतृत्वको टोलीले बिहीवारदेखि बागलुङमा र्‍यापिड टेस्टको काम थालनी गरेको बागलुङमा जिल्ला स्वास्थ्य प्रमुख सुरज गुरौले जानकारी दिए ।

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

x