×

NMB BANK
NIC ASIA

लयमा फर्किँदै चलचित्र उद्योग

'फ्लोरमा फिल्म'को चाप : कोरोनाले रोकिएका चलचित्र धमाधम शूटिङमा

माघ ११, २०७७

NTC
Premier Steels

कोभिड–१९ का कारण थला परेको चलचित्र उद्योग विस्तारै उठेको छ । 

Muktinath Bank

सरकारले पुस २६ गतेबाट हल खोल्ने निर्णय गरेसँगै चलचित्र छायांकनका काम धमाधम शुरू भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले नेपालमा आधा दर्जनभन्दा धेरै चलचित्र छायांकनका लागि फ्लोरमा छन् । कतिपय चलचित्रको छायांकन भर्खरै शुरू गरिएको छ भने कतिपय चलचित्रको छायांकन अन्तिम चरणमा पुगेका छन् ।


Advertisment
Nabil box
Kumari

आर्यन सिग्देल र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको चलचित्र ‘डिसेम्बर फल्स’को छायांकन पोखरामा गत सोमबारदेखि शुरू गरिएको छ ।

Vianet communication

भुवन केसीको चलचित्र ‘क्याप्टेन’ बाट डेब्यु गरेकी उपासनाले त्यसपछि रामबाबु गुरुङ निर्देशित ‘कबड्डी कबड्डी कबड्डी’मा अभिनय गरेकी थिइन् । दुवै चलचित्रबाट उपासनाले तारिफ पाइन् । त्यसपछि यो चलचित्रमा उनको इन्ट्री भएको हो ।

रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा रामप्रसाद रिजालको प्रस्तुति रहेको चलचित्रलाई भारतीय चलचित्र उद्योगमा कार्यरत प्रवीण झाले निर्देशन गर्दैछन् । 

लक्ष्मण रिजाल कार्यकारी र राजकुमार भट्ट निर्माता रहेको चलचित्रमा आर्यन र उपासनाका अलावा सुमन थापा, सलोन बस्नेत, नगेन्द्र रिजाल, दयाराम दाहाल, नरेश भट्टराईलगायतका कलाकारले अभिनय गर्नेछन् । चलचित्रलाई भारतीय फिल्म उद्योगमा व्यस्त छायांकार रवि नायडूले खिचिरहेका छन् । २०७८ साउन १ गते प्रदर्शन मिति तोकिएको यो चलचित्र काठमाडौं र पोखरामा खिचिनेछ ।

अभिनेता आकाश श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘हिँड्दा हिँड्दै’को हालै छायांकन शुरु गरिएको छ । ललितपुरस्थित गोदावरीबाट छायांकन थालिएको यो चलचित्र केही महिनाअघि घोषणा गरिएको थियो । सुशील पंगेनीको प्रस्तुतिमा तयार भैरहेको चलचित्रमा मिलन आले मगरको निर्देशन छ । यो चलचित्रमा सलोन बस्नेत, रेखा शाह लगायतका कलाकारको पनि अभिनय देख्न सकिन्छ ।

नायिका ऋचा शर्माले निर्माण तथा अभिनय गरिरहेको चलचित्र ‘कौसिद’को छायांकन पनि यतिबेला धमाधम भैरहेको छ । यो चलचित्रको छायांकन मेलम्चीवरिपरि  भैरहेको छ । चलचित्र केही हप्ताअघि घोषणा गरिएको थियो । यो चलचित्र चाबहिलस्थित गणेशस्थान मन्दिरमा शुभमुहुर्त गरेर छायांकन शुरू गरिएको थियो ।

साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्काको मुख्य भूमिका रहने चलचित्र ‘तिम्रो मेरो साथ’को एक हप्तादेखि छायांकन भइरहेको छ । यो चलचित्र डिल्लीबजारनजिकै एक होटलबाट छायांकन थालिएको थियो । 

चलचित्रलाई रमेश एम के पौडेलले निर्देशन गरिरहेका छन् । 

यो चलचित्र काठमाडौंसँगै अमेरिकामा पनि छायांकन हुने निर्माण टीमको भनाइ छ ।

अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन अन्तिम चरणमा छ । 

अहिलेसम्म ९० प्रतिशत छायांकन सकिएको छ भने केही बाँकी भागको छायांकन खिच्ने तयारी भएको छ ।

हाल अभिनेत्री सुहाना अमेरिकामा छिन् भने अनमोल नेपालमा छन् ।

धिरज मगर र जसिता गुरुङको मुख्य भूमिका रहेको चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन कात्तिक १ गतेबाट शुरू भएको थियो । यो चलचित्रको धमाधम छायांकन भइरहेको छ ।

कोरोना महामारीले रोकिएको चलचित्रको विभिन्न चरणमा छायांकन भइरहेको छ भने चलचित्रको छायांकन अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ । अहिले यो चलचित्रको छायांकन पाटन क्षेत्रमा भइरहेको छ ।

चलचित्र ‘परदेशी २’को छायांकन सक्ने अन्तिम तयारी गरिएको छ । यो चलचित्रको भीएफएक्सको काम समेत नेपालमा गर्ने भएपछि अमेरिकामा छायांकनका लागि टीम नजाने भएको छ ।

नारायण रायमाझीको निर्देशनमा वर्षा सिवाकोटी, प्रकाश सपुत, प्रशान्त तामाङ लगायतका कलाकारको अभिनय रहने यो चलचित्र आगामी दशैंमा प्रदर्शनमा ल्याउने चलचित्र निर्माण टीमको तयारी छ ।

चलचित्र ‘मनसँग मन’को एक गीतको छायांकन केही साता अगाडि काठमाडौंमा गरिएको थियो । यो गीतलाई निर्माण पक्षले सार्वजनिक समेत गरिसकेको छ । चलचित्रलाई चैत्र २७ गते रिलिज गर्ने तयारी निर्माताको छ ।
मुकुन भुसाल र मेनुका प्रधानको मुख्य भूमिका रहने चलचित्र ‘गणपति’को छायांकन शुरू गरिएको छ ।

गत बिहीवार तनहुँको बन्दीपुर गाउँपालिका थारुवासबाट यो चलचित्रको छायांकन शुरू गरिएको हो । यो चलचित्रको अधिकांश दृश्यको छायांकन बन्दीपुरमा नै हुनेछ ।

चलचित्रलाई सविन अधिकारीले निर्देशन गरिरहेका छन् । चलचित्रमा उनकै कथा, पटकथा तथा संवाद छ । चलचित्रमा लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द गिरीको लगानी छ । चलचित्रमा मुकुन र मेनुकाको साथमा सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल लगायतका कलाकारको अभिनय रहनेछ ।

निर्देशक ऋषिराज आचार्यले चलचित्र ‘चुरीफुरी’को छायांकन शुरु गरेका छन् । यो चलचित्रको छायांकन यसै हप्ताबाट शुरू गरिएको हो ।

उनले यो चलचित्रमा अधिकांश हास्य टेलिसिरियल र वेब सिरिजका कलाकारहरूलाई लिएका छन् ।

चलचित्रमा रवीन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य, सुवोध गौतम, पवन खतिवडा, सुरवीर पण्डित, सुनिता श्रेष्ठ लगायतका कलाकारको अभिनय देख्न सकिनेछ । 

तर, चलचित्रका मुख्य अभिनेता र अभिनेत्रीको नाम सार्वजनिक गरिएको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x