२२ असार २०८३, सोमबार

सरकार विकास र समृद्धिमा केन्द्रित हुन्छ : मन्त्री साह

सरकार विकास र समृद्धिमा केन्द्रित हुन्छ : मन्त्री साह

शहरी विकासमन्त्री प्रभु साहले सरकार जनताका आर्थिक विकास तथा समृद्धिमा केन्द्रित हुने बताएका छन् । जनकपुरधाममा आज आयोजित सङ्घीय सरकारअन्तर्गत आयोजनाको कार्यान्वयनमा देखिएका समस्याको समाधान विषयक वृहत छलफलमा मन्त्री साहले कुनै पनि पूर्वाधारमा लगानी गर्दा जनताको आर्थिक उपार्जनमा मद्दत पुग्ने गर्न प्रदेश तथा स्थानीय सरकारसँग आग्रह गरे ।
 उनले प्रदेश राजधानी जनकपुरधामको विकासका लागि सङ्घीय सरकार लगानी गर्न तयार रहेको बताए ।

शहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहले जनकपुरधामलाई धार्मिक शहरको रुपमा विकास गर्न मन्त्रालय तयार रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्