×

NMB BANK
NIC ASIA

जो एक दिनका लागि उत्तराखण्डकी मुख्यमन्त्री बनिन्

माघ १२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको उत्तराखण्ड राज्यकी एक १९ वर्षीया किशोरी राज्यको मुख्यमन्त्री बनेकी छन् । हरिद्वार जिल्लास्थित दौलतपुर गाउँकी सृष्टि गोस्वामी एकदिने मुख्यमन्त्री बनेसँगै उनको चर्चा भारतभर चुलियो ।

Muktinath Bank

गोस्वामी राष्ट्रिय बालिका दिवसका अवसरमा आइतबार प्रतीकात्मक रूपमा उत्तराखण्डकी मुख्यमन्त्री बनेकी हुन् । प्रतीकात्मक रूपमा नै भए पनि उत्तराखण्डमा पहिलोपटक महिला मुख्यमन्त्री पाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुख्यमन्त्री बनेसँगै उनले सरकारी नीतिहरू हेरफर गर्न आयोजित औपचारिक बैठकमा सहभागी भइन् । त्यस क्रममा उनले सरकारी निकायका अधिकारीहरूलाई आफ्ना सुझाव दिइन् । त्यसका साथै गोस्वामीले विधानसभाको सत्रमा मुख्यमन्त्रीको हैसियतले सरकारका विभिन्न निकायले गरेका कार्यहरूबारे पनि जानकारी लिइन् । आइतबार मध्याह्न गरिएको कार्यक्रममा उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत पनि उपस्थित थिए ।


Advertisment
Nabil box
Kumari

मुख्यमन्त्री रावतले ट्वीट गर्दै ‘आफ्नो सरकार सबै छोरीहरूको सशक्तीकरणका लागि प्रतिबद्ध रहेको’ जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ‘विभिन्न क्षेत्रमा क्रियाशील भारतीय छोरीहरूको सफलताको शुभकामना दिएका’ भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । किशोरीहरूको सशक्तीकरण, शिक्षा तथा स्वास्थ्यका लागि केन्द्र सरकारले विभिन्न कदमहरू सुरु गरेको मोदीले ट्वीटमार्फत जनाएका छन् ।

Vianet communication
Laxmi Bank

‘महिला सशक्तीकरणबारे जागरुकता फैलाउन’ उत्तराखण्ड सरकारले सृष्टिलाई एक दिनका लागि मुख्यमन्त्री बनाएको उत्तराखण्ड बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष उषा नेगीले बताइन् ।

सृष्टिले आफू एक दिनका लागि भए पनि मुख्यमन्त्री बन्न पाएको निकै खुसी लागेको बताएकी छन् । ‘एक दिनका लागि मुख्यमन्त्री बन्ने मौका पाएकामा म निकै खुसी छु । उत्तराखण्ड सरकारका विभागहरूको प्रस्तुतिपछि मैले उनीहरूलाई आफ्नो सुझाव दिएकी छु,’ सामाजिक सञ्जालमा सृष्टिले भनेकी छन् । आफूले बालिकाहरूको सुरक्षासँग जोडिएका विषयमा आफ्ना सुझावहरू केन्द्रित गरेको सृष्टिले बताइन् ।

रुड्कीस्थित कलेजमा अध्ययनरत सृष्टिले स्नातकमा कृषि विषय अध्ययन गरिरहेकी छन् । उनका बाबुको गाउँमा पसल छ भने आमा बालबालिका हेरचाह केन्द्रमा जागिरे छिन् । ‘मलाई निकै गर्व महसुस भइरहेको छ । छोरीहरूलाई साथ दिए उनीहरूले गर्न नसक्ने केही छैन । उनीहरू कोहीभन्दा कम छैनन् । उनीहरू कुनै पनि स्थान प्राप्त गर्न सफल छन्,’ सृष्टिकी आमाले भनिन् । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x