×

देखियो भट्टको प्रभाव

पुस २५, २०७७

धनगढी : नेकपा ओली समूहले धनगढीमा आयोजना गरेको बृहत् आमसभामा कम्तीमा ७० हजार संख्यामा जनसहभागिता जुट्यो। साविक एमाले वा एकीकृत नेकपाकै कुनै कार्यक्रममा पनि यति संख्या पुग्न सकेको थिएन। पार्टी फुटेलगत्तै भएको सुदूरपश्चिम प्रदेशको यो शक्ति प्रदर्शन सम्भव तुल्याएका हुन् मन्त्री लेखराज भट्टले।

सुुदूरपश्चिममा प्रभावशाली बनेका भट्टले आफ्नो राजनीतिक आयतन विस्तार गर्न अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रबार धनगढी उतारेका थिए। र, यहाँको व्यापक जनसहभागिताबाट त्यसलाई चरितार्थ गराए। 


Advertisment

माओवादी युद्धको पृष्ठभूमिबाट आएका भट्ट अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र मानिन्थे। पार्टी एकीकरणका बेला उनलाई कुनै पनि पद दिइएन। सुदूरपश्चिमको इन्चार्ज बनाइए साविक एमालेका नेता भीम रावल। दाहालकै मनसायबाट रावललाई च्यापेर आफूलाई किनारीकृत गरिएको पाएपछि उनी असन्तुष्ट बनेका थिए। 


Advertisment

पार्टी एकीकरणको अढाई वर्षपछि मात्रै भट्ट ओली नेतृत्वको सरकारमा वाणिज्य तथा आपूर्तिमन्त्री भएका थिए। रावललाई मन्त्री बनाउने दबाब पन्छाउँदै ओलीले भट्टलाई साथ लिएका थिए। रावल पार्टी इन्चार्ज भइसकेकाले उनैलाई दोब्बर पद दिनु न्यायसंगत नहुने ओलीको तर्क थियो।  त्यसपछि दुई नेताको राजनीतिक धार बदलियो। रावल ओलीका कट्टर विरोधी बने।

भट्ट दाहालको प्यानल त्यागेर ओलीनिकट भए। पछिल्लो पार्टी विभाजनका गतिविधिमा खुलेरै ओलीलाई साथ थिए। भट्ट हाल ओली पक्षका सुदूरपश्चिम इन्चार्ज हुन्। नेता भट्टले २०६४ को संविधानसभा निर्वाचनमा सुदूरपश्चिम विकासको अवधारणा सार्वजनिक गरेका थिए। उनले उत्तरमा चीनसँगको नाका र दक्षिणमा भारतसँगको सुख्खा बन्दरगाहले मात्रै सुदूरपश्चिमको विकासको ढोका खुल्ने योजना बनाएका थिए। 

‘सुदूरपश्चिममा सुख्खा बन्दरगाह र भारतसँग अन्तदेशीय नाकाको विस्तार बाहेकको विकल्प थिएन। अझ नेपालको उत्पादन भारतमा लैजान र भारतसहित तेस्रो मुलुकको उत्पादन नेपालमा सहज रूपमा भित्र्याउन सुख्खा बन्दरगाहको कुनै विकल्प थिएन। त्यसैले ०६४ सालमै मैले सुख्खा बन्दरगाह भनेको हुँ’, नेता भट्टले अन्नपूर्णसँग भने।

त्यसले चाँडै मूर्तरूप पनि लिँदै छ। कञ्चनपुरको महाकाली नगरपालिका–२ दोधारा चादनीमा मन्त्री भट्ट स्वयंले सुख्खा बन्दरगाहको शिलान्यास गरिसकेका छन्। यो दुई वर्षमा बनिसक्ने तयारी छ। भारतले उसको चम्पावत जिल्लामा पर्ने जोडबुडा नदी हँुदै गडीगो भएर नेपालको चाँदनी नजिकै सुख्खा बन्दरगाहका लागि प्रवेश विन्दु तोकेको छ। ‘नेपालले महाकालीमा बनाएको चार लेनको सडक र त्यस नजिकै नेपाल–भारतका एकीकृत भन्सार चौकीले पनि नेपालको विकासमा टेवा पुग्छ। अझ त्यसमा अन्तरदेशीय व्यापार र आर्थिक क्षेत्रको पनि तयारी भइरहेको छ’, नेता भट्टले भने।

कैलालीको डुँडेझारीमा विशेष औद्योगिक क्षेत्र, धनगढी–अत्तरिया सडकमा औद्योगिक करिडोर, कञ्चनपुरको दैजीमा विशेष आर्थिक क्षेत्रका लागि सुरुदेखि नै लडेका भट्टको त्यो सपना पनि पूरा हुँदै छ।

पहिले दाहालका विश्वासपात्र रहेका भट्टजस्तै सुदूरपश्चिममा ओलीलाई अभियन्ताको खाँचो थियो। साविकको एमाले भएका बेला ओली पक्ष सुदूरपश्चिममा निकै कमजोर थियो। पार्टी एकीकरणपछि ३९ प्रदेशसभा सदस्य रहेको प्रदेश सभाबाट मन्त्रिपरिषद्मा ओलीका एक मात्र भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा मात्र राखिएका थिए। अहिले, ओलीको पक्षमा नेता लेखराज भट्ट, माओवादीबाट जितेका तर हालै राजीनामा गरेका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरालगायत केही नेता पनि थपिएका छन्।

‘भीम रावलको नातावाद र कृपावादका कारण पार्टीमा असन्तुष्टि व्याप्त थियो। भट्टको आगमनसँगै ओली पक्षमा इमान्दार र योग्य नेता–कार्यकर्ता थपिएका छन्’, एक प्रदेशसभा सदस्यले भने, ‘भट्टको राजनीतिक उचाइ पनि यसले बढाएको छ।’ अन्नपूर्ण पोस्टमा खबर छ ।

जेठ १३, २०८१

चालु आर्थिक वर्षको सुरुवातदेखि नै राजस्व सङ्कलनमा दबाब बेहोरिरहेको सरकारका लागि संशोधित लक्ष्य भेट्टाउन पनि मुस्किल पर्ने देखिएको छ । आर्थिक गतिविधि विस्तार हुन नसक्दा बजेटको मुख्य स्रोतका रूपमा रहेको राजस्व सङ्क...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

सत्ता उलटफेरताका नेताको दिमागमा के चल्छ ?

सत्ता उलटफेरताका नेताको दिमागमा के चल्छ ?

असार २०, २०८१

सामान्यतया दिमागी अवस्थाका बारेमा मेडिकल साइन्सका केही स्थापित तथ्य र तमाम रिसर्चहरू छन् । तर, संसारमा उथलपुथल ल्याउने केही लाइक माइन्डेड राजनीतिज्ञका दिमागहरू अलि फरक खालका हुन्छन्, जहाँ मेडिकल साइन्स र पोलिटि...

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

असार १९, २०८१

नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नयाँ सत्ता समीकरण बन्ने भएसँगै ‘संविधान संशोधन’ गर्ने विषय मुख्यरूपमा अघि सारिएको छ । यसले परिवर्तनका उपलब्धिलाई प्रतिबन्धित गर्छ कि गर्दैन भन्ने गम्भीर प्रश्न पनि उ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

x