×

NMB BANK
NIC ASIA

महिलाका लागि असुरक्षित भारत : बाटोमा जिस्क्याउनेहरूले लिए प्रतिभाशाली युवतीको ज्यान

साउन २७, २०७७

NTC
Premier Steels

भारतको ग्रेटर नोयडामा बस्ने सुदीक्षा भाटीले आफ्नो मेहनतको बलमा अमेरिकाको छात्रवृत्ति पाएकी थिइन् । 

Muktinath Bank

उनका पिता चिया बेचेर परिवारको भरणपोषण गर्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवार दिउँसो मामाघर जाँदै गर्दा बुलन्दशहरमा युवकहरूले उनलाई जिस्क्याउँदा दुर्घटनामा परी उनको मृत्यु भयो । सुदीक्षा बाइकमा रहेका युवकबाट बच्नका लागि हतारहतार अघि बढ्दै गर्दा सन्तुलन बिग्रिएर सडकमा लडिन् र उनको मृत्यु भयो । 
 


Advertisment
Nabil box
Kumari

प्रतिभाशाली छोरी गुमाउनुपर्दा परिवार नै छिन्नभिन्न हुन पुगेको छ । 

Vianet communication

पिता जितेन्द्र भाटी चियापसल चलाउँछन् । उनले भने, ‘एउटा तार टुटेको छ । प्रहरीबाट मलाई न्याय चाहिएको छैन । मेरी छोरीलाई न्याय चाहिएको हो । उसको कुनै दोष थिएन । अमेरिका जानुअघि ऊ मामालाई भेट्न चाहन्थी ।’

सन् २०१८ को सीबीएसई परीक्षामा ९८ प्रतिशत अंक ल्याएर बुलन्दशहर टपेको पिताले जानकारी दिए । 

सन् २०१८ को अगस्टमा उनी अमेरिका गएकी थिइन् । त्यहाँ बबसन कलेजमा उनी बिजनेस म्यानेजमेन्टको कोर्स गरिरहेकी थिइन् । उनले ३.८० करोड भारुको छात्रवृत्ति पाएकी थिइन् । 

गत जुन महिनामा भारत आएकी सुदीक्षा अगस्ट २० मा अमेरिका फर्कन खोज्दै थिइन् । 
 

सुदीक्षा आफ्ना दाइ निगमसँग स्कूटीमा चढेर मामाघर माधवगढ जाँदै थिइन् । उनीहरू बुलन्दशहर–गढ राजमार्गस्थित चरौरा मुस्तफाबाद गाउँको मोड नजिक पुगे । 

बुलेट बाइकमा रहेको एक युवकले उनीहरूको बाइकलाई बारम्बार ओभरटेक गर्दै जिस्क्याइरहेको आरोप छ । उसले स्कूटी अगाडि आएर झ्याप्पै ब्रेक लगाएपछि निगमले स्कूटीमा नियन्त्रण गुमाएको र दुवैजना स्कूटीबाट लडेको बताइएको छ । 

निगमलाई गम्भीर चोटपटक लागेको छ भने सुदीक्षाको मृत्यु भयो । 

बुलेट बाइकमा रहेका मानिसहरू फरार भए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x