×

NIC ASIA

नेपालको जडीबुटीमा तस्करको राज, तिनैलाई सघाउँदै प्रहरी र कर्मचारी

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels
काठमाडौं, २० वैशाख — नेपाल रहेको जडिबुटी दिन प्रतिदिन घट्न थालेको छ । नेपालमा रहेको जडिबुटी सिध्याउन तस्करहरु सक्रिय भएपपछि जडिबुटी घट्न थालेको हो ।

तस्करले जडिबुटीमाथि दोहन गरिरहँदा तिनै तस्करलाई प्रहरी, कर्मचारी र व्यापारीहरुले सघाइरहेको जानकारहरू बताउँछन् । सन् २०१२ मा ताप्लेजुङबाट मात्र ४५ टन सतुवा निकासी भएको थियो तर, सन् २०१६ सम्म आइपुग्दा यो परिमाण घटेर १५ टनमा सिमिति भयो । यसबाट स्पष्ट देखिँदै छ की जडिबुटीको उत्पादन घट्दै छ ।

त्यस्तै जटामसीमा पनि दिन प्रतिदिन आक्रमण भइरहेको छ । सामान्यतया भदौदेखि कात्तिकसम्मको समय जटामसी संकलनका लागि राम्रो मानिन्छ । तर आजभोलि साउन महिना सम्ममै जटामसी संकलन भइसक्छ । टिप्ने समय भन्दा चाडो टिप्दा जटामसीको उत्पादन पनि घट्दै गएको स्थानीयहरु बताउँछन् ।

नेपाल आयुर्वेद औषधि उत्पादक संघका महासचिव मानहादुर साउदले अनियत्रिन्त संकलनलाई यस्तै खुलेआम छाडिदिने हो भने निकट भविष्यमै आयुर्वेदिक औषधि उत्पादनमा ठप्प हुने बताए । जानकारहरुका अनुसार मनलागि रुपमा जथाभावी संकलन गर्दै नेपाली वनमा जडीबुटी मासिँदै गएका छन् ।

करोडौं मुल्यको जडीबुटी तस्करी

हरेक वर्ष करोडौं मुल्यको जडिबुटी तस्करी हुन थालेपछि उत्पादन पनि घट्दै गएको हो । क्षेत्रीय प्रहरी कार्यालय, सुर्खेतका अनुसार आर्थिक वर्ष २०७२/७३ मा मात्र त्यस क्षेत्रबाट १ करोड ४६ लाख मुल्य बरारको जडीबुटी बरामद् भयो ।
यो जडिबुटी, कालीकोट, मुगु, रोल्पा र रुकुमबाट अवैध रूपले भारत लैजान लागिएको अवस्थामा बरामद भएको थियो । यो तथ्याङ्कबाट के स्पष्ट हुन्छ भने नेपालबाट ठूलो परिमाणमा जडीबुटी भारत तर्फ तस्करी भइरहेको छ । जानकारहरुका अनुसार कहिलेकाहीं वन कर्मचारी, व्यापारी र प्रहरी सबैको ‘लाइन’ नमिल्दा मात्र अवैध जडीबुटी बरामद हुन्छ । ‘लाइन’ मिलेको बेला निरन्तर रुपमा अहिले पनि तस्करी भइरहेको छ ।

विदेशी उद्योग मालामाल तर नेपाली उद्योग भुक्काटाट

नेपालबाट वैध–अवैध रूपले वार्षिक अर्बौं रुपैया“को जडीबुटी बाहिर गइरहेको छ । तर स्वदेशकै आयुर्वेद औषधि उत्पादकहरू भने जहिल्यै कच्चा पदार्थको अभावमा हुन्छन् ।

सिंहदरबार वैद्यखाना विकास समितिले आर्थिक बर्ष २०७१÷७२ मा ९३ प्रकारका जडीबुटी आवश्यक भएको भन्दै बोलपत्र आह्वान गरेको थियो । तर ठेकेदारहरूले ४० किसिमका मात्र उपलब्ध गराउन सके । आर्थिक बर्ष २०७२/७३ मै तीनसय किलो हड्चुरका लागि बोलपत्र आह्वान गर्दा आपूर्ति नै हुन सकेन ।

वैद्यखानाले २०७१/७२ मा आवश्यक जडीबुटी नपाउ“दा योजना बनाएजति बाजिगर शक्ति, अश्वगन्धा चूर्ण, च्यवनप्रास, तुल्सी चिया आदिको उत्पादन गर्न सकेन । निजी क्षेत्रका आयुवेर्दिक औषधि उद्योगहरूको अवस्था झनै खराब छ । सिंहदरबार वैद्यखानाका प्रबन्ध निर्देशक डा.राजेन्द्र गिरीले नेपालको जडीबुटी नेपालकै उद्योगहरुले नपाउनु अत्यन्तै दुखद भएको बताए ।

कति हुन्छ नेपालबाट जडीबुटी निकासी ?

निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्क अनुसार, आव २०७२÷७३ मा नेपालबाट ६८ करोडको यार्सागुम्बासहित १ अर्ब २४ करोडको जडीबुटी निकासी भएको छ । तीमध्ये ३८ करोडको जडीबुटी भारत निकासी भएको छ । केन्दका अनुसार अहिले नेपालमा वार्षिक २५ देखि ३० हजार टन जडीबुटी उत्पादन हुन्छ ।

बैद्यखानाको बेहाल

सिंहदरबार वैद्यखाना दक्षिणएशियामै आयुवेर्दिक औषधि उत्पादन गर्ने पुरानो संस्था हो । अव्यावहारिक सरकारी नीतिले बा“धिनुपर्ने बाध्यताका कारण ३ सय ७५ वर्ष पुरानो यो संस्था अहिले धेरै कमजोर बनेको छ ।

सार्वजनिक खरीद ऐन अनुसारको खरीद प्रक्रियाका कारण समयमै उत्पादन बजारमा पु¥याउन नसक्नु वैद्यखानाको सबभन्दा ठूलो कमजोरी हो । अहिले बैद्यखानको अस्था दयनिय छ । भनेको परिमाणमा कच्चपदार्थ समेत संकलन गर्न सकिरहेको छैन ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

जेठ ४, २०८१

जनताको सेवाका लागि राजनीति गरेको दाबी गर्ने नेताहरू मन्त्री बनेलगत्तै जीवनशैली बदलेर विलासी बन्न खोज्छन् । २ महिनाअघि सरकारमा सहभागी मन्त्रीहरूले पनि निवासमा विलासिताका सामान जोड्न प्रतिस्पर्धा गरेको पाइएको ...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x