राईलाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

सरकारले सहसचिव वीरबहादुर राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। 

मन्त्रिपरिषद्को सोमबारको बैठकले राष्ट्रिय योजना आयोगका वरिष्ठ सहसचिव राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। 


Advertisement

लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले केही दिन अघि राईसहित वरिष्ठ सहसचिव चन्द्रमान श्रेष्ठ र ्गोकर्णमणि दुवाडीको नाम सचिवका लागि सिफारिस गरेको थियो। राई तेस्रो नम्बरमा रहेकोमा उनी नै सचिव बनेका हुन्।
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्