×

NMB BANK
NIC ASIA

कोरोना संकट जारी रहँदा डेंगुको सिजन शुरू, लामखुट्टे ‘खोजी र नष्ट’ अभियान

बैशाख २५, २०७७

NTC
Premier Steels

वालिङ नगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि खोजी र नष्ट अर्थात् ‘सर्च एण्ड डिस्ट्रोय’ गर्ने अभियान थालेको छ । 

Muktinath Bank

सो नगरपालिकामा एकजना डेंगुका बिरामी भेटिएसँगै अन्यलाई फैलन नदिन साथै यसको नियन्त्रणका  गर्न सो अभियान शुरूआत गरिएको हो ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 वालिङस्थित विभिन्न सङ्घसंस्था तथा क्लबको सहयोगमा नगरभित्र सो रोग सार्ने माध्यमका रुपमा रहेको लामखुट्टे बढ्न नदिने, यसको वासस्थान रहन सक्ने सम्भावित ठाउँको खोजी गरी कीटनाशक औषधिको प्रयोग गरी मार्ने कार्य थालेको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

'वालिङमा डेंगुका बिरामी भेटिएपछि अरुमा फैलन नदिनका लागि लामखुट्टेको वासस्थान रहने ठाउँ जस्तैः पानी जमेको ठाउँ, गाडीका टायर, गमलाको सरसफाइमा विशेष ध्यान दिएका छौँ', नगर प्रमुख खाँणले भने, 'नगरका विभिन्न ग्यारेज तथा पानी जमेका ठाउँमा कीटनाशक औषधि छरेका छौँ भने सचेतनास्वरुप माइकिङलाई टोल टोलमा पुर्‍याएका छौं ।'

Vianet communication

लामखुट्टेको टोकाइबाट यो रोग सर्ने भएकाले आफ्नो घर वरिपरि पानी जम्न नदिई सफा राख्न पनि नगरपालिकाले सबैसंँग आग्रह समेत गरेको छ । 

एकजनामा डेंगु रोग देखिए पनि अन्यमा भने अहिलेसम्म नदेखिएको स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले जानकारी दिए ।

कोरोना भाइरसको जोखिम हुन नदिन  अहिले लकडाउनको अवस्थामा सामाजिक दूरी कायम राख्दै विशेषगरी बजार क्षेत्रमा रहेका ग्यारेज, पानी जमेका सडकका खाल्टाखुल्टीमा कीटनाशक औषधि छर्कनाका साथै डेंगु रोगबारेमा जानकारी दिने उद्देश्यले माइकिङसमेत गरिएको उनले बताए ।

डेंगु भाइरसद्वारा सङ्क्रमित ‘एडिज एजिप्टी’ र ‘एडिज एल्बोपिक्टस’ जातका पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । 

एक्कासि उच्च ज्वरो आउनु, असाध्यै टाउको दुख्नु, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्नु, ढाड जोर्नी तथा मांसपेशी दुख्नु, शरीरमा बिबिरा आउनु, वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिँजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखापर्ने, बेहोस हुने जस्ता लक्षण देखिएमा डेंगु रोगको सङ्क्रमण हुन सक्ने भएकाले तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन स्वास्थ्य शाखा प्रमुख पाण्डेले आग्रह गरे । तोलाकान्त बगाले/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x