×

NMB BANK
NIC ASIA

काठमाडौं उपत्यकाभित्र प्रमुख ११ स्थानहरुमा यात्रु सहायता कक्ष

कात्तिक २, २०७७

NTC
Premier Steels

उपत्यकाका ११ विभिन्न स्थानहरुमा काठमाडौँ महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवस्था विभाग, नाडा, सिप्रदी र सिप्रदियन सहायता संस्थाको सहकार्यमा यात्रु सहायता कक्ष सुरु भएको छ ।  

Muktinath Bank

सिप्रदी ट्रेडिङ्ग प्रा.लि. र सिप्रदियन सहायता संस्थाद्वारा काठमाडौँ महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवस्था विभाग, र नाडाको सहकार्यमा काठमाडौं जिल्लाभित्र ११ विभिन्न ठाउँमा यात्रु सहायता कक्षको व्यवस्था गरिएको छ । चाडपर्व र अहिलेको प्रतिकूल स्थितिलाई मध्यनजर गर्दै बल्खु, गोंगबु बसपार्क, फर्पिङ्ग, गौशाला, कलंकी, कोटेश्वर, माछापोखरी, सुन्धारा, पुरानो बसपार्क, नागढुंगा र जगातीमा यात्रु सहायता कक्ष शुरु भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सामाजिक दुरी कायम गर्दै गोंगबु बसपार्कमा आयोजित सहायता कक्ष हस्तान्तरण कार्यक्रममा सिप्रदियन सहायता संस्थाका तर्फबाट रजत श्रेष्ठ, टाटा मोटर्स कमर्शियल गाडीका तर्फबाट सुरज सिंह, यातायात व्यवस्था विभागका तर्फबाट केशव जम्मरकट्टेल, लगायत महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल प्रहरीका तर्फबाट कर्मचारी प्रतिनिधिहरु उपस्थित थिए। उक्त कार्यक्रममा सहायता कक्षका साथै हरेक कक्षमा उपस्थित हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका तथा नेपाल प्रहरीका कर्मचारीहरुलाई स्यनिटैजर, मास्क, फेस भाइजर, डिसिन्फेक्टेन्ट हस्तान्तरण गरेका थिए ।


Advertisment
Nabil box
Kumari

गत वर्षभन्दा यो वर्ष दशैं मनाउनको लागि उपत्यका छोड्ने यात्रुहरुको अनुमान कम गरिएको भए पनि, जाने यात्रुहरुलाई टिकट बुकिङका क्रममा बिभिन्न खालका समस्याहरु भोग्नु नपरोस भनेर यो यात्रु सहायता कक्ष राखिएको हो । उपभोक्ता संघ तथा महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार धेरैजसो महंगो टिकट मूल्य, टिकट नपाउने र बस चढ्ने बेलामा समस्याहरु यात्रुहरुले भोग्नुपर्ने गुनासो आइरहेकोले यसलाई न्युनिकरण गर्ने उदेश्यले सहायता कक्ष संचालन गरिएको हो ।

Vianet communication

साथै, एउटै सिटको टिकट धेरैलाई विक्रि गर्ने र बसका कर्मचारीबाट अनुचित व्यवहार भोग्नुपर्ने जस्ता समस्या विगतमा दर्ता गरिएका थिए । त्यसैले, यस्ता अप्रिय अवस्था रोक्न, यात्रु सहायता कक्ष शहरका विभिन्न स्थानहरुमा स्थापना गरिएका छन् । यी यात्रु सहायता कक्षहरुले निश्चित टिकट दरको बारेमा जानकारी उपलब्ध गराउने र गुनासो सुन्ने गरेका छन् हरेक यात्रु सहायता कक्षमा महानगरीय ट्राफिक प्रहरी प्रभाग, यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, उपभोक्ता समूहका प्रतिनिधीहरु रहन्छन् ।

यसको साथै यो वर्ष कोरोनाको महामारीको जोखिम र चुनौतीलाई मध्यनजर गर्दै प्रतिरोधको व्यवस्थापनका  सुचना पनि यो कक्षबाट दिने तयारी गरिएको छ । त्यसैले आवतजावतको क्रममा सामाजिक दुरी कायम गर्ने, मास्कको उचित प्रयोग गर्ने र स्यनिटाइजरको प्रयोग जस्ता सुचना यो कक्षबाट प्रदान गरिने भएको छ ।

यी सहायता कक्षहरुमा यात्रा दूरीसहित टिकटको मूल्यको साथै कोरोना नियन्त्रणको विषयमा जानकारी पनि राखिएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २९, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ भने गोलभेँडा...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

बैशाख २६, २०८१

एलआरआर ग्रुपले चीनमा निर्मित चेरीको सब–ब्रान्ड काई एक्स–३प्रो विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ। नेपाली बजारको आवश्यकता र विद्युतीय सवारीप्रति बढ्दो मागलाई लक्षित गरेर एल आरआर ग्रुपले विद्युती...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

बैशाख १९, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकेको ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x