×

रुघाखोकी यसरी बिग्रेर निमोनिया बन्न सक्छ, सचेत रहनुहोस्

पुस २१, २०७७

मौसम परिवर्तनसँगै रुघा खोकी लाग्नु सामान्य समस्या बनिसकेको छ । त्यसमा पनि धुवा धूलो लगायतका कारण रुघा खोकी लगातार लागिरहने समस्यमा हुने गरेको छ । 

तर मौसमी रुघाखोकीमा सतर्क हुन चिकित्सकहरुले सुझाव दिने गरेका छन् । 


Advertisment

रुघा लागेमा आफैले मेडिकलबाट औषधि किनेर खाने गर्नुभएको छ भने त्यसो गर्नु प्रत्युत्पादनक हुन सक्छ । त्यसैले रुघा लागेमा त्यसलाई सामान्य ठानेर जथाभावी औषधी खाँदा समस्या उत्पन्न हुन सक्छ । 


Advertisment

रुघाखोकी बिग्रेस निमोनिया भएपछि तथा स्वास प्रश्वास सम्बन्धी पुराना रोग भएकाहरु दम बढेर अन्योलमा परेपछि मात्र अस्पताल जाने प्रचलन रहेको छ । यस बाहेर घाँटी दुख्ने आँखा चिलाउने ज्वरो आउँने। शरीर दुख्ने, सुख्खा खोकी लाग्ने लगातका समस्या उत्पन्न हुन्छ । पसलबाट आफूखुसी औषधि किनेर खाँदा कतिपय अवस्थामा समस्या उत्पन्न हुनसक्छ ।  त्यसैले चिकित्सकको सल्लाहविना औषधिको प्रयोग गर्न हुँदैन । 

मौसम परिवर्तन हुँदा देखिने मौसमी फ्लुको समयमै उपचार नगर्दा विशेष गरी बालबालिका र दमका रोगीहरूलाई यसले बढी दुःख दिने भएकाले यस्ता उमेरकालाई विशेष सतर्क रहन चिकित्सकको सुझाव छ । मौसमी रुघाखोकीको बेलैमा उपचार नगर्दा युवाहरूमा पनि किटाणुजन्य संक्रमणले जटिलता ल्याउने भएकाले सबैले सचेत रहनुपर्ने उनीहरू बताउँछन्।

सकेसम्म सामूहिक भेटघाटमा कम जाने, सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा मास्कको प्रयोग गर्न नछुटाउने, सार्वजनिक गाडी तथा भवनका झ्याल, ढोका, चुक्कुल आदि छोएपछि साबुन पानीले राम्रोसँग हात धुनुपर्ने चिकित्सकहरूको सुझाव छ । किनकि यस्ता स्थानबाट फ्लुका भाइरस एकबाट अर्कोमा सर्ने खतरा हुन्छ । यस्तै प्रभावित व्यक्तिनजिक बस्दा पनि भाइरस सर्ने भएकाले मास्कको प्रयोग गर्नुपर्ने चिकित्सको सल्लाह छ।

होसियारी अपनाउँदा अपनाउँदै पनि मौसमी रुघाखोकीको संक्रमण भइहालेमा भने युवा तथा प्रतिरक्षा क्षमता बलियो भएकाहरू एक/दुई घरैमा  आराम गरेर बस्ने, झोलकुरा प्रशस्त खाने, रुघाखोकीमा राहत दिने किसिमका खानेकुराहरू खाने, धुलो र चिसोमा बढी नहिंड्ने गरेमा केही दिनमा निको पनि हुन सक्छ।

तर दम, दीर्घरोगी, बालबालिका, वृद्धहरूले भने रुघाखोकीका लक्षण देखिनेबित्तिकै चिकित्सकको निर्देशनमा औषधि लिनुपर्ने चिकित्सकको सुझाव छ।  

जेठ ८, २०८१

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाले सञ्चालनमा ल्याएको ‘आमा बचाउ’ अभियानबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित भएका छन् ।​ अभियानअन्तर्गत शुरूमा गाउँपालिकाका हरेक वडाबाट महिला स्व...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

असार ११, २०८१

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

असार १९, २०८१

नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नयाँ सत्ता समीकरण बन्ने भएसँगै ‘संविधान संशोधन’ गर्ने विषय मुख्यरूपमा अघि सारिएको छ । यसले परिवर्तनका उपलब्धिलाई प्रतिबन्धित गर्छ कि गर्दैन भन्ने गम्भीर प्रश्न पनि उ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

x