दुर्घटनामा ३ जनाको मृत्यु

प्रतिकात्मक तस्वीर

रुपन्देहीमा कार दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । 

रोहिणी गाउँपालिका–४ छिपागढमा लु२च ६७५६ नं को कार दुर्घटना हुँदा रुपन्देही ओमसतिया गाउँपालिकाका–४ का २६ वर्षीय देवेन्द्र चौधरी, कोटहीमाई गाउँपालिका–३ का २७ वर्षीय नसाप दर्जी र नवलपरासीको रामग्राम नगरपालिका–१२ का १२ वर्षीय प्रदीप ठाकुरको मृत्यु भएको प्रदेश नम्बर ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डिल्लीनारायण पाण्डेले जानकारी दिए ।


Advertisement

शुक्रवार राति कार अनियन्त्रित भइ पल्टिएपछि घाइते भएका तीनै जनाको भीम अस्पताल भैरहवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीलेले जनाएको छ । 


Advertisement

कमेन्ट गर्नुहोस्