×

NMB BANK
NIC ASIA

राष्ट्रपतिसँगको भेटमा प्रचण्ड–नेपालले भने : प्रधानमन्त्रीको राजीनामा हाम्रो बटमलाइन !

असार २१, २०७७

NTC
Premier Steels

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले प्रधानमन्त्रीबाट केपी शर्मा ओलीको राजीनामा आफूहरूको न्युनतम माग (बटमलाइन) भएको बताएका छन् । 

Muktinath Bank

राष्ट्रपति विद्या भण्डारीसँग आइतवार राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटवार्तामा प्रचण्डलगातका नेताहरूले प्रधानमन्त्रीबाट ओलीको राजीनामा आफूहरूको बटमलाइन भएको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हाम्रो बटमलाइन प्रधानमन्त्रीबाट ओलीले राजीनामा दिनु नै हो,’ तीनै नेताले राष्ट्रपतिलाई भनेको स्रोतले जानकारी दियो ।


Advertisment
Nabil box
Kumari

राष्ट्रपति भण्डारीले जनताको भावनाअनुसार मिलेर अगाडि बढ्न नेताहरूसँग आग्रह गरेकी थिइन् । 

Vianet communication

‘यस्तो संकटको बेला प्रधानमन्त्रीको राजीनामालाई जिद्दी नगर्नुस्, प्रधानमन्त्रीबाट राजीनामा तत्काल सम्भव छैन, तपाईंहरूले अध्यक्ष लिनुस्,’ राष्ट्रपति भण्डारीको भनाइ उद्धृत गर्दै स्रोतले लोकान्तरसँग भन्यो । 

ओलीले अध्यक्ष छाड्ने राष्ट्रपति भण्डारीको प्रस्तावमा नेताहरू सहमत नभएपछि नेकपाभित्रको विवाद तत्कालै हल हुने सम्भावना न्यून भएर गएको विश्लेषण गरिएको छ । 

‘पार्टी पनि नफुट्ने र राजीनामा पनि गर्नु नपर्ने गरी या तपाईंहरू विकल्प खोज्नुस् या सरकारको विकल्प स्वीकार्न तयार रहनुस्,’ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । 

भेटमा प्रचण्ड, खनाल र नेपालले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने हल्ला निराधार रहेको भन्दै त्यस्तो अफवाहको विश्वास नगर्न राष्ट्रपति भण्डारीसँग आग्रह गरेका थिए । 

राष्ट्रपतिविरुद्ध आफूहरूले षड्यन्त्र गरेको भन्ने प्रधानमन्त्री ओलीको आरोपपछि प्रचण्ड, नेपाल र खनालले राष्ट्रपतिसँग भेट्न समय लिएका थिए । 

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरूसँगको भेटमा राष्ट्रपतिविरुद्ध षड्यन्त्र भइरहेको बताएका थिए । 

राष्ट्रपतिसँगको भेटपछि ओलीसँग वार्ता गर्न प्रचण्ड बालुवाटार पुगेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x