भारतबाट आएका  बर्दियाका युवकमा  संक्रमण, उपचारको टुंगो छैन

प्रतिकार्यात्मक तस्वीर।

बर्दियाको बढैयाताल गाउँपालिकाकामा एक जनामा कोरोना संक्रमण देखिएको छ।

केही दिनअघि भारतबाट आएर बढैयाताल गाउँपालिका ६ मैनापोखरस्थित शारदा बहमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका बढैयाताल –७ का १९ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी दिए। 


Advertisement

संक्रमितलाई उपचारका लागि कहाँँ पठाउने भन्ने विषयमा छलफल भइरहेको उनले बताए। यसअघि राजापुरकी ११ वर्षीया बालिका र गुलरिया नगरपालिका –११ घर भई काठमाडौँमा रहेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो।


Advertisement

कमेन्ट गर्नुहोस्