२२ असार २०८३, सोमबार

अध्यक्ष ओली र चिनियाँ राजदूतबीच भेटवार्ता

कात्तिक २०, २०७४
अध्यक्ष ओली र चिनियाँ राजदूतबीच भेटवार्ता

 

काठमाडौँ, २१ वैशाख - नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत यु हङले भेटवार्ता गर्नुभएको छ ।

पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा कुराकानी गरिएको दलका उपनेता सुवास नेम्वाङले बताउनुभयो ।

राजदूत हङले स्थानीय तहको निर्वाचन र संविधान संशोधनका विषयमा अध्यक्ष ओलीसँग जिज्ञासा राख्नुभएको थियो । सो अवसरमा अध्यक्ष ओलीले पहिलो चरणको निर्वाचन सम्पन्न गर्न सबै दल एकजुट भएर लाग्ने जानकारी गराउनुभएको थियो । रासस

salt training

कमेन्ट गर्नुहोस्