मंसिर ५, २०८०
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
तीन दिदीबहिनीले आफ्नो पिताको हत्या गरिदिए । यस खबरले रुसभरि सनसनी मच्चायो ।
पिताको हत्या गर्दा एन्जेलिना १८, मारिया १७ र क्रिस्टिना १९ वर्षका थिए ।
घटना सन् २०१८ को जुलाई २७ मा भएको हो । मिखाइल खैचतूरयान नामक व्यक्तिलाई आफ्नै घरमा चक्कु र हतौडाले आक्रमण गरी नराम्रो घाइते बनाएपछि मृत्यु भएको हो ।
प्रहरीले हत्याको आरोपमा मिखाइलका तीन छोरीहरूलाई पक्राउ गरेको थियो ।
पितालाई किन मारेको भनी दिदीबहिनीलाई सोध्दा उनीहरूले दिएको जवाफले रुस मात्र नभई संसारलाई स्तब्ध बनायो ।
घटनाको दिन मिखाइलले तीनैजना छोरीलाई आफ्नो कोठामा बोलाए अनि भुइँ राम्ररी सफा नगरेको भन्दै गाली गरे र अनुहारमा खुर्सानी फ्याँके ।
त्यसको केही समयपछि मिखाइल सुते । अनि तीन दिदीबहिनीले उसमाथि चक्कु, हतौडा र खुर्सानीको धूलोले आक्रमण गरे । उसको शरीरमा चक्कुले गरेको आक्रमणको ३० वटा घाउ देखियो ।
त्यसपछि दिदीबहिनीले प्रहरीलाई कल गरे अनि उनीहरूलाई घटनास्थलबाट पक्राउ गरियो ।
प्रहरीले अनुसन्धान गर्दा मिखाइलले परिवारमाथि गरेको क्रूरताको इतिहास खोतलियो ।
विगत तीन वर्षदेखि मिखाइलले छोरीहरूलाई कुटपिट गर्ने गरेको, थुनेर राख्ने गरेको र यौन शोषण गर्ने गरेको थियो ।
दिदीबहिनीले पिताविरुद्ध अभियोगका लागि अनेकौं प्रमाण दिए ।
क्रिस्टिनाले भनिन्, ‘हाम्रा पिता विवाहेतर सम्बन्ध पाप हो भन्थे । तर हामी त उनका छोरी हौं । हामीलाई उनी शोषण गर्थे र हामीले चुपचाप स्वीकार गर्नुपर्थ्यो ।’
उनी थप्छिन्, ‘उहाँसँग एउटा विशेष घन्टी थियो र उहाँ त्यो दिनरात जतिखेर पनि बजाउनुहुन्थ्यो । घन्टी सुन्नेबित्तिकै हामीमध्ये एक उपस्थित भइहाल्नुपर्थ्यो । अनि उहाँले जे चाहेको हो, त्यो दिइहाल्नुपर्थ्यो । खाना, पानी, सुख जे पनि । हामीले दासी जस्तो भएर सेवा गर्नुपर्थ्यो ।’
मिखाइलकी पत्नी अरेलियाले भनिन्, ‘पतिले मलाई कुट्ने गर्थे र यौन हिंसा पनि गर्थे ।’
सन् २०१५ मा मिखाइलले आफूलाई घरबाट निकालेको पनि अरेलियाले बताइन् ।
‘मिखाइलले प्रहरीलाई चिनेका थिए । त्यसैले प्रहरीमा गएर उजुरी गर्नुको अर्थ थिएन । त्यसो गर्नु खतरनाक हुन्थ्यो,’ उनले भनिन् ।
आफूलाई घरबाट निकालिनुअघि नै पतिले छोरीहरूमाथि क्रूरता गर्ने गरेको उनले बताइन् ।
माहिली छोरी एन्जेलिना भन्छिन्, ‘सन् २०१४ मा मस्कोबाट आएपछि पिताले मलाई अनेकौं काम गर्न लगाए । उनले मेरा गुप्तांगहरू छोए । हप्तामा एकपटक वा बढी पनि यस्तो हुन्थ्यो । मैले दिदी र बहिनीलाई यो सुनाएँ । दिदी क्रिस्टिनाले पनि पिताबाट यौन शोषण भएको बताइन् । उसले एकपटक थुप्रो औषधि पनि खाएकी थिई ।’
दिदीबहिनीलाई आफ्नो जीवन नरक बनेको जस्तो लागेको थियो । उनीहरूले दुःखको सागरबाट निस्कने आशा नै गर्न सकेका थिएनन् ।
पिता सुतिरहेको बेलामा आफूहरूले चक्कु र हतौडाले हानेको उनीहरूले प्रहरीलाई बताए ।
विगत एक वर्षदेखि यी दिदीबहिनीलाई थुनामुक्त गर्नका लागि माग राख्दै जुलुसहरू भइरहेका छन् । मानवअधिकारकर्मीहरूले उनीहरूलाई अपराधी नभई पीडितका रूपमा हेर्नुपर्ने माग पनि राखे ।
पिताबाट आफूहरूले संरक्षण पाउनुपर्नेमा शोषण भएको र पिताले यस विषयमा कुनै सहायता नगर्ने भएकाले जघन्य कदम उठाउनुपरेको बताए ।
तर मानिसहरूको धारणा यसमा विभाजित छ ।
एकथरी मानिस यी किशोरीहरूले आत्मरक्षामा पिताको हत्या गरेको मान्छन् भने अन्य चाहिँ यो जानीबुझी गरिएको हत्या भन्छन् ।
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...