नेपाली बजारमा सोमवार सुनको मूल्यमा गिरावट आएको छ ।
सोमवार छापावाल सुनको मूल्य प्रति तोला ९० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
सोमवार तेजाबी सुनको मूल्य प्रति तोला ८९ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार, सोमवार चाँदीको मूल्यमा पनि गिरावट आएको छ ।
यस दिन चाँदी प्रति तोला १ हजार १ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी १ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
लोकान्तर संवाददाता