×

NMB BANK
NIC ASIA

संसारभरका मनिसमा अहिले खानामा धेरै चेतना बढेको छ । कोहीले अर्ग्यानिक खाना खोज्छन्, त कतिले ग्लुटिन फ्री, सुगर फ्री एलर्जेन्ट फ्री । त्यसैले होटल रेस्टुरेन्टमा खाना खुवाउन र पाहुनाको रोजाइ पूर्ति गर्न त्यति सजिलो छैन ।

Muktinath Bank

पछिल्लो समयमा ‘भेगान डाइट’ निकै लोकप्रिय हुँदै गएको पूर्ण शाकाहारी खाना पस्कन थालिएको छ । विश्वभर अहिले भेगान डाइटका लागि छुट्टै रेस्टुरेन्ट समेत सञ्चालनमा छन् र होटलका पार्टीहरूमा पनि भेगान खाना खाने वर्गलाई छुट्टै बफ्फेट राखेर शुद्ध तरिकाबाट पस्कने चलन आएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ग्राहकले आफ्नो खानेकुराको सूचीबाट त्यस्ता खानेकुरा हटाएका छन्, जो मिठो त छ तर स्वास्थ्यका लागि अनुकुल छैन र खानु पाप मान्छन् । जस्तो कि ग्राहकले माछा, मासु मात्र होइन, दूधजन्य खाद्यवस्तु पनि खान मान्दैनन् । 


Advertisment
Nabil box
Kumari

यतिसम्म कि कुनै पनि पशुपन्छीको बध गर्नु हुँदैन । पशुपन्छीको जीवन पनि मानव जीवन जस्तै हो, उनीहरूको पनि आफ्नै संसार हुन्छ, परिवार हुन्छ अनि मानव जीबन जस्तै आत्मा र चेतना हुने हुँदा पशुपन्छीको जीवन सिध्याउनु भनेको प्रकृतिको नाश गर्नु बराबर मान्छन् । मासुजन्य परिकार खाँदै खाँदैनन् ।

Vianet communication

त्यति मात्र होइन, कुनै पनि पशुपन्क्षीबाट प्राप्त हुने खानेकुरा सेवन वा प्रयोग गर्दैनन् । किनभने उनीहरू अरुको जीवन हत्याएर, अरुलाई रुवाएर आफ्नो पेट भर्नु हुँदैन भन्ने मान्यता राख्छन् । यस्ता जमातले मासु मात्र होइन, पशुपन्छीको कुनै पनि उत्पादन सेवन गर्दैनन् । कतिसम्म भने पशुपन्छीको रौं, भुत्ला, छालाबाट बनेको वस्तु समेत प्रयोग गर्दैनन् । यी विशुद्ध शाकाहारी हुन् ।

गाईको दूध भनेको उसको आफ्नो बच्चाको लागि हो, हाम्रा लागि होइन भन्ने मान्यता राख्छन् । हुन त धेरै मान्छे शाकाहारी (भेजेटेरियन) छन् तर शुद्ध शाकाहारी (भेगान) भने केही कम छन् र पछिल्लो समय बढ्दो क्रममा छ ।

एक स्वस्थ मनिसका लागि सन्तुलित भोजन लिँदा पुरुषका लागि २५०० क्यालोरी र महिलाको लागि २००० क्यालोरी हुन जरुरी मानिन्छ । जुन आफ्नो दैनिक पेशासँग पनि भेद खान्छ । आफ्नो कार्यक्षेत्र कुन किसिमको छ, आफूलाई कति ऊर्जा आवश्यक पर्छ, त्यसमा भर परेको हुन्छ ।

जस्तो कि खेलाडी तथा श्रमिकका लागि केही ज्यादा क्यालोरी आवश्यक पर्छ भने कार्यालयभित्र मात्र टेबल वर्कका लागि केही कम क्यालोरी जरुरत पर्छ र भेगान डाइट सेवन गर्नेले पनि क्यालोरीलाई पूर्ण रुपमा ख्याल राखेर पूर्ण शाकाहरी खानाको सन्तुलन मिलाएको हुन्छ । 

शरीरलाई ऊर्जावान बनाइराख्न प्रोटिनको सबैभन्दा ज्यादा जरुरत हुन्छ । यसको लागि दिनको शुरूआत अंकुरित अनाजबाट शुरू गर्नु उत्तम मानिन्छ । अंकुरित अनाजमा प्रोटिनको साथसाथै कार्बाेहाइडेड, भिटामिन र खनिज प्राप्त हुन्छ, जुन पाचनका लागि अति राम्रो हुन्छ । साथमा सागसब्जीको झोल पनि अति स्वास्थ्यकर मानिन्छ । दिनमा ५ देखि ७ गिलास नियमित पानी पिउनाले पनि शरीरलाई स्वस्थ राख्न मद्दत पुर्‍याउँछ ।

के हो वास्तविक भेगान ?

भेगान फूड पछ्याउने मनिसले अण्डा, मासु, डेरी उत्पादन लगायत सबै प्रकारका पशुजन्य उत्पादनलाई भोजन, कपडा तथा अन्य कुनै उद्देश्यका लागि पनि वञ्चित गरिएको छ । मानिसहरू विभिन्न कारणले भेगान डाइटलाई फलो गर्छन् । यसको मुख्य कारण पर्यावरण प्रतिको चिन्ता वा पशुपन्छीप्रतिको माया पनि एक विशेष कारण हुनसक्छ । तथापि, यसबाट विभिन्न स्वास्थ्यलाभ पनि हुन्छ । 

भोजनमा यदि हामीले प्राकृतिक स्रोत शुद्ध शाकाहारी सब्जीहरू सही तरिकाबाट उपयोग गरेको खण्डमा स्वस्थ रहन र दीर्घ जीवनका लागि मद्दत पुर्‍याएको हुन्छ । प्राकृतिक सागसब्जीमा पनि हाम्रो शरीरलाई आवश्यक पर्ने भिटामिन, खनिज, भिटामिन ए, सी, ई, सेलेनियम आदि पर्याप्त मात्रामा पाउन सकिन्छ । जे खाएपनि शरीरलाई स्वस्थ राख्नु हो । किन अरुको ज्यान मार्नुपर्‍यो र उसको बालबच्चाको भाग खोसेर खानुपर्‍यो भन्ने मान्यता भेगान फुड प्रयोगकर्ताको छ । यसरी प्रकृति वा पशुपन्छीसँग भावनात्मक रुपमै एकाकार भएर फरक किसिमको खानेकुरा तयार गर्नुलाई भेगान डाइट भनिन्छ ।

भेगानिजम शतप्रतिशत शाकाहारी हुनाले डेरी प्रडक्ट नखाने हुँदा भटमासबाट बनेको दूध, तोफु, न्युट्रेला, ग्रानुला जस्ता खाना रोजेका हुन्छन् र यो निकै स्वस्थवद्र्धक पनि मानिन्छ । पछिल्लो समयमा आएर भेगान र भेजिटेरियनका लागि ‘पिओर मेजिटेरियन मिट’ परीक्षणको अन्तिम चरणमा पुगेको युरोपियन खाद्य वैज्ञानिकले दाबी गरेका छन् । जुन पूर्णरुपमा ग्यारेन्टीका साथ शुद्ध शाकाहारी हुनेछ र बजारमा सहज रुपमा पाइनेछ ।

नेपालमा पनि विभिन्न स्थानमा भेगान रेस्टुरेन्ट खुलेका छन् । नेपालको पर्यटन क्षेत्र ठमेल तथा झम्सिखेलमा पनि भेगान रेस्टुरेन्ट छन् र अन्य होटल तथा रेस्टुरेन्टमा ग्राहकको माग अनुसार खाना सर्भ गर्ने चलन छ । विश्वमा भेगानको संख्या बढ्दो क्रममा छ । भारत तथा युरोप मुलुकमा भेगानहरू धेरै पहिलादेखि नै थिए । भेजिटेरियन र भेगानमा धेरै फरक छ । भेजिटेरियन र भेगानलाई एउटै हिस्सामा राख्न मिल्दैन । भेजिटेरियन शाकाहारी मात्र हुन् तर भेगान शुद्ध शाकाहारी मानिन्छ । भेगानको प्रमुख खानाको स्रोत वनस्पतिजन्य  प्राकृतिक मात्र हुन्छ ।

के–के पर्छन् भेगान डाइटमा ?

प्राकृतिक रुपमा उब्जेका फलफूल, सागसब्जी, अन्न, ड्राइफ्रूड्स लगायतका वनस्पतिबाट उत्पन्न हुने खाद्यान्न तथा विभिन्न बिउमार्फत उत्पादन हुने आहार होल फूड भेगान डाइट अन्तर्गत पर्दछ । काँचो फल, सागसब्जी, नट्स, बिउ वा बोटबिरुवा खाद्य पदार्थमा आधारित एक शाकाहारी आहार हो । गाईभैंसीको दूधको सट्टामा सोया मिल्क, अल्मोन्ड मिल्क, क्यासुनट मिल्क, राइस मिल्क, वट्स मिल्क, हेम्प मिल्क र अन्य जनावरको दुग्धजन्य पदार्थका लागि जस्तै चीज, पनिर, घ्यु, बटर जस्ता पदार्थका लागि पनि पर्याप्त विकल्प छन् ।

अण्डाको विकल्पमा चिया सिड एग, चनाको पिठोको एग, क्रण स्ट्राच एग, एप्पल सस, टोफु लगायत खान सकिन्छ । मासुको विकल्पको रुपमा पनि पर्याप्त मात्रमा बोटबिरुवाबाट उत्पादन हुने खाद्यान्न ग्रोसरीमा उपलब्ध हुन्छ ।

गुलियो खानेहरूका लागि पनि यस्तै पर्याप्त मात्रमा भेराइटीहरू भेगान डाइट स्टोरमा पाइन्छ । प्लान्ट बेसका विभिन्न मासुका विकल्प पनि बजारमा उपलब्ध हुन्छ । जस्तो मासुमा पाइने प्रोटिन विभिन्न होल ग्रेनहरूमा पर्याप्त पाइन्छ र सोया मिल्कबाट बन्ने टोफु पनि भेगान डाइट सेवन गर्नेहरूका लागि अतिउत्तम मानिन्छ । घ्यूफल अर्थात आभोगाडो पनि भेगानका लागि राम्रो फल मानिन्छ । खुर्सानीको च्याख्ला, हट सस, राइस भिनेगर, चिल्ली पाउडर, हेर्ब्स पाउडर, गार्लिक पाउडर, जिन्जर पाउडर, जिरा पाउडर पनि भेगान डाइट खानेका लागि अतिउत्तम सिजिनिङ मानिन्छ ।

भेगान फूड खानाले हुने स्वास्थ्य सम्बन्धी फाइदा 

– शरीरको अनावश्यक वजन घटाउन भेगान डाइटले पर्याप्त मद्दत पुर्‍याएको हुन्छ । 
– स्वस्थ मुटुका लागि पनि भेगान डाइट उपयुक्त मानिन्छ । 
– डाइबिटिज र क्यान्सर जस्ता रोग हुनबाट भेगान डाइटले जोगाउँछ । 
– किड्नीमा हुने विभिन्न संक्रमणबाट बचाउनुका साथै उच्च रक्तचापलाई सन्तुलन गराउँछ । 
– भेगान डाइट प्रयोग गर्नेहरू सालीन, कम रिसाउने र कम आक्रमक हुन्छन् । 
– भेगान डाइट खानेहरूलाई एक पावर हाउसको रुपमा लिइन्छ, जसको आन्तरिक शक्ति पर्याप्त हुने गर्छ । 
– फिजिकल फिटनेस लेबल बढाउन पनि भेगान डाइट प्रयोग गरिन्छ । 
– कोलेस्ट्रोल लेबल कम गराउन भेगान डाइटले मद्दत गरेको हुन्छ ।  
– स्वस्थ र मुलायम स्कीनका लागि भेगान डाइट राम्रो मानिन्छ । 
– भेगान डाइट प्रयोग गर्नेलाई चोट पटक लागेका बेला दुखाइ कम हुन्छ । 
– मजबुत हड्डीका लागि पनि भेगानिजम हुन जरुरी मानिन्छ । 
– अन्य खाद्यान्नले भन्दा ज्यादा शक्ति भेगान डाइटले दिन्छ । 
– पर्याप्त मात्रामा भाग जगाउन मद्दत पुर्‍याउँछ । फिबर र माइग्रेण हुनबाट बचाउँछ ।
– भेगान डाइटले स्वस्थ र दीर्घ जीवनका लागि मद्दत पुर्‍याउँछ ।

(लेखक सोल्टी क्राउन प्लाजा होटेलका सेफ हुन् ।)

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x