२२ असार २०८३, सोमबार

मधेसी मोर्चाका केही नेताले पहाड र तराईलाई छुुट्याउन खोजे : नेपाल

कात्तिक २०, २०७४
मधेसी मोर्चाका केही नेताले पहाड र तराईलाई छुुट्याउन खोजे : नेपाल
उर्लाबारी (मोरङ), ७ पुस । नेकपा (एमाले)का नेता माधवकुुमार नेपालले संविधान संशोधन प्रक्रियालाई थाती राखेर निर्वाचनमा जानुपर्नेमा जोड दिनुभएको छ । 


मोरङको विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुुरा गर्दै नेता नेपालले दलबीच छलफल गरी सहमतिमै संविधान संशोधन प्रस्ताव स्थगन गर्नुपर्ने र निर्वाचनमा जानुु नै अहिलेको गतिरोध अन्त्यको उत्तम विकल्प भएको धारणा राख्नुभयो ।

उहाँले आगामी २०७४ माघ ४ भित्र तीनै तहको निर्वाचन गरिसक्नुुपर्ने भएकाले निर्वाचनको तयारीमा सरकार तीव्रताका साथ लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो–“मधेसी मोर्चाका केही नेताले पहाड र तराईलाई छुुट्याउन खोजेका छन्, नेपाल सबै जातजातिको देश भएकाले हिमाल, पहाड र तराईलाई कुुनै पनि हालतमा छुुट्याउन हुँदैन ।” रासस

salt training

कमेन्ट गर्नुहोस्