ओली र प्रचण्ड विरुद्धको अवहेलना मुद्दा तामेलीमा

फाइल फोटो

सर्वोच्च अदालतले प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दालाई तामेलीमा राख्ने निर्णय गरेको छ ।

न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले तत्कालीन एमाले र माओवादी केन्द्रका अध्यक्षका हैसियतमा दायर भएको अवहेलना मुद्दा तामेलीमा पठाउने आदेश दिएको हो । अवहेलना मुद्दाको औचित्य समाप्त भएपछि अदालतले तामेलीमा पठाउने निर्णय गरेको हो ।


Advertisement

२०७४ मंसिर १० गतेको प्रतिनिधिसभा चुनावमा वाम गठबन्धन बनाएर निर्वाचनमा होमिएका २ दलका अध्यक्षले जसरी पनि चुनाव हुनुपर्ने अभिव्यक्ति दिएका थिए । तत्कालीन राजपाका नेता सर्वेन्द्रनाथ शुक्लाले प्रदेशसभा र प्रतिनिधि सभाको चुनाव छुट्टाछुट्टै हुनुपर्ने भन्दै रिट दायर गरेका थिए ।

उनीहरूको अभिव्यक्ति सर्वोच्चको आदेशविपरीत भएको भन्दै २०७४ कात्तिक १३ गते अवहेलना मुद्दा दायर गरिएको थियो । राजधानी दैनिकमा खबर छ ।


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्