×

NMB BANK
NIC ASIA

कोभिड–१९ सङ्क्रमित १८हजार ६५५ भारतीयको मृत्यु, कूल सङ्क्रमित ६ लाख ४८ हजारभन्दा बढी

असार २०, २०७७

NTC
Premier Steels

भारतमा शनिबारसम्म कोभिड–१९ सङ्क्रमित १८ हजार ६५५ भारतीयको मृत्यु भएको भारतको संघीय मन्त्रालयले जानकारी गराएको छ । भारतमा छ लाख ४८ हजार ३१५ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

Muktinath Bank

विगत २४ घण्टामा भारतमा थप २२ हजार ७७१ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको र ४४२ सङ्क्रमितको मृत्यु भएको मन्त्रालयद्वारा सार्वजनिक प्रेस विज्ञप्तिमा जानकारी गराइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विज्ञप्ति अनुसार “शनिबार विहान ८ बजेसम्म १८ हजार ६५५ सङ्क्रमितको मृत्यु भएको र छ लाख ४८ हजार ३१५ जनामा सङ्क्रमण देखिएको छ । त्यस्तै अहिलेसम्म तीन लाख ९४ हजार २२७ सङ्क्रमित निको भई अस्पतालबाट घर फर्किएका छन् ।” 


Advertisment
Nabil box
Kumari

शुक्रबार विहानसम्म सङ्क्रमितको सङ्ख्या छ लाख २५ हजार ५४४ रहेको थियो भने मृत्यु सङ्ख्या १८ हजार २१३ रहेको थियो ।

Vianet communication

शनिबारसम्मको विवरण अनुसार भारतमा अझै दुई लाख ३५ हजार ४३३ व्यक्तिले सङ्क्रमित रहेका छन् भने उनीहरूलाई देशभरका सयौँ अस्पतालहरूमा उपचार सेवा प्रदान गरिराखिएको छ ।

भारतमा अहिले लकडाउनलाई खुकुलो पार्दै कोभिड–१९ विरूद्धको दोस्रो चरणको अभियानलाई अभ्यासमा ल्याइएको छ । भारतीय नागरिक उड्डयन प्राधिकरणले यही जुलाई ३१ सम्मका लागि  व्यवसायिक अन्तराष्ट्रिय उडानहरूलाई सञ्चालनमा नल्याउने जानकारी गराएको छ भने भारतीय बजारहरूमा निश्चित मापदण्ड तोकी बजारलाई चलायमान बनाउन सङ्क्रमणको अवस्था हेरी सामाजिक दूरी कायम गरी पसल तथा उद्योगहरूलाई सञ्चालनमा ल्याएको छ । तर विद्यालय र ठूलो जमघट हुने स्थानहरूलाई अझै सञ्चालनमा ल्याइएको छैन ।  

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x