स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि अस्पताल सिल

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सिरहाको लहानस्थित फ्रेन्ड्स मोडेल अस्पताल सिल गरिएको छ ।

अस्पतालमा कार्यरत ३० वर्षीया ल्याब टेक्निसियन र अर्का २८ वर्षीय स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल सिल गरिएको हो ।


Advertisement

कात्तिक १९ गते लहान नगरपालिकाले ४० जनाको निःशुल्क स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा अस्पतालका २ स्वास्थ्यकर्मीसहित २० जनाको रिपोर्ट पोजेटिभ आएका नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवले जानकारी दिए ।

संक्रमित सबै होम आइसोलेसनमा रहेको जनाइएको छ । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङको कार्य भइरहेको प्रमुख यादवले बताए ।


Advertisement

कमेन्ट गर्नुहोस्