३१ असार २०८३, बुधबार

सांसद अपहरणको उजुरी गर्न बाबुराम, उपेन्द्र, राजेन्द्रलगायत प्रहरी परिसर काठमाडौंमा

बैशाख १४, २०७७
सांसद अपहरणको उजुरी गर्न बाबुराम, उपेन्द्र, राजेन्द्रलगायत प्रहरी परिसर काठमाडौंमा

नवगठित जनता समाजवादी पार्टीका नेताहरू सांसद डा. सुरेन्द्र यादव अपहरणको आरोपमा उजुरी दर्ता गर्न महानगरीय प्रहरी परिसर काठमाडौं पुगेका छन् ।

नेताहरू डा. बाबुराम भट्टराई, उपेन्द्र यादव राजेन्द्र महतोलगायत नेताहरू प्रहरी परिसर काठमाडौं पुगेका हुन् ।

पार्टी विभाजन प्रयोजनका लागि डा. यादवलाई अपहरण गरेको आरोपमा सांसदहरू महेश बस्नेत, किसान श्रेष्ठ तथा पूर्व आईजीपी सर्वेन्द्र खनालविरुद्ध उजुरी दर्ता गर्ने उनीहरूको तयारी छ ।

शरीर बन्धक तथा अपहरणको उजुरी दर्ता गर्न लागिएको एक नेताले बताए ।

salt training

कमेन्ट गर्नुहोस्