×

NMB BANK
NIC ASIA

सलह आतंक

प्रदेशका १० जिल्लामा फैलियो सलहको फौज, क्षति न्युनीकरणका यी उपाय अपनाउँदै किसान

असार १६, २०७७

NTC
Premier Steels

कृषि बालीका लागि खतरनाक मानिने सलह कीराको फौज ५ नम्बर प्रदेशका १० जिल्लामा फैलिएको छ ।

Muktinath Bank

भारतबाट रुपन्देही हुँदै सलह कीरा शनिवार नेपाल प्रवेश गरेको थियो । कपिलवस्तुमा सोमवार भारतबाट सलहको ठूलो समूह प्रवेश गरी बालीनाली तीब्र रुपमा नष्ट गर्न थालेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेशको अन्न भण्डार मानिने तराईका ६ जिल्ला र पहाडका ४ जिल्लामा सलहको बथान पुगेको छ । कपिलवस्तु, रुपन्देही, पश्चिम नवलपरासी, दाङ, बाँके, बर्दिया, पाल्पा, अर्घाखाँची, गुल्मी हुँदै प्युठानसम्म पुगेको छ । त्यसमध्ये सलहले सबैभन्दा बढी क्षति कपिलवस्तुमा पुर्‍याएको छ । सलहले खेती लगाउने मुख्य सिजनमै धानको बीउ, तरकारी र मकैबारी नष्ट गर्न थालेपछि किसान चिन्तित भएका छन् । 


Advertisment
Nabil box
Kumari

कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख राम गोबिन्द आर्यले कपिवस्तुका ३ स्थानीय तहमा सलहले हालसालै लगाएको धानबाली र तरकारीमा ठूलो क्षति पुर्‍याएको बताए । ‘कपिलवस्तु नगरपालिका, शिवराज नगरपालिका र विजयनगर गाउँपालिकामा तरकारी र रोपेको धान धेरै नष्ट गरेको छ । हामी क्षतिको विवरण किसानसँग संकलन गरिरहेका छौं । लाखौंको तरकारी र २–४ दिन अगाडि रोपेको धान कीराले नष्ट गरेको छ,’ उनले भने ।

Vianet communication

शनिवार नेपाल प्रवेश गरेको सलहभन्दा कपिलवस्तुमा देखिएको सलहको फौज धेरै ठूलो रहेको आर्यले बताए । ‘रोप्ने तयारी अवस्थाका ब्याडमा थाल र टिन ठटाएर बीउ जोगाउन किसानलाई निर्देशन दिएका छौं । अहिले किसान रोपाइसँगै आफ्नो तरकारी र ब्याड जोगाउन सलहले चुनौती थपेको छ,’ उनले भने । 

रुपन्देहीको सैनामैना, देवदह, शुद्धोधन, बाँकेको राप्ती सोनारी गाउँपालिका, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका, अर्घाखाँचीको शितगंगा, छत्रदेव र सन्धिखर्क नगरपालिका, गुल्मीको तम्घास, कालिगण्डकी गाउँपालिका, पाल्पाको तिनाउ, मदनपोखरा, र रामपुर क्षेत्रमा पनि सलहको समूह बालीनालीमा पसेर क्षति पुर्‍याएको छ ।  

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता विनोद घिमिरेले कपिलवस्तुमा सलहले धेरै नै क्षति गरे पनि अन्य जिल्लामा क्षति कम गरेको बताए । कीराको नियन्त्रणका लागि प्रदेश सरकार र स्थानीय तह तयारी अवस्थामा रहेको उनले बताए । प्रदेश सरकारले १ किलो सलह जम्मा गरे किसानलाई प्रोत्साहन स्वरुप २० रुपैयाँ दिने निर्णय गरेको छ ।

‘मन्त्रालयको टोली सलहको निरन्तर ट्रयाकिङमै छ । हिजो हामी कपिलवस्तुका विभिन्न ठाउँमा गएका थियौं । त्यहाँबाट सलहको ठूलो समूह अर्घाखाँची र केही रुपन्देहीको सैनामैनातिर प्रवेश गरेको छ । यसको रोकथामका लागि विषादी सहितका स्प्रेहरू जिल्लाहरूमा तयारी अवस्थामा छन्,’ घिमिरेले भने । 

गुल्मीको रुरु गाउँपालिका–५ टाहटिममा सलह धपाउन मकै खेतमा आगो बालेर धुवा उडाइएको छ । सोमवार अपराह्न सलहको फौज टाहटिम क्षेत्रमा देखिएको गाउँका युवा फर्सु श्रेष्ठले बताए । 

सलह कीरा झुण्डमा आक्रमण गर्ने र एक ठाउँबाट अर्को ठाउँमा जाने जस्ता सामूहिक कार्य गर्ने वरिष्ठ बाली विकास अधिकृत कामना अधिकारीले बताइन् । ‘अन्य कीराहरू कुनै निश्चित समूहको बाली मात्रै खाने गर्छन् । सलह कीराले सबै जातको बालीनाली र बोटविरुवा खाने गर्छ,’ अधिकारीले भनिन्, ‘सरकारी स्तरबाटै सलह नियन्त्रण गर्न सम्भव हुँदैन । स्थानीय स्तरमा पनि जनचेतना आवश्यक छ ।’ 

सलह कीरा नियन्त्रणका लागि परम्परागत विधिहरू खेतबारीमा धुवाउने, आगो बाल्ने, तत्काल उपलब्ध हुने विभिन्न माध्यमबाट ठूल्ठूला आवाजहरू निकाल्ने, लामा डोरीहरू खेतबारीको वारपार टाँगेर दुवैतिरबाट बालीनालीका बोटहरू हल्लाइदिने गरेर पनि भगाउन सकिने अधिकारीले बताइन् ।

‘सलहलाई छोपेर हाँस तथा चराहरूलाई खाने वातावरण तयार गर्ने, सलह किरा संकलन गरी पशुपन्छी तथा मत्स्य दानाको रुपमा प्रयोग गर्ने सकिन्छ,’ उनले भनिन्, ‘केही दिनको सतर्कता र सचेत पहलकदमीले सलहको प्रकोपबाट बालीनाली जोगाउन सकिन्छ ।’

सलह कीरा व्यवस्थापनको लागि आरआरटी गठन 

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सलह कीराको नियन्त्रण र व्यवस्थापनको लागि र्‍यापिट रेस्पोन्स टीम (आरआरटी) गठन गरेको छ । नगर स्तरीय कृषि व्यवसाय प्रवद्र्धन समितिको बैठकले वडाध्यक्ष सोहनप्रसाद थारुको संयोजकत्वमा कृषि विज्ञ, कृषि प्राविधिक, कृषक, सुरक्षाकर्मीको प्रतिनिधित्व रहने गरी आरआरटी गठन गरेको हो ।

सलह किराको प्रकोप देखिएमा धुवा उडाउन, आवाज निस्कने सामग्रीहरू थाल, टीन, ड्रमलगायत बजाउने, लामा डोरीहरू खेतबारीको वारपार टाँगेर दुवैतिरबाट बालीनालीका बोट हल्लाउन, झुलको प्रयोग गर्न नगरपालिकाले किसानलाई आग्रह गरेको छ । बैठकमा कृषि विज्ञ तेजनारायण गैरेले सलहमा प्रोटिन पर्याप्त पाइने भएकाले यसलाई संकलन गरी कुखुरा, हाँस र माछालाई दानाको रुपमा दिन सकिने बताए । 

सलह कीराको प्रकोप व्यापक बढेर विषादी छर्कनुपर्ने अवस्था आएमा कृषि प्राविधिकसँग सल्लाह लिन बैठकले किसानलाई आग्रह गरेको छ । बैठकले सलह किराको सम्भावित प्रकोप व्यवस्थापन पूर्व तयारीको लागि पावर स्प्रे मशिन खरिद गर्ने निर्णय पनि गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x