×

NMB BANK
NIC ASIA

हर्ड इम्युनिटीमा छैन वैज्ञानिक आधार, नयाँ पत्रमा गरियो दाबी

कात्तिक ३, २०७७

NTC
Premier Steels

अन्तर्राष्ट्रिय अनुसन्धाताहरूले हर्ड इम्युनिटीको रणनीतिलाई खारेज गरेका छन् । 

Muktinath Bank

केही विशेषज्ञहरूले कम जोखिममा रहेका युवालाई भाइरसबाट संक्रमित हुन दिएर हर्ड इम्युनिटी बनाउनुपर्ने भनी यसअघि धारणा राखेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर ८० जना अन्तर्राष्ट्रिय अनुसन्धाताहरूले कोभिड महामारीको सामना गर्न हर्ड इम्युनिटी खतरनाक अवधारणा भएको बताए । उनीहरूको पत्र मेडिकल जर्नल ल्यान्सेटमा प्रकाशित भएको छ । 


Advertisment
Nabil box
Kumari

हर्ड इम्युनिटीका पक्षधरहरूले यसलाई रणनीतिका रूपमा अंगीकार गरेर लकडाउन लगायतका प्रतिबन्धलाई अन्त्य गर्नुपर्ने भनी वकालत गरेका थिए । हजारौं विशेषज्ञ, चिकित्सक र सर्वसाधारणको हस्ताक्षर त्यसमा परेको बताइएको थियो । तर त्यसमा अनेकौं मानिसको हस्ताक्षर कीर्ते रहेको पाइयो । 

Vianet communication

ल्यान्सेटमा प्रकाशित नयाँ पत्रमा हर्ड इम्युनिटी सिद्धान्तको कुनै वैज्ञानिक आधार नरहेको भनी लेखिएको छ । यस पत्रमा हस्ताक्षर गर्नेहरू जनस्वास्थ्यविद्, भाइरस विज्ञान, सरुवा रोग र अन्य वैज्ञानिक क्षेत्रका मानिस छन् ।

उनीहरूका अनुसार, युवाहरूमा कोभिड–१९ फैलिन दिने हो भने समग्र जनसंख्या खतरामा पर्न सक्छ । अनि कोभिडले कसलाई बढी प्रभावित पार्छ र कुन वर्ग सबभन्दा कम प्रभावित हुन्छ भन्ने कुरा पनि अहिल्यै बताउन सकिँदैन । 

युवा र स्वस्थ मानिसमा कोभिडका दीर्घकालीन लक्षणहरू देखिएको पनि उनीहरूले उल्लेख गरे । अनि कोभिडबाट प्राकृतिक रूपमा संक्रमित भएका मानिसमा दीर्घकालीन स्थायी इम्युनिटी उत्पन्न हुने कुनै ठोस प्रमाण नपाइएको पनि उनीहरूको कथन छ । 

त्यसैले धेरै मानिसहरूलाई संक्रमित हुन दिँदा महामारी अन्त्य नहुने बरू उल्टो बारम्बार महामारीहरू उत्पन्न हुने र स्वास्थ्यकर्मी तथा अर्थव्यवस्थामा अनावश्यक बोझ पर्ने उनीहरूको भनाइ छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x