लुम्बिनी प्रदेश सरकारले बुटवलमा शेयर बजारको क्षेत्रलाई विस्तार गर्ने तयारी गरिरहेको छ । नेकपा लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेशको राजधानी भालुवाङ सरे पनि धितोपत्र बोर्डको कार्यालय बुटवलमा स्थापना गरेर आर्थिक क्षेत्रको विकासमा जोड दिइने बताए । उनले प्रदेशमा शेयर बजारको दायरा फराकिलो बनाउने गरी प्रदेश सरकारले काम गरिरहेको जानकारी दिए ।
आज रुपन्देहीको सैनामैनामा व्यापार सङ्घले आयोजना गरेको संस्थाको पाँचौँ अधिवेशनमा उनले लुम्बिनी प्रदेशमा शेयर बजारको सम्भावना रहेकाले प्रदेश सरकारले शेयर बजारलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए ।
रासस