अबेरसम्म मोबाइल चलाउने बानी छ भने बेलैमा ध्यान दिन जरुरी

राति अबेरसम्म मोबाइल फोन चलाउँदा मलद्वारको क्यान्सरको खतरा बढ्ने एक अध्ययनले देखाएको छ । उक्त अध्ययनमा एलईडीले निकालेको नीलो प्रकाशको अनुसन्धान गरिएको थियो । 

मोबाइल फोन र ट्याब्लेटका स्क्रीनहरूले नीलो प्रकाश फ्याँक्ने गर्छन् । 


Advertisement

स्पेनमा रहेको बार्सिलोना इन्स्टिच्युट फर ग्लोबल हेल्थका अनुसन्धाताहरूले बार्सिलोना र मड्रिडमा रहेका १९ सय ८३ जनामा अनुसन्धान गरेका थिए । तीमध्ये ६६१ जनामा मलद्वारको क्यान्सर थियो । 

इन्टरनेसनल स्पेस स्टेसनबाट प्राप्त भूउपग्रहीय तस्वीरको उपयोग सडकबत्ती तथा होर्डिङ बोर्डबाट आउने प्रकाशको एक्सपोजरको तह अध्ययन गर्न उपयोग गरिएको थियो । 


Advertisement

नीलो प्रकाशको अत्यधिक एक्सपोजर हुने क्षेत्रमा बस्ने मानिसहरूमा मलद्वारको क्यान्सर हुने खतरा सबभन्दा बढी भएको अध्ययनले देखाएको छ । 

मुख्य अनुसन्धाता डा मानोलिस कोगेभिनासले मानिसहरू, विशेषगरी युवावर्ग, ट्याब्लेट र स्मार्टफोनमार्फत नीलो प्रकाशमा अत्यधिक एक्सपोज हुने भएकाले क्यान्सरको खतरा बढी रहेको बताए । 

राति फोनले फ्याँक्ने नीलो कृत्रिम प्रकाशले स्तन र प्रोस्टेटको क्यान्सर पनि गराउने अन्य अध्ययनहरूले देखाएका छन् । 

द डेली मेलबाट
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्