×

NMB BANK
NIC ASIA

करिश्माकी छोरीलाई पहिलो गाँसमै ढुंगा !

माघ १४, २०७७

NTC
Premier Steels

चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शन भयो, अघिल्लो बिहिबार । यो चलचित्रबाट स्टार कलाकार करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले डेब्यू गरेकी थिइन् ।

Muktinath Bank

लामो समयदेखि चलचित्र उद्योगमा सक्रिय करिश्माकी छोरीको डेब्यु प्रोजेक्ट भएकाले उक्त चलचित्रप्रति दर्शकको व्यापक चासो थियो, यो हुनु स्वभाविकै पनि थियो । तर, निर्माता तथा प्रोड्युसर शिव श्रेष्ठले चलचित्रलाई निकै फितलो तरिकाले तयार पारे । केहि कलाकारको डबिङ पुरा नहुँदै, कतिपय कलाकारको बाँकी रहेको दृश्यको छायांकन पुरा नगरेर उनले चलचित्र प्रदर्शन गरिदिए । त्यसपछि स्वयं उक्त चलचित्रका कलाकारहरु अचम्मित बने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शिवले किन यो जोखिम मोलेर चलचित्र प्रदर्शनमा ल्याए त्यो अहिलेसम्म रहस्य बाहिर आएको छैन । किन यति हतार गरेर चलचित्र प्रदर्शनमा ल्याए ? त्यो पनि अहिलेसम्म कुनै रहस्य बाहिर आउन सकेको छैन ।


Advertisment
Nabil box
Kumari

यो चलचित्रलाई पत्रकार, समीक्षक न त दर्शकले नै मन पराए । कतिसम्म भने निर्माण टिमले टिकट किनेर आयोजना गराइएको प्रिमियरमा उपस्थित अतिथीहरुले समेत चलचित्रलाई कुनै राम्रो प्रतिक्रिया दिएनन् ।

Vianet communication

कोभिड–१९ पछि पहिलोपटक नयाँ चलचित्र प्रदर्शन भएकाले धेरैको चासो थियो, यो चलचित्रप्रति । तर, प्रदर्शन भएको दोस्रो दिनमै चलचित्र हलबाट उत्रियो । यसले सबैभन्दा धेरै घाटा त स्वयं शिवको टिमलाई भएको छ ।
चलचित्र निर्माणमा खर्च भएको डेढ करोड हाराहारी बालुवामा पानी सरह भयो ।
तर, यो चलचित्रलाई शिवले हावा तालमा जसरी प्रदर्शन गरे यसले कसैलाई बेफाइदा भएको छ भने त्यो करिश्मा मानन्धरकी छोरी कविता मानन्धरका लागि पनि हो । करिश्माको बिडो थाम्नका लागि कविता तयार भएर उद्योगमा प्रवेश गर्दै थिइन् ।

अरु चलेका कलाकार थिए, एउटा चलचित्र घाटामा जाँदैमा उनीहरुका लागि खासै फरक पर्ने वाला थिएन ।

तर, लामो समयदेखि राम्रो प्रोजेक्ट हेरेर चलचित्र उद्योगमा प्रवेश गर्न खोजिरहेकी करिश्मा पुत्री कविताको लागि भने यो चलचित्र निल्नु न ओकल्नु जस्तै भएको छ । चलचित्र नराम्रोसँग फ्लप भयो । दर्शकले चलचित्र मन पराएनन् । कविताका धेरै दृश्य समेत छायांकन नहुँदै सम्पादन भयो र प्रदर्शन भयो । मैले पटक पटक राम्रोसँग तयारी गरेर मात्रै प्रदर्शन गर्नुपर्छ भनेकी थिएँ, करिश्माले लोकान्तरसँग भनिन्, ‘तर, शिव श्रेष्ठले कसैको कुरा सुन्नुभएन । किन यसरी हतारमा सबै काम नसकाएर प्रदर्शन गर्नुभयो । मैले कुरा बुझिन । छोरीले चलचित्र उद्योगमा लागेको सुरुवातमै मन दुखाएकी छ ।’

करिश्माले अब छोरीलाई अरु चलचित्र साइन गराउँदा निकै सोचेर गम्भिर भएर मात्रै काममा लगाउन सक्ने संकेत समेत दिएकी छिन् ।

आफ्नो छोरा शक्ती श्रेष्ठ समेतको करिअरलाई जोखिममा पारेर शिवले किन चलचित्र बनाए र किन रिलिज गरे, यो उनले नै जान्ने कुरा हो । तर, उनले जान्नुपर्ने कुरा के पनि थियो भने यति लामो समयदेखि यो उद्योगमा काम गरेको एउटा कलाकारले आवश्यक सम्पुर्ण दृश्य खिचेर, डविङका काम सबै सकाएर, कलाकारको पारिश्रमिक तिरेर मात्रै प्रदर्शन गर्नुपर्ने हुन्थ्यो ।

कतिसम्म भने शिवले धेरैजसो कलाकारको पारिश्रमिक समेत अहिलेसम्म दिएका छैनन् । करिश्माकी छोरी कविताले समेत १ लाख पारिश्रमिक अहिलेसम्म पाएकी छैनन् । पैसा अर्कै कुरा हो, करिश्मा थप्छिन्, ‘छोरीको चलचित्र यात्रामा निकै असर परेको छ । अमेरिकामा बसेर अध्ययनरत छोरीलाई नेपाल झिकाएर चलचित्रमा काम गराएको के अर्थ भयो ?’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x