×

NMB BANK
NIC ASIA

वैदेशिक रोजगारीको दर्दनाक पाटो : कोमामै छन् २५ नेपाली, स्वदेश फर्काउन असफल

माघ १३, २०७७

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

झापा बिर्तामोडका प्रकाश गुरुङ अर्धचेत अवस्था (कोमा) मा ७ वर्षसम्म साउदी अरबमै बस्न बाध्य भए । प्रकाश दैलेख ओभरसिजमार्फत २०६८ सालमा समी अल मुसराफ रिक्रुमेन्ट कम्पनीमा काम गर्न गएका थिए ।

Muktinath Bank

त्यहाँ २ वर्ष काम गरेपछि तलब राम्रो नभएको र लोड–अनलोडको काम गर्न समस्या भएको भन्दै भागेर अर्को कम्पनीमा गए । त्यहीबेला बिरामी परेका उनी परिवारसँग सम्पर्कविहीन भएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनलाई २०७० कात्तिक ८ गते थदिक जनरल अस्पतालमा भर्ना गरियो । गम्भीर प्रकृतिको म्यानेन्जाइटिस रोगले थलिएका उनी अर्धचेत (कोमा)मा पुगेका हुन् ।


Advertisment
Nabil box
Kumari

उनी त्यहाँ गैरकानून तवरले बसे पनि अस्पतालले भर्ना गरी इमर्जेन्सी सेवा दिएको थियो । कम्पनीले खर्च व्यहोर्न अस्वीकार गरे पनि अस्पतालले उनको उपचार गरेको थियो ।

Vianet communication

परिवारले धेरै खोजी गरेपछि मात्रै आफन्त र साथीभाइले उनको अवस्था थाहा पाएका थिए । उनलाई गैरआवासीय नेपाली संघको सहयोगमा यसपटक दसैंका बेला स्वदेश ल्याइएको छ । उनलाई काठमाडौंबाट गाडीमा असहज भएपछि जहाजमै राखेर घर लगिएको थियो ।

वर्षौंदेखि अलपत्र अवस्थामा रहेका प्रकाश दशैंकै दिन घर आइपुगेपछि परिवारमा खुशी छाएको भाउजू शान्ति गुरुङले बताइन् । ‘घरमै मसाज गरेर ठीक हुँदैछ,’ शान्तिले भनिन्, ‘समय–समयमा सुविधासम्पन्न अस्पतालमा लैजाने गरेका छौं ।’

डाक्टरको सल्लाहअनुसार घरमै उपचार हुँदा सुधार भइरहेको उनले सुनाइन् । ‘पहिले आँखा बन्द थियो,’ उनले भनिन्, ‘अहिले खुलेको छ । लठ्ठी टेकेर हिँडडुल गर्नुहुन्छ ।’ प्रकाश बिस्तारै हिँड्न सक्ने भए पनि अझै बोल्न सक्ने भएका छैनन् ।

वैदेशिक रोजगार बोर्डका अनुसार रोजीरोटीकै लागि परदेश पुगेका ३ महिलासहित २५ जना कोमा (अचेत अवस्था) मा विदेशमै छन् । सरकारले कार्यविधि बनाएर त्यस्ता व्यक्तिलाई २ वर्षदेखि फर्काउन पहल गरे पनि सफलता मिलेको छैन ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न मुलुकमा कोमामा उपचाररत नेपालीलाई स्वदेश ल्याएर सुविधासम्पन्न अस्पतालमा उपचार गराउने निर्णय गरेको थियो । तर निर्णय कार्यान्वयन गर्न समस्या परेको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार कतारमा ९, साउदीमा ५, कुवेत र बहराइनमा ४/४, र ओमान, यूएई, जापानमा १/१ जना कामदार कोमामा छन् ।

बोर्डका उपसचिव दीनबन्धु सुवेदीले कार्यस्थलमा दुर्घटनामा परी कोमामा पुग्ने गरेको बताए । त्यस्ता नेपाली फर्काउन गृहकार्य भए पनि प्राविधिक कारणले समस्या भएको उपसचिव सुवेदीको भनाइ छ ।

औसत दैनिक १ हजार ५०० नेपाली वैदेशिक रोजगारीमा जान्छन् । कोरोना भाइरस महामारीले केही प्रभावित भए पनि जाने क्रम रोकिएको छैन । तर धन कमाएर सुखसयलमा जीवन बिताउने सपना साँचेर बिदेसिने नेपालीमध्ये दैनिक ३ जना शव बनेर बाकसमा फर्किन्छन् । कतिपय अंगभंग भएर वैदेशिक रोजगारीको खोट लिएर आउँछन् ।

वैदेशिक रोजगारीका क्रममा कोही नेपाली अंगभंग तथा मृत्यु भए बोर्डले कोषबाट ७ लाख रुपैयाँ सहायता दिन्छ । तर गैरकानूनी हैसियतमा रहेका, अवैध बाटोबाट विदेश गएका, श्रम स्वीकृतिको अवधि सकिएकाहरूको हकमा लागू हुँदैन ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीले वैदेशिक रोजगारीमा रहेका कामदार अंगभंग भई काम गर्न बाध्य हुने गरेको बताए । ‘कतिपय कामदार कोमामा छन्,’ संघको वैदेशिक रोजगार तथा कल्याणकारिणी समितिका संयोजकसमेत रहेका उपाध्यक्ष डा. केसीले भने, ‘उनीहरूलाई फर्काउन पहल गर्नुपर्छ ।’

कोरोना महामारीका बेला रोजगार गुमाई अलपत्र परेका नेपालीलाई उद्धार गर्ने, राहत दिने, फर्काउन पहल गर्नेलगायत काम संघले गर्दै आएको केसीले बताए ।

कूल गार्हस्थ उत्पादनमा वैदेशिक रोजगारीको हिस्सा २५ प्रतिशतभन्दा बढी छ । तर सरकारले वैदेशिक रोजगारीमा रहेका कामदारको हितका लागि उल्लेखनीय काम गर्न सकेको छैन । कोभिडका बेला रोजगार गुमाई बेखर्ची हुन पुगेका कामदारलाई फर्काउन पहल नगर्दा उनीहरू श्रम गन्तव्य मुलुकमै अलपत्र परेका थिए । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x